पत्रकारसँग आपूर्तिमन्त्री आगो, भने, ‘त्यो समाचार लेख्ने अपराधी हो’



हाम्रो इकोनोमि

 

 

उद्योग वणिज्य तथा आपूर्तिमन्त्री मात्तृका यादवले चाडवाडको मुखमा बजार भाऊ बढेको, चिनीको मूल्य आकाशिएको विषयमा बाहिरिएका समाचारको कुनै आधार नभएको आरोप लगाएका छन् ।

 

बजार अनुगमनबारे मिडिया र पत्रकारहरुको समाचार सम्प्रेषण शैलीप्रति निकै आक्रोशित देखिएका मन्त्री यादवले अहिले चिनीको अभाव भएको, बजार भाउ बढेकोलगायत समाचारप्रति गम्भीर आपत्ति जनाएका छन् ।

 

चिनीको भाउ नबढेको र अनुगमन पनि व्यवस्थित रूपमा भएको दावी गर्दै यादवले पत्रकारहरु यी समाचार पूर्वाग्रही बनेको आरोप लगाए । रिपोर्टस् क्लव आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले भने, ‘बजारमा चिनीको कुनै अभाव छैन । र बजार भाउ पनि बढेको छैन् ।’

 

पत्रकारहरुप्रति निकै आक्रोशित मन्त्री यादवले थपे, ‘चिनीको अभाव छ भनेर समाचार लेख्नेलाई कति चाहियो ? चिनीको बोरा नै जीउमा हालेर पठाई दिन्छौं । त्यसैले अनर्गल प्रचार गर्ने अपराध गर्नु हुँदैन । उनले भने, ‘हामी अहिले अनुगमन गरिरहेका छौँ । बजार अनुगमन गरिएन भनेर भनिएको छ । भोलि गृह, अर्थ, सामान्य प्रशासन र हाम्रो मन्त्रालयबीच आपसी छलफल छ ।

 

हामी एउटा बलियो संयन्त्र बनाएर काठमाडौंमा मात्रै होइन, पूरै देशमा बजार अनुगमन गर्छौँ ।’ यस्तै यादव चिनी आयात बढाउन एक अर्ब ६९ करोडको चलखेल भएको आरोप निराधार भन्दै पत्रकारको भूमिकाप्रति आक्रोशित बने ।

 

उनले भने, ‘यत्रो पैसा चलखेल गर्न अहिलेको जमानामा त्यति सजिलो छ र ? ट्रक बिना त्यत्रो पैसा चल्दैन । जीपमा बोकेर हुँदैन । एउटा ट्रकले मात्रै पनि हुँदैन । त्यत्रो ट्रक बोक्न दुई वटा ट्रक चाहिन्छ ।

 

अर्बौको कारोबार हुँदा बैंकमा थाहा हुन्छ नि । यसमा निष्पक्ष छानबिन हुनुपर्यो भनेर सभामुखलाई मैले पत्र पनि लेखेको छु ।’ मन्त्री यादलवले पत्रकारहरुलाई ‘न्यूज’ लेख्दा आफ्नो ‘भ्युज’ नघुसाउन समेत आग्रह गरे ।

 

यादवले भने, ‘आफ्नो कुरा लेख्नै मन लागे आर्टिकल लेखे हुन्छ । भ्रष्टाचार गर्‍यो भनेर ठूलो ब्यानर बनाएर न्युज लेख्छ, तर त्यही न्युजको खण्डन पठायो भने कुनामा यत्रो सानो अक्षरमा लेख्छ । मातृका आएपछि नि बेच्यो भनेर समाचार लेख्यो । तर मातृकाले कुनै खानी बेचेको छैन । त्यो समाचार लेख्ने नै अपराधी हु्न् ।’

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...