निर्मला हत्याको अनुसन्धानमा बाधा पार्नेलाई रोक्नु पर्‍यो : आयोग



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई कञ्चनपुरकी निर्मला हत्याको अनुसन्धानका क्रममा बाधा पार्नेलाई रोक्न भनेको छ । नेपाल सरकार एवं गृहमन्त्रालयलाई आठ बुँदे निर्देशन जारी गर्दै आयोगले अनुसन्धानमा कसैले बाधा नगर्ने अवस्था सिर्जना गर्न भनेको हो ।

 

निर्देशन गरिएको बुँदा ३ मा भनिएको छ, ‘यस्ता किसिमका जघन्य अपराधहरु घटिसकेपछि निलम्ब नगरी यथासक्य शीघ्र अनुसन्धान सम्पन्न गराई दोषी पत्ता लगाउन र पीडितलाई न्याय दिलाउन अनुसन्धानमा स्थानीय, नागरिक समाज, सञ्चारमाध्यम तथा स्वयं पीडित पक्षको समेत साथ सहयोग आवश्यक हुने हुँदा अनुसन्धानमा बाधा पर्ने गरी कोही कसैले पनि अनावश्यक दबाब सृर्जना गर्ने परिस्थिति सृजना हुन नदिन ।’

 

यस्तै, आयोगले यही घटनाकाबीच प्रहरीको गोली लागि मृत्यु भएका सन्नी खुनामाथि गोली प्रहार गर्ने प्रहरीको पहिचान गरी कानून बमोजिम कारबाही गर्न तथा यो घटनामा भाइते भएकाको प्रभावकारी निःशुल्क उपचार गर्न भनि निर्देशन गरेको छ । आयोगको ८ बुँदे निर्देशनमा गृहमन्त्रालयलाई बोधार्थ दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...