थाइल्याण्डमाथि नेपालको जित : सन्दीपले लिए पाँच विकेट



हाम्रो इकोनोमि

 

 

सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी विश्वकपअन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगिता अन्तर्गत थाइल्याण्डविरुद्धको खेलमा नेपालले शानदार जित दर्ता गरेको छ ।

 

 

आइतबार मलेसियामा भएको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्याण्डमाथि १४० रनको जित दर्ता गरेको हो । पहिलो ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई १७३ रनको चुनौती दिएको थियो ।

 

 

लक्ष्य पछ्याउने क्रममा आठ ओभर खेल्दा थाइल्याण्डको इनिङ धरापमा परेको थियो। नेपालको जितका लागि सन्दीप लामिछाने एक्लैले पाँच विकेट, करण केसी तीन र ललित राजभण्डारीले एक विकेट लिए ।

 

१७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८.५ ओभर खेल्दा ९ विकेटको क्षतिमा १८ रनमात्र जोड्न सक्यो । पानी परेपछि रोकिएको खेलको निर्णय डीएल पद्धतिबाट भएको हो ।

 

नेपालको जितका लागि अघिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले थाइल्याण्डविरुद्ध समेत उत्कृष्ट प्रदर्शन गरे।

 

शनिबार आयोजक मलेसियाविरुद्धको खेलमा सन्दीपले पाँच विकेट लिँदा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको थियो। पहिलो खेलमा बुधबार सन्दीपले म्यानमारको चार विकेट लिएका थिए। सन्दीपले चार विकेट लिँदा आफ्नो पहिलो खेलमा नेपालले म्यानमारलाई आठ विकेटले नै पराजित गरेको थियो।

 

मलेसियाको वायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रेको नेपालले करण केसीको उत्कृष्ट प्रदर्शनको सहयोगमा पुरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियाे ।

 

आठौँ क्रममा आएका केसीले १४ बलमा शानदार ४० रन बनाए । उनले लगतार तीन छक्का प्रहार गरे । नटआउट रहेक उनले ४ छक्का र २ चौका हाने ।

 

त्यसैगरी नेपालका लागि शरद भेषावकरले २८ बलमा ३४ रनको योगदान दिए । दिपेन्द्रसिंह ऐरीले ३० रन बनाए भने ओपनर अनिल साहले २५ रनको पारी खेले ।

 

थाइल्यान्डका लागि पायुपुथ सुङ्गार्दले सर्वधिक ४ विकेट लिए । उसका लागि भिचनाथ सिंहले पनि दुई विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...