गुण्डा नाइके समिरमानको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज



हाम्रो इकोनोमि

 

 

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्या अभियुक्त गुण्डा नाइके समिरमान बस्नेतको रिहाइ गर्न माग गर्दै दायर भएको बन्दी प्रत्यक्षीकरण मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ ।

 

न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलाशले बन्दी प्रत्यक्षीकरणको रिट खारेजीको निर्णय गरेको हो । सर्वोच्चको आदेशपछि बस्नेत थुनामै रहने भएका छन् ।

 

ललितपुरस्थित नख्खु कारागारबाट मुस्ताङ कारागार पठाइएका गुण्डा नाइके बस्नेतलाई बन्दी प्रत्यक्षीकरण मुद्दाका लागि सर्वोच्च अदालत ल्याउन आदेश दिइएको थियो । अदालतको आदेशपछि मुस्ताङबाट सर्वोच्च झिकाइएका बस्नेतको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको हो ।

 

बस्नेतलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सुधीरमानसिंह बस्नेतले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले समिरमानलाई भारतबाट पक्राउ गरेको थियो ।

 

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्या आरोपमा सिआइबीले उनलाई पक्राउ गरेको थियो । उनी यसअघि पनि गुण्डागर्दी आरोपमा पटक–पटक पक्राउ पर्दै आएका थिए ।

 

जेलमै बसेर अर्का गुण्डा नाइके रमेश बाहुनसँग मिलेर ब्यापारीलाई धम्क्याएपछि समिरमानलाई जेल प्रशासनले मुस्ताङ कारागार सरुवा गरेको जनाइएको छ । समिरमानका परिवारले उनलाई जेल सार्ने वहानामा ‘इन्काउण्टर’ गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...