प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !



 

तराई मधेसमा मुस्लिम र मधेसी समुदायमा एकलाैटी राज गर्ने भित्री गेमप्लान रचेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले ‘मदरसा बोर्ड’ गठन गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु यादवलाई निर्देशन दिएको खुलासा भएको छ ।

 

मन्त्री यादवले आइएसआइका नेपाली एजेन्टको माध्यमबाट मधेसमा ‘मदरसा बोर्ड’ गठन गर्ने भन्दै मुख्यमन्त्री राउतलाई गोप्य निर्देशन दिएको स्रोतले जानकारी दिएको छ । इस्लामिक अतिवादी संगठन आइएसआइको अतिगोप्य प्लानमा मन्त्री यादवले राउतलाई पार्टीको नेताको हेसियतमा फसाउन खोजेको मधेस जानकारहरु जनाउँछन् ।

 

मधेसमा मदरसा बोर्ड गठनको चर्चासंगै मुख्यमन्त्री राउतको पद समेत जोखिममा परेको छ । पहिले बोर्ड गठन गर्न उक्साउने यादव अहिले भने पदबाट राजीनामा गर्न भन्दै दबाब दिन सुरु गरेका छन् ।

 

प्रधानमन्त्री केपी शर्मा आेलीले मन्त्री यादवलाई बोलाएरै यसबारे चासो व्यक्त गरेका थिए । प्रधानमन्त्री आेलीको जिज्ञासा मेटाउने भन्दै यादवले आफूलाई जानकारी नभएको भनेका थिए ।

 

तर, उनै यादवको निर्देशनमा तराई मधेसमा मदरसा बोर्ड गठनको तयारी सुरु भएको थियो । मधेसमा मुस्लिम र मधेसीलाई भोट बैंकको रुपमा लिन यादवले यस्तो चाल चलेको हुन सक्ने समेत मधेस जानकारहरुले जनाएका छन् ।

 

प्रदेश २ मा जनताको काम गरेर अहोरात्र खटेका मुख्यमन्त्री राउतलाई स्वास्थ्यमन्त्री यादवले फसाएका छन् । मन्त्री यादव स्वदेश तथा विदेशमा भ्रमणमा निस्केर विभिन्न मुलुकका विभिन्न मानिससंग सम्बन्ध विस्तार गर्दै अन्तत: मधेसमा आइएसआइको भातृ संगठनको रुपमा मदरसा बोर्डको अवधारणा ल्याएको स्रोतको दावी छ ।

 

मुख्यमन्त्री राउत ख्यालख्याल मै फस्ने भएका छन् । मधेसमा पपुलर बन्दै गएका राउतको राजनीतिक जीवनमाथि कसरी धावा बोल्न सकिन्छ भनेर तयारी थालेका शक्तिहरुलाई उनकै पार्टीका नेता यादवले सहजै फसाएको समेत मधेसमा चर्चा चलेको जनाइएको छ ।

बालुवाटारबाट फर्केका राजपा नेता भन्छन्– प्रधानमन्त्री त गल्नुभएछ !

राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने सुन्नासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले सो पार्टीका शीर्षनेतालाई सोमबार साँझ बालुवाटार बोलाएका थिए । प्रधानमन्त्रीसँग डेढ/दुई घण्टा बिताएर फर्केका एक नेताले  भने– प्रधानमन्त्रीज्यू त पूरै गल्नुभएछ, यो पाराले ओली सरकार दुई वर्ष टिक्दैन जस्तो लाग्यो ।

 

सरकारले आफ्ना मागहरु पूरा नगरेको गुनासो बोकेर प्रधानमन्त्रीलाई भेट्न राजपाका शीर्षनेताहरु महन्थ ठाकुरको नेतृत्वमा बालुवाटार पुगेका थिए । तर, ‘आफैं त महादेव कसले देला बर’ भनेजस्तो उल्टै प्रधानमन्त्रीले पो घण्टौंसम्म राजपा नेताहरुसँग गुनासोको पोको फुकाए ।

 

दुईतिहाई बहुमतसहितको शक्तिशाली भनिएको सरकारका प्रधानमन्त्री ओलीले आफूलाई काम गर्ने वातावरण नभएको गुनासो मधेसी नेताहरुसित पोखेको राजपा नेताको भनाइ छ ।

