वामदेवलाई सांसद बनाउन रामवीरलाई राजिनामा गराउँने तयारी, नेकपाको सचिवालयमै विरोध



 

प्रतिनिधिसभा निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता वामदेव गौतमको संसद प्रवेश गर्ने हुटहुटी मरेको छैन।

 

उनी कसरी संसदभित्र भित्रिने भन्ने अनेक उपाय पहिल्याउन पछिल्ला दिन निकै कशरतमा छन्। सबै शीर्ष नेताहरूले चुनाव जित्दा पराजित भएका गौतम यसअघि कहिले डोल्ला त कहिले नवलपरासी पूर्व २ ताकिरहेका थिए।

 

ती प्रयास असफल भएपछि पछिल्लो समय बाँके ३ बाट चुनाव लड्ने प्रयास गरे। त्यहाँ पनि असफल भएपछि उनी अहिले काठमाडौं ७ बाट चुनाव लड्न कशरत गरिरहेका छन्। नेता गौतमलाई काठमाडौं ७ बाट प्रतिनिधिसभा सदस्य बनाउने भन्ने विषयले सोमबार बसेको नेकपाको सचिवालय बैठकमा प्रवेश पाएको छ।

 

सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं ७ बाट निर्वाचित नेकपाका सांसद रामवीर मानन्धरलाई राजिनामा गराएर वामदेवलाई उक्त ठाउँबाट उम्मेदवार बनाएर जिताउन प्रस्ताव नै पेश गरे। प्रचण्डको उक्त प्रस्तावले वामदेवलाई संसदमा ल्याउने विषयले राजनीतिक विषयमा पुनः चर्चा पाएको छ।

 

वामदेवलाई संसदमा ल्याउन निर्वाचित सांसदलाई राजिनामा गराएर पुनः निर्वाचन गराउने विषयमा नेकपाका नेता कार्यकर्ता तथा सुभेच्छुक भने विभाजित बनेका छन्। एक पटक निर्वाचनबाट पराजित बनेका नेतालाई पुनः संसदमा ल्याउन निर्वाचित सांसदलाई राजिनामा गराउनु लोकतन्त्रको उपहास भएको भन्ने बहस पनि सुरु भएको छ।

 

यो विषयले नेकपाको सचिवालयमा पनि प्रवेश पाएको छ। वामदेवलाई सांसद बनाउन काठमाडौं ७ का सांसदलाई राजिनामा गराउने प्रचण्डको प्रस्ताव आएसँगै उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले विरोध गरेका छन्। पोखरेलले गलत बाटोबाट वामदेवलाई संसदमा ल्याउनु गलत हुने भन्दै विरोध जनाएका छन्।

 

प्रचण्डको प्रस्ताव आएपछि पोखरेलले यस्तो भनेका थिए, ुयो गलत हुन्छ, यो ठिक निर्णय हुँदैन, यसरी नगरौँ।ु काठमाडौं ७ मा उपनिर्वाचन गरी गौतमलाई सांसद बनाउने अध्यक्ष प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले उक्त क्षेत्रबाट निर्वाचित सांसद मानन्धरसँग छलफल गर्ने बताएका थिए।

 

सांसद मानन्धरलाई राजीनामा गराएर गौतमलाई उपनिर्वाचनमार्फत संसदमा ल्याउन मानन्धरले सहमति पनि गरिसकेको भन्दै प्रचण्डले प्रस्ताव गरेको बताइएको छ। उनले आफू, वामदेव र मानन्धरबीच बैठक बसेर सहमति भइसकेको पनि सचिवालयमा जानकारी गराएका थिए। मानन्धरले सहमति दिएको लिखितपत्र पनि प्रचण्डले बैठकमा पढेर सुनाएको एक सचिवालय सदस्यले बताए।

 

बामदेवका मागै माग गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएर संसदबाहिर रहेका वामदेव गौतमले पछिल्लो समय आफूलाई संसदमा ल्याउन नेकपाको सचिवालय बैठकमा बारम्बार माग राख्दै आएका छन।

 

पार्टीको हरेकजसो सचिवालय बैठकमा गौतमले आफूलाई संसदमा ल्याउन माग गर्दै आएको एक सचिवालय सदस्यले बताए। पटक पटक संसदमा आउने चाहना राखेर बैठकमा गौतमले विषय उठाएपछि प्रधानमन्त्री ओलीले एउटा बैठकमा वामदेव कामरेडलाई संसदमा आउने चाहना नै छ भने केही समस्या छैन।

