विप्लवमाथि प्रचण्डको झोकः बम पड्काउने, मान्छे मार्ने त आतंककारी नै हो !



 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक जना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवतरण नामक पुस्तकको विमोचनको क्रममा आफ्नो नेतृत्वमा भएको १० वर्षे युद्धको बारेमा सनसनी खुलासा गरेका छन् ।

 

उनले नेपालमा चाैतर्फी निराशा छाएको वेला पञ्चायत र तत्कालीन राज्य व्यवस्थाका विरुद्ध लड्न २०४६/०४७ देखि नै हात हतियार जम्मा गर्ने तयारी थालेको जनाएका छन् ।

 

जनताका अधिकारलाई सुरक्षित गर्न जनयुद्धको सुत्रपात गरेको भन्दै आफैबाट छुट्टिएर गएका विप्लवलाई कडा कटाक्ष गरेका छन् ।

 

प्रचण्डले आफूहरु लड्ने क्रममा युद्धको पहिलो योजनाका रुपमा वक्तव्य दिएरै सुरु गरेको र देशमा गराएका घटनाको जिम्मेवारी समेत लिएकाले आफू सच्चा क्रान्तिकारी रहेको जनाए ।

 

तर, उनले विप्लवको नामै नलिएर अघोषित रुपमा हतियार पड्काउने र जनता मार्ने कोसिस गर्ने तर जिम्मेवारी नलिने गरेकाले उनीहरु क्रान्तिकारीको नाममा आतंककारी रहेको ठोकुवा गरेका छन् ।

 

उनले तत्कालीन युद्धको स्मरण गर्दै सरकारले आफ्ना नेता कार्यकर्तालाई झुठा मुद्धा लगाएर सखाप पार्न खोजेको समेत आरोप लगाएका छन् । तर, उनले आफ्ना पूर्वसहकर्मी विप्लवमाथि सरकारको कदम सहि भएको जनाएका छन् ।

 

विप्लवलाई वार्तामा आउन आग्रह गर्दै जनताको अदिकारलाई सम्मान गर्न सरकार तयार रहेको जनाए । यस्ता कुरालाई वेवास्ता गर्दा त्यस्ता शक्तिले दुख पाउने भन्दै कडा चेतावनी समेत दिएका छन् । विप्लव नेतृत्वको नेकपामाथि नाम नलिएर खनिएका प्रचण्डले अधिकांश सयय उनलाई साइजमा ल्याउने नभए शक्तिको प्रयोग गर्ने समेत जनाए ।

माधव नेपाल बिच्किएपछि नेकपाको बैठक स्थगित

नेताहरुबीचको विवादको टुंगो नलागेपछि आइतवार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ ।

 

नेकपाका फरक फरक गुटका नेताहरुबीचको विवाद अहिले सतहमा आएको छ । विशेषगरी नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवादले अझै निकास लिएको छैन । वरिष्ठ नेता नेपालले पार्टी मुख्यालयमा आफ्नो असन्तुष्टि पत्र नै दर्ता गराएका छन् ।

 

आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गराएको ‘असहमति पत्र’ र मातहतका कमिटी एकता प्रक्रियाको विषयमा छलफल हुने बताइएको थियो ।

 

गत असोज ५ गतेको सचिवालय बैठकका निर्णय विवादमा आएपछि यो बैठक बस्न लागेको थियो । वरिष्ठ नेता नेपालको असहमतिपछि दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको शुक्रबार भएको छलफलले सचिवालय बैठक बोलाउने निर्णय गरेको थियो ।

 

बैठकमा नेता नेपालको असहमति पत्र, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटी पदाधिकारी तथा सदस्यबारे पूर्वनिर्धारित मापदण्डमा थप मापदण्ड बनाउने विषयमा छलफल गर्ने योजना थियो ।

 

वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेशमा रहँदा सचिवालय बैठकले प्रदेश कमिटी इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो । बैठकपछि प्रदेश पदाधिकारीलाई प्रदेश कमिटीले पूर्णता नपाएम्म गर्ने कामको निर्देशनसहित अध्यक्षद्वय ओली र दाहालले आठबुँदे निर्देशन समेटिएको विशेष पत्र पठाएका थिए ।

 

के हो नेपालको असहमति ? 

 

वरिष्ठ नेता नेपालले नेकपा सचिवालयको निर्णयमा तीब्र असन्तुष्टि जनाउँदै केन्द्रीय कार्याल धुम्बाराहीमा  असहमति पत्र दर्ता गराए थिए। उनले गत असोज १२ मै महासचिव विष्णु पौडेलमार्फत् लिखित अहसमति पत्र बुझाएका थिए ।

 

‘सचिवालय बैठकले प्रस्ताव ल्याउने, मापदण्ड बनाउने र उक्त मापदण्डका आधारमा कमिटीमा व्यक्तिको नाम प्रस्ताव गर्नुपर्थ्यो। तर, कुनै प्रक्रिया पूरा गरिएनन्। सचिवालय आफैंले बनाएको मापदण्डलाई समेत निर्णय प्रक्रियामा मानिएन ।

 

अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमणपछि मात्र सहमतिका आधारमा निर्णय लिने भनिएकोमा विश्वास तोडेर जालझेलपूर्ण ढंगले निर्णय लिने काम गरियो, यो निर्णयबाट म स्तब्ध छु’, नेपालले महासचिव पौडेललाई बझुाएको असहमतिपत्रमा भनिएको छ ।

 

वरिष्ठ नेता नेपालले असहमतिमा दुई विषय उठाएका थिए । पार्टी विधानको धारा ३८ (ग) र साउन २५ मा बसेको सचिवालयले आफैंले बनाएको मापदण्ड मिचेर असोज ५ को सचिवालय बैठकले प्रदेश पदाधिकारी चयन गरेकोप्रति नेपालले तीब्र असहमति जनाएका छन् ।

 

विधानको उक्त धारामा पार्टी एकताका क्रममा सहमतिका आधारमा कमिटी निर्माण गरिने उल्लेख गरिएको थियो। गत साउन २५ गते बसेको सचिवालय बैठकले कार्यकारी भूमिकामा रहेका जनप्रतिनिधिलाई पार्टी कमिटीको कार्यकारी भूमिका नदिने मापदण्ड बनाएको थियो।

 

तर नेता नेपाल विदेशमा रहेका बेला मुख्यमन्त्रीहरुलाई समेत पार्टीको कार्यकारी पदको जिम्मेवारी तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महासमितिले पारित गर्‍यो गठबन्धन नगर्ने प्रस्ताव

    नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतिले

कांग्रेस महासमिति बैठकमा नाराबाजी

    नेपाली कांग्रेसको महासमिति बैठकमा नाराबाजी भएको छ । गण्डकी र बागमती

हिन्दुराष्ट्रको अभियानमा एक हजार ६१ जना महासमिति सदस्यको हस्ताक्षर

    नेपाली कांग्रेसका नेताहरुबाट सुरु गरिएको वैदिक सनातन हिन्दुराष्ट्र स्थापना अभियानले एक

पुनरावेदनका लागि सन्दीप लामिछाने उच्च अदालतमा

    क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसलामाथि पुनरावलोकनको