कांग्रेस बैठकमा किन लेखे पौडेल- सिटौलासहित चार नेताको ‘नोट अफ डिसेन्ट ?



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) विवादको असर माउ पार्टीमा समेत देखिएको छ ।

नेविसंघ विवादसँगै कांग्रेस नेताहरुको विचार समेत विभाजित मात्र भएको छैन् एक–अर्कामा चर्काचर्कीको अवस्था समेत सिर्जना गरेको छ । नेविसंघको ३२ वर्षे उमेर हदलाई लिएर कांग्रेस केन्द्रीय कार्य समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ४ जनाले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

आइतबार राति अबेर सकिएको केन्द्रीय समितिको बैठकले नेवि संघको ११ औं महाधिवेशनबाट पारित ३२ वर्ष उमेर हदलाई कायम राख्ने निर्णय भएको थियो । यो निर्णयसँगै नेवि संघको आसन्न महाधिवेशनमा ३२ वर्ष कटेका नेताहरु उम्मेद्वार नै हुन नपाउने भए ।

यो निर्णयमा पार्टी सभापति शेरबहादुर देउवाइतर समूहका प्रभावशाली नेताहरुले नै नोट अफ डिसेन्ट लेखेका छन् । वरिष्ठ नेता पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले नोट अफ डिसेन्ट लेखेका हुन् । बैठकमा नेवि संघमा ३२ वर्षे उमेर हद लागू गर्ने कि नगर्ने भन्दै बहस थालिएको थियो ।

तर, वरिष्ठ नेताहरुले समग्र विधान ल्याउनुको साटो एउटा धारामा बहस गराएको भन्दै विरोध गरेका छन् । उनीहरुले आफूहरु ३२ वर्षे उमेर हदको विरोधमा नभएको तर, समग्र विधानमा छलफल गर्नुपर्ने बताएका छन् ।

त्यसपछि निर्देशक समितिका संयोजक एवं सहमहामन्त्री प्रकाशशरण महतले विधान पेश गरे । ‘बैठकको एजेण्डा थाहा छैन । एकै पटक ३२ वर्षे लागू गर्ने कि नगर्ने भनेर बहस गराइन्छ’, एक नेता भन्छन्, ‘नेवि संघले पठाएको विधान समेत हामीलाई दिइएन ।’

देउवाइतरका समूहका नेताहरुले ३२ वर्षे लागू हुने विदा दिने नेताहरुसँग पनि छलफल गर्नुपर्ने र भ्रातृ संगठनको विधान पार्टीले संशोधन गर्नुका साटो निर्देशन दिएर उनीहरुलाई नै संशोधन गर्न लागाउनु पर्ने तर्क गरेका थिए ।

तर, संस्थापन समूहको बहुमत भएको बैठकले ३२ वर्षे उमेर हदसहित विधान पास गरेको छ । एक नेताकाअनुसार राति करीव ११ बजे सकिएको बैठकको निर्णयहरु माइन्युट गर्दा झण्डै १२ बजेको थियो, जसमा चार नेताले नोट अफ डिसेन्ट लेखेका छन् ।

नेविसंघका पूर्व अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकप्रिय विषयलाई देखाएर गलत मनसाय र आफ्नो स्वार्थ पूरा गर्ने काम भएको टिप्पणी गरे । यसले नेविसंघको महाधिवेशन नै अन्यौलमा परेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...