आमाको किरिया नगरेको भन्दै सामाजबाट बहिष्कार



हाम्रो इकोनोमि

 

 

आमाको किरिया नगरेको भन्दै महोत्तरीको सोनमा–८ सिंहासनीको एक परिवारलाई गाउँलेले सामाजिक बहिष्कार गरेका छन्।स्थानीय पानोदेवी यादवको मृत्युपछि कर्मकाण्ड नगर्दा तोकिएको जरिवाना तिर्न नसक्दा उनका छोरा जिनिस राय (यादव) बहिष्करणमा परेका हुन्।

 

सामाजिक परम्पराअनुसार किरिया नगर्दा उनलाई गाउँलेको ‘पञ्चायत’ले १ लाख २५ हजार जरिवाना तोकेको थियो। आफ्नो जातिका माइजन किशोरी यादव, महतो जातिका मेहीलाल महतो, साह जातिका बेचन साह, लोहार जातिका रामचन्द्र ठाकुरसहित स्थानीयको बैठकले कारबाही गरेको हो।

 

तराई–मधेसका जिल्लामा जातिपिच्छे जातीय नेता (माइजन) गाउँ-गाउँमा तोकिएका हुन्छन्। जातीय कामकाजको नेतृत्व उनीहरूले नै गरिरहेका हुन्छन्। गाउँको संस्कार÷व्यवहार बिगारेको ठहर गर्दै बैठकले पीडितलाई दण्ड, जरिवाना गरेको गौशालाका सञ्चारकर्मी रामबाबु यादवले सुनाए।

 

जिनिसको चार छोरी र एक छोरा छन्। दुई छोरीको विवाहमा ऋण काढेर दाइजो दिएकाका कारण उनी आर्थिक समस्यामा परेका छन्। दुई छोरीको विवाह गर्नुपर्ने तनावका बेला आमाको मृत्युसंस्कार नगर्दा गरिएको सामाजिक कारबाहीले झनै पिरोलेको उनको भनाइ छ। ‘महँगो ब्याजमा ऋण लिएर १ लाख जरिवाना तिरें’, उनले भने, ‘अझै २५ हजार रुपैयाँ बाँकी छ।’ उनका अनुसार बाँकी रकम तिर्न गाउँका पञ्चले ताकेता गरिरहेका छन्।

 

उनकी आमाको २०७३ कात्तिक १९ गते निधन भएको थियो। पानोदेवीका ब्रह्मदेव र जिनिस दुई छोरा छन्। उनले सबै सम्पत्ति जेठो छोरा ब्रह्मदेवलाई.दिएका थिए। धन, सम्पत्ति नपाएपछि जिनिस आमाको किरिया कर्ममा सहभागी भएनन्। त्यसपिछ गाउँलेले उनलाई कारबाहीस्वरूप जरिवाना तोकेको थियो। जरिवाना नतिरे सामाजिक बहिष्कार गर्ने भनिएको थियो।

 

आर्थिक अवस्था कमजोर भएकाले जरिवाना तिर्न नसक्दा उनी एक वर्षसम्म सामाजिक बहिष्करणमा परेका थिए। ‘जरिवाना एक वर्षसम्म तिर्न सकेनौं’, जिनिसकी श्रीमती जगतारण देवीले भनिन्, ‘समाजले हाम्रो लागि आगो, पानीसमेत बारिदिए।’ छिमेकीले बोलचाल, खानपिन सबै बन्द गरे। गाउँको पसलमा सरसामान खरिद गर्न पनि बन्देज लगाइएको थियो।

 

एक वर्ष सामाजिक बहिष्कारमा पर्दा समाजमा एक्लै बाँच्नुको अर्थ नरहेको बोध गरेको उनीहरूको भनाइ छ। उनीहरू बाध्य भएर समाजको निर्णय मान्न तयार भएका हुन्। जिनिसले आमा बितेको एक वर्षपछि १ लाख रुपैयाँ जरिवाना माइजनलाई बुझाए। १ लाखको ब्याज तिर्दा हैरान भएको उनको भनाइ छ।

 

माइजन किशोरी यादवले आमालाई बाँचुञ्जेल खान, लाउन, बिरामी परेका बेला औषधि नदिएको बताए। ‘आमाको मृत्यु भएको दिन उनी दाहसंस्कारमा सहभागी भएनन्’, उनले भने, ‘त्यसैले उनलाई सामाजिक कारबाही गरियो।’ आमाबुवालाई बुढेसकालमा लालनपालन नगर्ने परिपाटी बढ्दै गएकाले त्यस्ता सन्तानलाई कारबाही गर्न बाध्य हुनुपरेको उनले जनाए।

 

जरिवाना रकमले सिंहासनी गाउँ हुँदै मरहा खोला जाने बौद्धीमाई सडक मर्मत गरिएको छ। केही रकम झन्डा मेलामा खर्च गरिएको वडाध्यक्ष राजदेव यादवले बताए।

 

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...