डेढ महिनाको बच्चा लिएर रेलको पट्रीमा आत्महत्या प्रयास गर्दा पनि यसरी बाँचिन यी महिला



हाम्रो इकोनोमि

 

एउटा आत्महत्याको प्रयास असफल भएपछि विश्वनै चकित भएको छ । डेढ महिनाको बच्चालाई लिएर एक महिलाले गरेको आत्महत्या चकित रुपमै असफल भएको छ ।

 

घटना हो भारतको । गोरखपुरबाट मुम्बई जाँदै गरेको काशी एक्सप्रेसको रेल शनिबार बिहान ११ः३० बजे स्टेशनमा आएर रोकेको थियो । त्यहाँबाट एक महिला ओर्लिन् र आफ्नो डेढ महिनाको बच्चा अँगालोमा राखेर सँगै जोडिएको रेल्वे ट्रयाकमा गएर सुतिन् ।

 

जुन ट्रयाकमा करीब १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुष्पक एक्सप्रेस आयो र उनीहरु माथिबाट गयो । तर, अचम्मको कुरा त के भयो भने आमा र बच्चा दुवैलाई सामान्य चोटसम्म लागेन ।

 

तबसुम नाम गरेकी एक विवाहित २५ वर्षीय महिला इलाहावादबाट हजुरआमाको घर मुम्बई जाँदै थिइन् । तबसुमले बताए अनुसार उनकी सौतेनी आमाले उनकोे फेरि अर्को विवाहित पुरुष मो। साजिदसँग विवाह गराउन खोजेकी थिइन । पहिलेको श्रीमानले उनलाई यातना दिएपछि सम्बन्धविच्छेद गरेर माइतमा बस्दै आएकी थिइन ।

 

जबरजस्ती विवाहित पुरुषसँग विवाह गर्ने षड्यन्त्र थाहा पाएपछि आफू निकै तनावमा रहेको उनले बताएकी छन् । तबसुमका अनुसार छोरा जन्मिनु भन्दा करीब दुई महिनाअघि उनले आत्महत्याको प्रयास पनि गरेकी थिइन् ।

 

तर, त्यतिबेला उनी बच्न सफल नै भइन् । अहिले उनलाई सखी सेन्टरमा राखिएको छ । उनको परिवारजनलाई बुरहानपुरमा बोलाइएको छ । र घटनाबारेमा प्रहरीले अनुसन्धान जारी गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...