शेयर बजार : सामान्य सुधार



 

 

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.१६ बिन्दुले बढेर एक हजार २२०.५२ बिन्दुमा पुगेको छ ।

 

 

लगातार घट्दै आएको बजारमा सुधार भए पनि कारोवार रकममा भने गिरावट आएको छ । कूल १६३ कम्पनीको १४ लाख ५१ हजार ५७२ कित्ता शेयर रु ३७ करोड १६ लाख ५६ हजार ९२३ मूल्यमा खरीद बिक्री भएको छ ।

 

 

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने १.२९ बिन्दुले बढेर २५८.८२ बिन्दुमा पुगेको छ । कूल दश उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयरमा वृद्धि भएको छ ।

 

अन्य समूह ३.९५ र जीवन बीमा ४.७१ बिन्दुले घटेको छ । बैंकिङ ७.६१, होटल ४८.४३, विकास बैंक ११.८७, जलविद्युत् एक, फाइनान्स १.९२, निर्जीवन बीमा ३०.५, उत्पादन १३.५६, माइक्रो फाइनान्स ९.०२ बिन्दुले बढेको छ ।

 

स्टकका अनुसार नाडेप, सेन्ट्रल फाइनान्स लिमिटेड, श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् भने मन्जुश्री फाइनान्स लिमिटेड र न्यादी ग्रुप पावर कम्पनीका शेयरधनीले भने आज गुमाएका छन् ।

 

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ मा गरेको मुनाफाबाट पाँच प्रतिशत नगद लाभांश दिने भएको छ । सो आवमा संस्थाले रु ४१ लाख नौ हजार ३३५ मुनाफा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्