संगम स्वीट्सको जबर्जस्ती ! शिलबन्दी गरिएको चार दिनमै कसले खोल्यो शिल ?



हाम्रो इकोनोमि

 

नयाँ बानेश्वरस्थित संंगम स्वीट्सले उत्पादन गर्ने खाद्यपदार्थमा अखाद्य बस्तु मिसावट भएपछि गत मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र उपभोक्ताकर्मीहरुको संयुक्त प्रयासमा शिलबन्दी गरिएको थियो ।

 

अनुमगमन टोलीले अर्को सूचना जारी नभएसम्म उद्योगमा उत्पादन तथा बिक्रि वितरणमा रोक लगाइएको थियो । तर उद्योग भने शनिबारदेखि नै संचालनमा आएको छ ।

 

सरकारले गर्ने बजार अनुगमन उपभोक्तको आँखामा छारो हाल्नका लागि मात्रै हो भन्ने एउटा तथ्य नयाँ संगम स्वीट्सको यो प्रकरणले प्रष्ट्याएको छ । अखाद्य मिठाई भेटिएको भन्दै मंगलबार शील गरिएको सो मिठाई पसल चार दिन नबित्दै खुल्नु अनुगमन टोलीमाथि नै शंका उठेको छ ।

 

मंगलबार सरकारी टोलीले अनुगमन गर्दा संगम स्वीट्समा कैफियत भेटियो । र, आवश्यक कारबाहीका लागि भन्दै पसलमै शील गरियो । यसरी शील गरिएको संगम स्वीट्सले शनिवारबाटै एकाएक कारोबार सुरु गरेको थियो ।

 

कारबाही गर्ने भन्दै शील गरिएको पसलले किन र कसरी चार दिन नबित्दै उन्मुक्ति पायो ? यही प्रश्न लिएर आइतबार दिउँसो हामी सुरुमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पुग्यौं । तर, विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले भने संगम स्वीट्स खुल्दै नखुलेको दावी गरे ।

 

हामीलाई महानिर्देशक कर्णको दावी एकैछिन पनि टिक्दैन भन्ने निश्चित थियो । महानिर्देशक कर्णलाई भेटेर हामी सिंघै संगम स्वीट्समा पुग्यौ ।

 

उसले निर्धक्क कारोबार गरिरहेको थियो । ग्राहकहरु मज्जाले त्यही उद्योगमा उत्पादन गरिएका खाद्यबस्तुको स्वाद लिइरहेका थिए । मानव स्वास्थ्यमा घात गरेको भन्दै शील गरिएको संगम स्वीट्स कुन शक्तिको आडमा खोलियो ? मीठाई पसल सञ्चालकको एक्लो हिम्मतमा मात्रै यो संभव थिएन/छैन ।

 

अझ खुलेको तथ्यलाई सरकारी अधिकारी जबरजस्त लुकाउने प्रयासमा थिए । तर, सत्य नयाँ बानेश्वरमा छरपष्ट भइसकेको थियो ।

 

बानेश्वरबाट फर्केर हामी फेरि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पुग्यौं । फेरि पनि विभागका अधिकारीले खुल्दै नखुलेको दावी गरे । खुली नै सकेको तथ्य देखाएपछि विभागका महानिर्देशक कर्ण अक्क न बक्क परे ।

 

र हामीलाई भने अब फेरी अनुगमन शुरु गर्छौं । अनुगमनका क्रममा सन् २०११ मै म्याद सकिएको ‘कोकोनट पाउडर’ प्रयोग गरी बर्फी लगायत मिठाई बनाएको, ‘हाइड्रो–वान’ केमिकल प्रयोग गरी दूध तथा रसबरी सेतो बनाइएको भन्दै मिठाई बनाउने कारखाना र बिक्री स्थल दुवैमा शीलबन्दी गरिएको थियो ।

 

तर, शील गरिएको कारखाना र विक्रि केन्द्र कसको आड–भरोसामा खुलाइयो ? यसले सरकारी अनुगमन ‘नौटंकी’का लागि मात्र हो भन्ने सर्वसाधारणको आशंकामा बल पु¥याएको छ ।

 

यस्तै, विभागका अधिकृत इश्वर सुवेदीले पनि शिल गरिएको संगम स्विट्स नखुलेको दावी गर्छन् । उनले कानुनी कारबाही नगरी उद्योग खुलाउन नहुने भन्दै गलत सूचना समेत दिए । शिल गरिएको उद्योगलाई कारबाही नै नभइ पुन संचालनमा आउनु विभागको फितलो अनुगमन भएको मान्न सकिन्छ ।

 

आम उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने गरी अखाद्य वस्तु उत्पादन गरी वितरण गर्ने उद्योगलाई कारबाहीका लागि खुट्टा कमाउनु विभागको ठूलो कमजोरी हो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...