सभापतिले पेलेको भन्दै कांग्रेस बरिष्ठ नेता पौडेलले गरे छुुट्टै भेला



हाम्रो इकोनोमि

 

 

पार्टी निर्णयमा सभापतिले आफूलाई अवमूल्यन गरेको भन्दै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो पार्टी गतिविधिबारे छलफल गर्न छुट्टै भेला आयोजना गरेका छन् ।

 

सभापति शेरबहादुर देउवा समूहले विधि, प्रक्रिया मिचेर नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय गरेको भन्दै विच्किएका पौडेलको नेतृत्वमा सोमबार छुट्टै भेला बसेको हो ।

 

सहमहामन्त्री प्रकाशशरण महतले ‘आफ्नो गुटलाई फाइदा पुग्ने खालको छुट्टै विधान मस्यौदा’ बैठकमा पेश गरी बिना छलफल पास गरेको आरोप बरिष्ठ नेता पौडेल, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र नेता अर्जुननरसिंह केसीको छ ।

 

देउवा समूहले पर्याप्त छलफल नगरी ३२ वर्षे उमेर हद तोकेपछि सामुहिक धारणा बनाएर असोज २५ गतेको केन्द्रीय समिति बैठकमा सहभागी हुन पौडेलसहित नेताहरू छलफलमा जुटेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताएका छन् ।

 

‘नेविसंघले बुझाएको विधान अलपत्र छाडेर गुटलाई फाइदा पुग्ने अर्कै विधान पेश गर्ने ?’, ती केन्द्रीय सदस्यले आक्रोश पोखे । बोहराटारमा भएको भेलामा पूर्व महामन्त्रीद्वय सिंह र सिटौला, केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र करिब १५ केन्द्रीय सदस्य थिए । नेविसंघले कांग्रेसलाई बुझाएको विधान मस्यौदामा उमेर हदबारे मौन थियो ।

 

सभापति देउवा पक्षले भने नेविसंघको ११ औं महाधिवेशनकै बेला १२ औं महाधिवेशनदेखि ३२ वर्षे उमेर हद लाग्ने विधानमै उल्लेख भएकोले सो व्यवस्था कायम राखिएको र छुट्टै मस्यौदा पेश नगरेको बताएको छ ।

 

नेविसंघ सभापति नैनसिंह महरले ३२ कटेका नेतालाई पार्टीले उचित सम्मान गर्दै व्यवस्थापन गर्नुपर्ने बहस चलाउनुपर्ने बताएका छन् । पार्टीले उमेर हद तोकेपछि मान्नुपर्ने उनको तर्क छ । पौडेल निवासमा चलेको छलफलमा पार्टीको आगामी महाधिबेशनमा कसरी अघि बढ्ने भन्ने पनि बहस भएको जनाइएको छ ।

 

निर्वाचनमा पराजयपछि पनि नेतृत्वमा केही सुधार नदेखिएकोले विकल्प खोज्ने छलफल भएको एक केन्द्रिय सदस्यले जानकारी गराएका छन् । उनले भने, ‘केन्द्रदेखि गाउँसम्म कसरी पार्टीलाई क्रियाशिल बनाउन सकिन्छ भन्नेबारे पनि छलफल भए । ठोस रणनीति बनाउन २४ गते बैठक बस्छौं ।’

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...