छक्का पन्जा ३ लाई आफ्नै रेकर्ड तोड्नु पर्ने दबाब



हाम्रो इकोनोमि

 

वुधबार घटस्थापनाको दिनबाट रिलिज हुन लागेको सिनेमा छक्का पन्जा ३ लाई आफ्नै रेकर्ड तोड्नुपर्ने दबाब छ ।

किनकी, फिल्म हिट होला कि नहोला भन्दा पनि कति कमाउला भन्ने चासो सर्वत्र छ ।

यसैले पनि छक्का पन्जा ३ लाई आफ्नो पुरानो रेकर्ड तोड्ने या त्यसको छेउछाउ पुग्ने दबाब छ ।

छक्का पन्जाले १६ करोड ग्रस कलेक्शन गरेको थियो भने छक्का पन्जा २ ले १४ करोड ग्रस कलेक्शन गरेको थियो ।

यसैले पनि दशैको लामो विदाको अवसरमा रिलिज हुन लागेको यो सिनेमाले कति कमाउँला भन्ने चासो सर्वत्र छ ।

यसपटक सिनेमाको बिषयवस्तु राम्रो भएकाले पनि दर्शकले सिनेमा मन पराउने विश्वासमा यो सिनेमाको यूनिट छ ।

निर्देशक दिपाश्री निरौला, निर्माता दिपकराज गिरी र यसका कलाकार बिषयवस्तु र कमेडीले दर्शकलाई सिनेमा मनपर्ने बताउँछन् ।

वुधबार इनिसियल व्यापारदेखि दशैकको लामो बिदामा सिनेमाले फाइदा उठाउन सक्छ ।

दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ लगायत सिनेमाका मुख्य कलाकार हुन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...