खोज पत्रकार भिक्टोरियाको बलात्कारपछि हत्या



हाम्रो इकोनोमि

 

 

बुल्गेरियास्थित खोज पत्रकारिता गर्दै आएकी एक टेलिभिजन पत्रकारको बलात्कारपछि हत्या भएको छ । अधिकारीका अनुसार रुसे सहरको उत्तरी क्षेत्रमा ३० वर्षीया पत्रकार भिक्टोरिया मारिनोभाको मृत शरिर भेटिएको हो ।

 

 

खोजीमा संलग्न अधिकारीहरुका अनुसार उनको चस्मा, कारको चापी, मोबाइल फोन र कपडा समेत घटनास्थलमा थिएन । पत्रकार भिक्टोरियाले खोजी गरेको समाचारकै प्रतिशोधको रुपमा घटना भएको हुनसक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

 

 

बुल्गेरियाका प्रधानमन्त्री ब्योको बोरिसोभले घटनाको छानविन गर्ने र दोषीलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तो घटना प्रति दुख व्यक्त गर्दै अन्य पत्रकारहरुले समेत दोषीलाई कारवाही गर्न दबाव दिएका छन् ।

 

पत्रकार भिक्टोरियाले संयुक्त राष्ट्रसंघको आर्थिक सहायतामा राजनीतिक व्यक्तित्व र व्यवसायीको गैरकानुनी सम्बन्धबारे खोजी समाचार पछ्याउँदै आएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...