निर्मला हत्याको अनुसन्धानमा बाधा पार्नेलाई रोक्नु पर्‍यो : आयोग



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई कञ्चनपुरकी निर्मला हत्याको अनुसन्धानका क्रममा बाधा पार्नेलाई रोक्न भनेको छ । नेपाल सरकार एवं गृहमन्त्रालयलाई आठ बुँदे निर्देशन जारी गर्दै आयोगले अनुसन्धानमा कसैले बाधा नगर्ने अवस्था सिर्जना गर्न भनेको हो ।

 

निर्देशन गरिएको बुँदा ३ मा भनिएको छ, ‘यस्ता किसिमका जघन्य अपराधहरु घटिसकेपछि निलम्ब नगरी यथासक्य शीघ्र अनुसन्धान सम्पन्न गराई दोषी पत्ता लगाउन र पीडितलाई न्याय दिलाउन अनुसन्धानमा स्थानीय, नागरिक समाज, सञ्चारमाध्यम तथा स्वयं पीडित पक्षको समेत साथ सहयोग आवश्यक हुने हुँदा अनुसन्धानमा बाधा पर्ने गरी कोही कसैले पनि अनावश्यक दबाब सृर्जना गर्ने परिस्थिति सृजना हुन नदिन ।’

 

यस्तै, आयोगले यही घटनाकाबीच प्रहरीको गोली लागि मृत्यु भएका सन्नी खुनामाथि गोली प्रहार गर्ने प्रहरीको पहिचान गरी कानून बमोजिम कारबाही गर्न तथा यो घटनामा भाइते भएकाको प्रभावकारी निःशुल्क उपचार गर्न भनि निर्देशन गरेको छ । आयोगको ८ बुँदे निर्देशनमा गृहमन्त्रालयलाई बोधार्थ दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...