 

गुण्डा वा कुनै अपराधीलाई समात्यो भने न्यायालयले छाडिदिने गरेको प्रधानमन्त्री ओलीले राजपा नेताहरुसँग गुनासो पोखेका थिए ।

 

बलात्कार र हिंसाका घटना नरोकिएकोतर्फ राजपा नेताहरुले ध्यानाकर्षण गराउँदा गृह प्रशासनबाट आफूलाई सहयोग नभएको र प्रभावकारी काम हुन नसकेको गुनासो प्रधानमन्त्रीले पोखेका थिए ।

 

प्रधानमन्त्रीलार्इ भेटेर फर्केका राजपाका एक नेताले भने– ‘केपी ओलीमा पहिलेजस्तो कुनै दम्भ देखिएन । उहाँ पूरै गल्नुभएको र निराश अवस्थामा पुगेको हामीले पायौं । तपाईले ६ महिनामा केही काम गर्न सक्नुभएन भनेर आलोचना गर्दा पनि उहाँले प्रतिवाद नगरी सुन्नुमात्रै भयो । उहाँमा जोश उत्साह केही थिएन ।’

 

प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै राजपा नेताले भने– मैले काम गर्न खोजेको हुँ, तर कसैले साथ दिएन । देशको विकास गर्न चाहेको हुँ, गर्न सकिरहेको छैन ।’

 

गीता पढेर समृद्धि आउँदैन

काम गर्न चाहेर पनि नसकेको गुनासो पोखेका प्रधानमन्त्री ओलीलाई राजा नेताले प्रश्न गरेका थिए– दुईतिहाईको शक्तिशाली प्रधानमन्त्रीले नै यस्तो निराश कुरा गर्ने हो भने जनताले यो सरकारबाट के आशा गर्ने ?

 

छलफलमा राजपाका एक नेताले भने ‘तपाई आफैं कार्यकारी, तपाई नै निराश कुरा गर्दै हुनुहुन्छ । अहिलेसम्म सिन्को भाँचेको छैन । गीता पढेर समृद्धि आउँछ ?’

 

प्रधानमन्त्री ओलीलाई मधेसी नेताले भने– ‘चिया पसलमा तपाईका मान्छेलाई पठाउनोस्, त्यहाँ जनताले तपाईको सरकारलाई के भन्दैछन्, थाहा हुन्छ । यो अपजसको भागी राजपा बन्न सक्दैन । हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं ।’

 

राजपा नेताले ओलीलाई थपे– ‘तपाईका मन्त्री, चिनीमा घोटाला भयो भनेर समाचार लेख्दा पत्रकारलाई अपराधी भन्छन् । यो सरकार भ्रष्टाचार र माफियाले चलाएको छ । यो भन्दा त विगतको सरकारले केही काम गरेको थियो ।’

 

राजपा नेताहरुले यसरी आलोचना गरिरहँदा प्रधानमन्त्रीले चुपचाप सुनेको स्रोतले बतायो । राजपा नेताहरुले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न, सांसद रेशम चौधरीलाई तत्काल रिहा गरेर सपथ खुवाउन अनि संविधान संशोधन गरेर मधेसको माग पूरा गर्न छठसम्मको अल्टिमेटम दिएको स्रोतले बतायो ।

 

प्रधानमन्त्री ओलीले चाहिँ अहिले नै आत्तिएर समर्थन फिर्ता नलिनोस्, दुई/तीनपछि होमवर्क गरेर तपाईहरुलाई फेरि बोलाउँछु भनेर आश्वासन दिएको छलफलमा सहभागी नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
किसानको आन्दोलनमा एमाले बागमती प्रदेश कमिटिको एक्यबद्धता

  नेकपा एमाले बागमती प्रदेश कमिटिले किसानको आन्दोलनमा एक्यबद्धता जनाउदै किसानहरुलाई समयमा भुक्तानि

त्रिकोणात्मक टी-२० : नामिबियामाथि नेपालको जित

    त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ ।

गठबन्धन सरकारको निरन्तरता कायम रहन्छ : देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन सरकारको निरन्तरता कायम रहने बताएका

भरतपुरको विकासमा एमालेको साथ हुन्छ : ओली

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासमा आफू र