कलाकार संघका अध्यक्ष बोगटीको दुर्घटनामा निधन



हाम्रो इकोनोमि

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको दुर्घटनामा परी निधन भएको छ ।

 

उनको आफ्नै घर टीकाथलीमा निधन भएको हो । रुख काट्ने क्रममा विजुलीको पोल ढलेर लागेपछि उनलाई उपचारका लागि वीएन्डवी अस्पतालमा ल्याइएको थियो ।

 

अस्पताल ल्याउने क्रममा उनको निधन भएको जनाइएको छ । ५८ बर्षीय बोगटी २ बर्ष अगाडि मात्र चलचित्र कलाकार संघको अध्यक्ष पदमा विजयी भएका थिए ।

चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले बोगटीको निधन भएको बताएकी छन् । अहिले उनको पार्थिव शरीरलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको लामिछानेले जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...