कांग्रेस बैठकमा किन लेखे पौडेल- सिटौलासहित चार नेताको ‘नोट अफ डिसेन्ट ?



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) विवादको असर माउ पार्टीमा समेत देखिएको छ ।

नेविसंघ विवादसँगै कांग्रेस नेताहरुको विचार समेत विभाजित मात्र भएको छैन् एक–अर्कामा चर्काचर्कीको अवस्था समेत सिर्जना गरेको छ । नेविसंघको ३२ वर्षे उमेर हदलाई लिएर कांग्रेस केन्द्रीय कार्य समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ४ जनाले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

आइतबार राति अबेर सकिएको केन्द्रीय समितिको बैठकले नेवि संघको ११ औं महाधिवेशनबाट पारित ३२ वर्ष उमेर हदलाई कायम राख्ने निर्णय भएको थियो । यो निर्णयसँगै नेवि संघको आसन्न महाधिवेशनमा ३२ वर्ष कटेका नेताहरु उम्मेद्वार नै हुन नपाउने भए ।

यो निर्णयमा पार्टी सभापति शेरबहादुर देउवाइतर समूहका प्रभावशाली नेताहरुले नै नोट अफ डिसेन्ट लेखेका छन् । वरिष्ठ नेता पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले नोट अफ डिसेन्ट लेखेका हुन् । बैठकमा नेवि संघमा ३२ वर्षे उमेर हद लागू गर्ने कि नगर्ने भन्दै बहस थालिएको थियो ।

तर, वरिष्ठ नेताहरुले समग्र विधान ल्याउनुको साटो एउटा धारामा बहस गराएको भन्दै विरोध गरेका छन् । उनीहरुले आफूहरु ३२ वर्षे उमेर हदको विरोधमा नभएको तर, समग्र विधानमा छलफल गर्नुपर्ने बताएका छन् ।

त्यसपछि निर्देशक समितिका संयोजक एवं सहमहामन्त्री प्रकाशशरण महतले विधान पेश गरे । ‘बैठकको एजेण्डा थाहा छैन । एकै पटक ३२ वर्षे लागू गर्ने कि नगर्ने भनेर बहस गराइन्छ’, एक नेता भन्छन्, ‘नेवि संघले पठाएको विधान समेत हामीलाई दिइएन ।’

देउवाइतरका समूहका नेताहरुले ३२ वर्षे लागू हुने विदा दिने नेताहरुसँग पनि छलफल गर्नुपर्ने र भ्रातृ संगठनको विधान पार्टीले संशोधन गर्नुका साटो निर्देशन दिएर उनीहरुलाई नै संशोधन गर्न लागाउनु पर्ने तर्क गरेका थिए ।

तर, संस्थापन समूहको बहुमत भएको बैठकले ३२ वर्षे उमेर हदसहित विधान पास गरेको छ । एक नेताकाअनुसार राति करीव ११ बजे सकिएको बैठकको निर्णयहरु माइन्युट गर्दा झण्डै १२ बजेको थियो, जसमा चार नेताले नोट अफ डिसेन्ट लेखेका छन् ।

नेविसंघका पूर्व अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकप्रिय विषयलाई देखाएर गलत मनसाय र आफ्नो स्वार्थ पूरा गर्ने काम भएको टिप्पणी गरे । यसले नेविसंघको महाधिवेशन नै अन्यौलमा परेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...