पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशत बढाउने सरकारको निर्णय



हाम्रो इकोनोमि

 

 

सरकारले श्रमजीवी पत्रकारको न्यूनतम तलब समायोजन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संञ्चार संस्थामा काम गर्ने पत्रकारलगायत सबै कर्मचारीको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ।

 

आइतबार बसेको मन्त्रिपरिषद बैठकले श्रमजीवी पत्ररकारको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी गराए।

वृद्धि भएको तलब कार्तिक १ गतेबाट लागू हुनेछ। अब श्रमजीवि पत्रकारको न्यूनतम तलब २४ हजार ३ सय ७५ पुगेको छ। विगत ३ वर्षयता पत्रकारको तलब समायोजन हुन सकेको थिएन।

यस्तै मन्त्रिपरिषदले गोरखापत्र संस्थानको अध्यक्षमा वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ। गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्दै भण्डारीलाई नियुक्त गरेको हो।

यस्तै आजको मन्त्रिपरिषदले नागरिक लगानी कोषको सञ्चालकमा रामचन्द्र भट्टराईलाई नियुक्त गरेको छ। उखु किसान र चिनिको समस्याबारे जाँचबुझ गर्न सात सदस्यीय समिति समेत मन्त्रिपरिषदले गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस
सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...