सभापतिले पेलेको भन्दै कांग्रेस बरिष्ठ नेता पौडेलले गरे छुुट्टै भेला



हाम्रो इकोनोमि

 

 

पार्टी निर्णयमा सभापतिले आफूलाई अवमूल्यन गरेको भन्दै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो पार्टी गतिविधिबारे छलफल गर्न छुट्टै भेला आयोजना गरेका छन् ।

 

सभापति शेरबहादुर देउवा समूहले विधि, प्रक्रिया मिचेर नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय गरेको भन्दै विच्किएका पौडेलको नेतृत्वमा सोमबार छुट्टै भेला बसेको हो ।

 

सहमहामन्त्री प्रकाशशरण महतले ‘आफ्नो गुटलाई फाइदा पुग्ने खालको छुट्टै विधान मस्यौदा’ बैठकमा पेश गरी बिना छलफल पास गरेको आरोप बरिष्ठ नेता पौडेल, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र नेता अर्जुननरसिंह केसीको छ ।

 

देउवा समूहले पर्याप्त छलफल नगरी ३२ वर्षे उमेर हद तोकेपछि सामुहिक धारणा बनाएर असोज २५ गतेको केन्द्रीय समिति बैठकमा सहभागी हुन पौडेलसहित नेताहरू छलफलमा जुटेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताएका छन् ।

 

‘नेविसंघले बुझाएको विधान अलपत्र छाडेर गुटलाई फाइदा पुग्ने अर्कै विधान पेश गर्ने ?’, ती केन्द्रीय सदस्यले आक्रोश पोखे । बोहराटारमा भएको भेलामा पूर्व महामन्त्रीद्वय सिंह र सिटौला, केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र करिब १५ केन्द्रीय सदस्य थिए । नेविसंघले कांग्रेसलाई बुझाएको विधान मस्यौदामा उमेर हदबारे मौन थियो ।

 

सभापति देउवा पक्षले भने नेविसंघको ११ औं महाधिवेशनकै बेला १२ औं महाधिवेशनदेखि ३२ वर्षे उमेर हद लाग्ने विधानमै उल्लेख भएकोले सो व्यवस्था कायम राखिएको र छुट्टै मस्यौदा पेश नगरेको बताएको छ ।

 

नेविसंघ सभापति नैनसिंह महरले ३२ कटेका नेतालाई पार्टीले उचित सम्मान गर्दै व्यवस्थापन गर्नुपर्ने बहस चलाउनुपर्ने बताएका छन् । पार्टीले उमेर हद तोकेपछि मान्नुपर्ने उनको तर्क छ । पौडेल निवासमा चलेको छलफलमा पार्टीको आगामी महाधिबेशनमा कसरी अघि बढ्ने भन्ने पनि बहस भएको जनाइएको छ ।

 

निर्वाचनमा पराजयपछि पनि नेतृत्वमा केही सुधार नदेखिएकोले विकल्प खोज्ने छलफल भएको एक केन्द्रिय सदस्यले जानकारी गराएका छन् । उनले भने, ‘केन्द्रदेखि गाउँसम्म कसरी पार्टीलाई क्रियाशिल बनाउन सकिन्छ भन्नेबारे पनि छलफल भए । ठोस रणनीति बनाउन २४ गते बैठक बस्छौं ।’

 

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...