गृहमन्त्री कड्किएपछि प्रहरी इञ्चार्ज फेरबदल



हाम्रो इकोनोमि

 

 

उपत्यकामा एकपछि अर्को गर्दै प्रहरी अधिकारीहरु घुसकाण्डमा पक्राउ पर्न थालेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रुष्ट बनेका छन् ।

शनिबार राति कार्यकक्षबाटै महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख डिएसपी श्यामकुमार राई १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेपछि बादल उपत्यकाका प्रहरी अधिकारीहरुप्रति रुष्ट बनेका हुन् ।

राई अख्तियारको फन्दामा परेलगत्तै थापाले आइतबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामा, ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुक र भक्तपुर प्रहरी प्रमुख एसपी हिमालय श्रेष्ठलाई कार्यकक्षमै बोलाएर प्रहरीभित्र भइरहेको गतिविधिबारे सोधपुछ गरेका छन् ।

 

उनले ३० भदौमा कोटेश्वरबाट बालुवा तस्करसँग घुस लिँदै गर्दा ९ जना प्रहरी अधिकारी पक्राउ परेको प्रसंग समेत निकालेर अधिकारीहरुको भूमिकामाथि प्रश्न गरेका थिए ।

‘एकपछि अर्को गर्दै प्रहरी अधिकारीहरु घुससहित पक्राउ परिरहेका छन् । के भइरहेको छ यो रु’, गृहमन्त्रीले आक्रोश व्यक्ति गर्दै अधिकारीहरुलाई भनेका छन्, ‘यस्ता कुराहरु तत्काल सच्याइनु पर्‍यो ।’

एक उच्च प्रहरी अधिकारीका अनुसार गृहमन्त्रीले ‘बाटो क्लीयर गर्नू’ भनि बताएको जानकारी दिए ।

३ डिएसपीको पोस्टिङ

गृहमन्त्रीसँगको भेट लगत्तै उपत्यकाका केही विवादित प्रहरी इञ्चार्जहरु फेरबदल गर्ने तयारीमा प्रहरी प्रधान कार्यालय जुटेको स्रोतले अनलाइनखबरलाई बतायो ।

त्यस क्रममा सोमबार बौद्ध वृत्तमा डिएसपी नरेन्द्र चन्दलाई पठाइएको छ भने थानकोट वृत्तमा डीएसपी कुमारविक्रम थापालाई खटाइएको छ ।

केन्द्रीय प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीका अनुसार सातदोबाटो वृत्तमा भने डिएसपी गौतम मिश्रलाई पठाउने पठाइएको छ ।

थानकोटका डिएसपी नवरत्न पौडेल यूएन मिशनमा जाने भएका थिए भने सातदोबाटो वृत्तका डिएसपी विनोद सिलवालको प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...