राजीनामा दिने तयारी गर्दै दुई मन्त्री ?



 

प्रधानमन्त्री तथा नेकपाका पार्टी अध्यक्ष के पी शर्मा ओलीले सरकारमात्र होइन पार्टी नै डुबाउन लागेको प्रचण्ड र माधवकुमार नेपालको सामूहिक निष्कर्षलाई नेपालले सार्वजनिक गर्दा अहिले उनी  एक्लै परेको चर्चा प्रचण्ड निकटहरुले गर्दैछन् ।

पार्टी एकता केपी शर्मा ओलीसँग सल्लाह गरेर गरेको भए पनि पूर्व माओवादीको ठूलो खेमा माधवकुमार नेपालतिर लागेको छ ।

 

नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, शक्ति बस्नेत, राम कार्की खुलेर माधवकुमार नेपालको पक्षमा लागेका छन् । पुन, बस्नेत र कार्की घनश्याम भुसालको ‘मार्क्सवादी अध्ययन’का नाममा केपी ओलीलाई ”मार्क्सवाद विरोधी” करार गर्दै देश दौडाहामा छन् ।

तत्कालीन माओवादी कोटामा मन्त्री भएका वर्षमान पुन र शक्ति बस्नेतले  प्रधानमन्त्रीले सचिवमार्फत् मन्त्रालय चलाएको र आफूहरु सचिवको कारिन्दा रहेको भन्दै प्रचण्डले निर्देशन दिएमा राजीनामा दिने बताएको पुनको सचिवालय स्रोतले जनाएको छ ।

‘यही अवस्था रहेमा दशैंको लगत्तै केही सैद्धान्तिक कुरा उठाएर पुन र बस्नेतले मन्त्री पदबाट राजीनामा दिएमा आश्चर्य हुँदैन’ पुनको सचिवालय स्रोतले बतायो ।

पूर्व माओवादीको तर्फबाट गृहमन्त्री भएका रामबहादुर थापा ‘वादल’ ले प्रधानमन्त्री ओलीसँग आत्मसमर्पण गरेकाले पनि अप्ठ्यारो भएको मन्त्रीद्वय पुन र बस्नेतलाई लागेको चर्चा उर्जा मन्त्रालयमा ब्यापक छ ।

स्रोतका अनुसार, उर्जा मन्त्री वर्षमान पुन आफ्ना नजिकका केही ब्यक्तिलाई लिएर दशैं विदामा बैंकक र चीनको भ्रमणमा निस्किने तयारीमा रहेका छन् ।

अख्तियारले प्रतिशोध साँध्ने कि भ्रष्टाचारविरुद्ध जाग्ने ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नवीन घिमिरे प्रमुख आयुक्त नियुक्त भइसकेका छन् । उनले प्रमुख आयुक्त नियुक्त भएर पदबहाली गर्ने क्रममा २ रुपैयाँ  भ्रष्टाचार गर्नेलाई पनि नछाड्ने घोषणा गरिसकेका छन् ।

 

उनको विगतको पृष्ठभूमि विवादरहित नै भएकाले पूर्ववर्ती प्रमुख आयुक्तहरु लोकमानसिंह कार्की र दीप बस्न्यात जस्तो उनले अख्तियारलाई प्रतिशोध साँध्ने र लाभ लिने माध्यम बनाउने छैनन् भन्ने अपेक्षा गरिएको छ ।

 

लोकमानसिंह कार्की र बस्नेतको कार्यकालमा पूर्वाग्रहप्रेरित भएर १३ पन्ने भराइएका र बयान लिइएकाहरु अझै पनि अख्तियारमा धाउनुपरेको छ । कार्कीले दुःख दिएकाहरुको पीडा त बर्णन नै गर्न गाह्रो भएको गुनासो सुनिन्छ ।

 

अख्तियारमै कार्यरत कर्मचारी समेत कार्कीको तारो बनेका थिए । अख्तियारका संगठन समर्थक कर्मचारीले टे«ड युनियन निर्वाचनका लागि भेला गर्दा पनि सुबोध देवकोटाले नवराज जैशी प्रयोग गरी तर्साएका थिए ।

कार्कीलाई राजा महाराजाजस्तो सम्माननीय नभन्ने निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारी नारायण गैरे, जनार्दन अधिकारी, राजेन्द्र आचार्यलाई उनले डा“डा कटाउन लगाए ।

