खोज पत्रकार भिक्टोरियाको बलात्कारपछि हत्या



हाम्रो इकोनोमि

 

 

बुल्गेरियास्थित खोज पत्रकारिता गर्दै आएकी एक टेलिभिजन पत्रकारको बलात्कारपछि हत्या भएको छ । अधिकारीका अनुसार रुसे सहरको उत्तरी क्षेत्रमा ३० वर्षीया पत्रकार भिक्टोरिया मारिनोभाको मृत शरिर भेटिएको हो ।

 

 

खोजीमा संलग्न अधिकारीहरुका अनुसार उनको चस्मा, कारको चापी, मोबाइल फोन र कपडा समेत घटनास्थलमा थिएन । पत्रकार भिक्टोरियाले खोजी गरेको समाचारकै प्रतिशोधको रुपमा घटना भएको हुनसक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

 

 

बुल्गेरियाका प्रधानमन्त्री ब्योको बोरिसोभले घटनाको छानविन गर्ने र दोषीलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तो घटना प्रति दुख व्यक्त गर्दै अन्य पत्रकारहरुले समेत दोषीलाई कारवाही गर्न दबाव दिएका छन् ।

 

पत्रकार भिक्टोरियाले संयुक्त राष्ट्रसंघको आर्थिक सहायतामा राजनीतिक व्यक्तित्व र व्यवसायीको गैरकानुनी सम्बन्धबारे खोजी समाचार पछ्याउँदै आएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...