 

उहाँका लागि मै सिट छोडिदिन्छु नि१ु भनेर ठट्टासमेत गरेका थिए। अहिलेसम्म कहाँ(कहाँको प्रस्ताव गौतमलाई उपनिर्वाचन गरेर संसदमा ल्याउनका निम्ति सबैभन्दा पहिले निर्वाचन क्षेत्र डोल्पाको नाम अगाडी आएको थियो। डोल्पाबाट उनलाई संसदमा ल्याउने प्रयास पनि भएको थियो। उक्त क्षेत्रबाट सांसद बनेका धनबहादुर बुढाले गौतमका लागि आफूले राजिनामा दिने पनि सार्वजनिक गरेका थिए।

 

बुढाले सार्वजनिक रूपमा गौतमलाई चुनाव जिताएर छाड्ने भाषण समेत गरेका थिए। तर, संस्कृती, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीसमेत रहेका बुढालाई राजिनामा नगर्न डोल्पाका कार्यकर्ताले दबाब दिए। जिल्लाका कार्यकर्ता तथा मतदाताको मानसिकता बुझ्न डोल्पा पुगेका उनले वामदेवका लागि राजिनामा नदिने निष्कर्ष निकाले।

 

जसले वामदेवको डोल्पाबाट उपनिर्वाचनमा जितेर संसद प्रवेश गर्ने सम्भावना सकियो। त्यसपछि वामदेवको आखाँमा पर्‍यो तीलक महत क्षेत्रीले चुनाव जितेको नवलपरासी ९पूर्व० निर्वाचन क्षेत्र २ उक्त कुरा एककान दुईकानमा नै सीमित बन्यो। त्यसले ठोस रुप लिन नपाउँदै अर्को निर्वाचन क्षेत्रको कुरा बहसमा आयो। त्यो थियो नन्दलाल रोकायाले चुनाव जितेको क्षेत्र बाँके ३ यहाँको अवस्था पनि डोल्पाको जस्तै बन्यो।

 

कार्यकर्ताले चर्को विरोध गरेपछि सांसद रोकायाले पनि राजिनामा नदिने घोषणा गरे। केही समय वामदेव गौतम उपनिर्वाचनमार्फत संसद प्रवेश गर्ने बहस हरायो। उनले भने पहल जारी राखेका थिए। यसैबीचमा अर्को निर्वाचन क्षेत्रको बहस चर्चामा आयो काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७। सांसद मानन्धरले सहमति जनाइसकेको भनिएपनि उनले सार्वजनिक रूपमा केही बोलेका छैनन्।

 

सांसद मानन्धर सम्पर्कमा आउन नचाहेका कारण उनको भनाइ भने स्पष्ट हुन सकेको छैन। तर, मानन्धर निकट स्रोतका अनुसार उनलाई राष्ट्रियसभाको सदस्य बनाएर मन्त्री दिनेसम्मका विषयमा नेताहरूले छलफल गरेका छन्। मानन्धरले काठमाडौं ७ बाट नेकपाका नेता मानन्धरले १८ हजार १०२ मत ल्याएर चुनाव जितेका थिए।

 

त्यस क्षेत्रमा कांग्रेसले राप्रपाका विक्रमबहादुर थापालाई समर्थन गर्दै उम्मेद्वार उठाएको थिएन। राप्रपाका विक्रम थापाले १० हजार ७९ मत ल्याएका थिए। मानन्धरले २०७० सालको संविधानसभाको निर्वाचनमा तत्कालिन एकीकृत नेकपा माओवादीकी उम्मेदवार हिसिला यमीलाई पराजित गरेका थिए।

 

नेवार समुदायको बाक्लो जनसंख्या रहेको यस क्षेत्रमा रामवीर मानन्धर लोकप्रिय नेता मानिन्छन्। कांग्रेसका सञ्जयकुमार गौतमसँग बर्दियाबाट ७५३ मतले पराजित भएका नेता गौतमले आफूलाई पार्टीभित्रैबाट अन्तरघात गरेर पराजित गरिएको दाबी गर्दै आएका छन्।

 

दुई पार्टी एकता हुँदासमेत आफू कांग्रेस उम्मेद्वारसँग झिनो अन्तरले हार्नुको एक मात्र कारण अन्तरघात भएको भन्दै उनले तत्कालिन एमाले बैठकमा समेत असन्तुष्टी राखेका थिए। उनी अहिले उपनिर्वाचनमार्फत संसद प्रवेशको प्रयास गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्