 

लोकमानसिंह कार्कीलाई अन्धसमर्थन गर्ने तत्कालीन निजामती कर्मचारी युनियनका अध्यक्ष तथा हाल आधिकारिक ट्रेड युनियनका महासचिव सुबोधकुमार देवकोटाको डिजाइनमा पनि उनले धेरैलाई दुःख दिए ।

 

२०७३ जेठ १९ मा भएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा युनियनलाई जिताउन देवकोटाले कार्कीको सहाराले धेरैलाई दुःख दिए । तिनैमध्येका हुन्, मधेशी निजामती कर्मचारी मंचका अध्यक्ष विनोद सिंह ।

 

देवकोटाले युनियनलाई ट्रेड युनियन निर्वाचनमा सहयोग गर्न आग्रह गरेका थिए । तर सिंहले अस्वीकार गरेपछि त्यही दिनदेखि उनलाई अख्तियारमा बयानमा बोलाइयो ।

 

ट्रेड युनियन निर्वाचनका दिनसमेत उनलाई देवकोटाको डिजाइनमा अख्तियारमा बोलाएर बयान लिइएको थियो । देवकोटाले अख्तियारबाट संगठन समर्थक कर्मचारीलाई निकालाबास गरी आफ्ना विश्वासपात्रहरुलाई सरुवा गराए । तिनै विश्वासपात्रमध्येका शाखा अधिकृत नवराज जैशी र कमल मिश्रलाई प्रयोग गरी सिंहलाई फसाउन खोजेका थिए ।

 

जैशीले विनोद सिंहविरुद्ध उजुरी हाल्ने काम गरेका थिए भने मिश्रले सिंहस“ग अकूत सम्पत्तिमा बयान लिने र १३ पन्ने भराएका थिए । कार्कीकै पालामा अधिकृत मिश्र अख्तियारको सम्पत्ति छानबिन गर्ने विशेष अनुसन्धान महाशाखामा थिए र अद्यापि छन् ।

 

देवकोटाले भनेअनुसार नै लोकमानसिंहले  मिश्रलाई अनुसन्धान अधिकृत तोकिदिए । र, अनुसन्धान अधिकृत मिश्रले विनोद सिंहलाई १३ पन्ने भराएर मात्र नपुगी विस्तृत अनुसन्धानमा पठाएका थिए ।

 

आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेपाली कांग्रेस समर्थक युनियनलाई नसघाएको प्रतिशोधमा १३ पन्ने भराइएका र विस्तृत अनुसन्धानमा पठाइएका विनोद सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराउन अद्यापि सुबोध देवकोटा लागिरहेका छन् ।

 

यदि उनले आधिकारिक ट्रेड युनियन निर्वाचनमा सहयोग गरे अख्तियारको कारबाही रोक्ने सन्देश पनि देवकोटाले पठाएका थिए । तर सिंहले मानेनन् । नमानेबापत सिंहले जागिरबाट राजीनामा दिए पनि अकूत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन भोगिरहेका छन् ।

 

विनोद सिंह उदाहरण हुन्, सुबोधकुमार देवकोटाको डिजाइनमा लोकमानसिंह कार्कीले निजामती कर्मचारी संगठनका तत्कालीन अध्यक्ष पुण्यप्रसाद गौतम, महासचिव मोहनकुमार घिमिरे, तत्कालीन बरिष्ठ उपाध्यक्ष केदारप्रसाद देवकोटाको बैंकखाता रोक्का गर्नेदेखि बयानमा बोलाएर दिनुसम्म दुःख दिएका थिए ।

 

टेलीफोन गरेका भरमा देवकोटाले प्रतिशोध साँध्ने काम गरेका थिए । अझै पनि धेरैको उजुरी आयोगमा छ“दैछ । अख्तियार स्रोतका अनुसार देवकोटाको प्रतिशोधको शिकार विनोद सिंह हुँदैछन् । यसरी सामदाम दण्डभेद सबै प्रयोग गर्दा पनि टे«ड युनियन निर्वाचनमा देवकोटाको युनियन ठूलो मतान्तरले पराजीत हुन पुगेको थियो ।

 

अख्तियारलाई लोकमान र दीप बस्नेतले कसरी प्रतिशोध साँध्ने माध्यम बनाए भन्ने यो सानो उदाहरण हो, हरेक मन्त्रालयमा महाभ्रष्टाचारीलाई जोगाउने र भ्रष्टाचार गर्न डराउने वा नगर्नेलाई लोकमानको कार्यकालमा फसाउने काम भएको थियो ।

 

स्वास्थ्य मन्त्रालयका डा. सेनेन्द्रराज उप्रेती, डा. श्याम उप्रेती जस्ताहरुलाई मुद्दा हालेर डा. यशोबद्र्धन प्रधान, डा. पुष्पा चौधरी, डा. संगीता भण्डारी, डा. आरपी बिच्छा जस्ता बद्नामहरुलाई जोगाउने काम गरिएको थियो ।

 

स्वास्थ्यका यी अधिकारी एक उदाहरण हुन्, हरेक मन्त्रालयमा लोकमानले यस्तै गरेका थिए । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सडक विभागमा त देवकोटाले आफ्नो इशारामा नचल्नेहरुलाई पराकाष्टा नै नाघ्नेगरी दुःख दिएको गुनासो अहिले पनि सुनिन्छ ।

 


ऐन विपरीत कार्यालय प्रमुख, अख्तियार मौन 

 

सुबोधकुमार देवकोटा सडक विभाग अन्तर्गतको आकर्षक परियोजना गल्छी–स्याफ्रुबेसी सडक आयोजनाका प्रमुख हुन् । शाखा अधिकृतस्तरका इन्जीनीयर देवकोटा ओभरसियरबाट विशेष बढुवा भएका हुन् ।

 

कार्यालय प्रमुख ट्रेड युनियनमा लाग्नै नपाउने निजामती सेवा ऐनको ब्यवस्था छ । तर देवकोटा ऐन विपरीत ट्रेड युनियनको नेतृत्वमा छन् । ६ महिनाअघिसम्म उनी नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियनको अध्यक्ष र आधिकारिक ट्रेड युनियनका महासचिव थिए ।

 

अध्यक्षबाट २ कार्यकालपछि उनी बिदा भए पनि आधिकारिक टे«ड युनियनको महासचिव छन् । निजामती कर्मचारी ऐनको दफा ५३ को २ (क)मा  निजामती कर्मचारीहरूको ट्रेड युनियनसम्बन्धी व्यवस्थामा स्पष्ट रुपमा उल्लेख छ–कार्यालय प्रमुख भई काम गर्नुपर्ने राजपत्रांकित कर्मचारीबाहेक राजपत्रांकित तृतीय श्रेणी वा सोभन्दा मुनिका कर्मचारीहरूले आफ्नो पेसागत हक हितका लागि राष्ट्रियस्तरको निजामती कर्मचारीको ट्रेड युनियनहरू गठन गरी सदस्यता लिन सक्नेछन् ।

 

यो ऐनविपरीत देवकोटा विगत ३ बर्षदेखि कार्यालय प्रमुखका रुपमा कार्यरत छन् । २ बर्ष उनी सडक विभागको अर्को आकर्षक मानिने शहीद मार्ग आयोजना रोल्पाको कामु प्रमुख थिए । आधिकारिक ट्रेड युनियन निर्वाचनमा कामु सीडीओ र एलडीओ भएका कर्मचारीले मत समेत दिन पाएनन् । तर देवकोटा मतदातामात्र होइन, नेतृत्वमै हुँदा पनि अख्तियारले कुनै चासो देखाएको छैन ।

 

अरुलाई प्रतिशोध साँध्न अकूत सम्पत्ति आर्जनमा अख्तियार प्रयोग गरी छानबिन गराउने, बैंकखाता रोक्ने देवकोटा भने सडक विभागका आकर्षक आयोजनामा आफैं प्रमुख भएर अकूत सम्पत्ति आर्जन त गरेकै छन्, विगत एक दशकमा सडक विभागका महानिर्देशकदेखि आयोजना, डिभिजन प्रमुखहरु फेरबदल गर्नका लागि बीचौलियाको रुपमा करोडौ रकम उठाएको  आरोप पनि उनीमाथि छ ।

 

रमेश लेखक र वीरबहादुर बलायर भौतिक मन्त्री हु“दा त देवकोटामार्फत् नै डिल गरी आरजु देउवा र उनका भाइ भूषण राणाले महानिर्देशक र सडकका हाकिमहरु फेरबदल गर्ने गरेको कुरा मिडियामै आउने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्