निःसन्तानका लागि टेस्टट्युब बेबी बरदान : शुक्रकिटको मूल्य २ हजार



 

 

नेपालमा टेस्टट्युब बेबीको सुरुवात भएको १५ वर्षभन्दा बढी भएको छ । विसं २०६० बाट सुरु भएको यो प्रविधिको प्रयोग निसन्तानहरूका लागि बरदान बनेको छ । यो सेवा ओम अस्पतालले सुरु गरेपछि अहिले देशका विभिन्न ठाउँमा पुगिसकेको छ ।

 

प्रदेश ५ को राजधानी बुटवलको लुम्बिनी सिटी अस्पतालमा २०७३ सालदेखि टेस्टट्युब बेबीको उत्पदानको सुरुवात भइसकेको छ । बुटवलमा यसको सुरुवात स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रदीपकुमार श्रीवास्तले गरेका हुन् । उनै श्रीवास्तसँग टेस्टट्युब बेबी सेवा लिनसक्ने दम्पती, त्यसको विश्वानीयता र खर्च लगायतका विषयमा कुराकानी गरेका छौँ ।

कस्ता दम्पतीले टेस्टट्युब बेबीको सेवा लिन सक्छन् ?

टेस्टट्युब बेबी निःसन्तान दम्पतीका लागि सन्तान प्राप्तिको राम्रो विकल्प बनिरहेको छ । टेस्टट्युब बेबीकै कारण कैयौँ दम्पतीले सन्तान सुख पाइसकेका छन् ।

 

विभिन्न चिकित्सकमा पुगेपछि अन्त्यमा हामीकहाँ नै आउने हुन् । उनीहरूलाई हामीले सुरुमा रिलेसन, सामान्य शारीरक अवस्था आदि परीक्षण गर्छौं । अन्य विधिबाट सन्तान उत्पदान गर्न सक्दैनन् भन्ने  निष्कर्षमा पुगेपछि टेस्टट्युबको प्रक्रिया जान सल्लाह दिने हो ।

 

यसमा पनि दुई विधि छन्– आईभी एफ र आईसीएसआई  रहेका छन् । टेस्टट्युब बेबीका लागि पहिला श्रीमान्को वीर्यको जाँच गरेपछि  सुक्रक्रिट छ कि छैन पत्ता लाग्छ । छ भने २० देखि ६० मिलियनबीच हुनुपर्छ । त्योभन्दा बाहिर पनि समस्या हुनसक्छ ।

 

पुरुषले सुक्रकिट उत्पदान गर्न सकेन भने डोनर  खोजिन्छ । महिलाको  शरीरले अन्डा उत्पादन गरेको  छैन या उत्पदान भए पनि पूर्ण क्षमताको छैन भने अन्य महिलाको अन्डा लिएर यो प्रक्रियमा जाने हो ।  यसभित्र दुई प्रकारका विधि छन् । महिलाहरूको शरीरले अण्डा उत्पादन गर्न सकेन भने दिदीबहिनी या साथीभाइको अण्डा लिन सिफारिस गरिन्छ ।

 

त्यो सिफासिर दम्पती आफैले दिने गरेका छन् । पुरुषको हकमा पनि यस्तै हुन्छ । प्रायः साथीभाइ र दाजुभाइ तथा आफन्तको लिएका हुन्छन् । यस्तो अवस्था भएन भने हामीले इम्रियो बैङ्कको स्थापना गरेका छौँ । जहाँ पुरुषको सुक्रकिट सुरक्षति रूपमा राखिएको हुन्छ । जहाँ हामीले विभिन्न डोनरका स्वास्थ्य सुक्रकिट राखेका हुन्छौँ । यस्ता डोनरको शारीरक परीक्षण गरेर राखिन्छ । उनीहरूलाई एक पटकमा हामीले २ हजारदेखि ३ हजार रूपैयाँसम्म दिने गरेका छौँ । त्यो रकम अन्तत बिरामीको उपचारमा जोडिन्छ ।

 

वीर्यलाई हामीले सुरक्षित तरिकाले राख्ने गर्छांै । उनीहरूको जात, रङ आदिलाई मिल्ने खालको मिलाएर प्रक्रियामा जान्छौँ । तर त्यो गोप्य हुन्छ । ताकि कसको हो, कुन हो हामीले भन्न मिल्दैन । यदि आफै डोनर खोजेर ल्याएका छन् भने हामीले गोप्यता राखिदिने हो । उनीहरूले सबै कानुनी प्रक्रिया पूरा गरेका हुन्छन्  ।

 

टेस्टट्युब बेबी प्रक्रिया के हो ?  
नेपालमा पहिलो पटक २०६० सालमा टेस्टट्युब बेबी जन्मिएको थियो । जुन प्रविधि स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले भित्र्याएका थिए । अहिले देशमा विभन्न अस्पालहरूमा यो सेवा सुरु भएको छ । यस सेवाबाट कति बच्चा जन्मिए भन्ने स्पष्ट तथ्याङ्क पाइँदैन । सेवा प्रदान गर्ने अस्पतालका आआफ्नै तथ्याङ्क छन् । नेपालमा टेस्टट्युब बेबी भनेर निकै प्रचलित छ । तर यसको खास नाम चाहिँ यो होइन ।

कतिपयलाई के लागेको छ भने बच्चा पनि टेस्टट्युबबाटै निस्कन्छ । यो पूर्ण असत्य हो । यसलाई अङ्ग्रेजीमा इनभित्रो फर्टिलाइजेसन भनिन्छ । भिभो फर्टिलाइजेसन भनेको आमाको गर्भमा फर्टिलाइज गर्ने र भित्रो भनेको बाहिर गर्ने हो । बाबुको शुक्रकिट र आमाको डिम्बलाई आमाको गर्भाशयभन्दा बाहिर फर्टिलाइज गर्ने भएकाले यस्तो प्रक्रियालाई इनभित्रो फर्टिलाइजेसन भनिन्छ । तर यस्तो फर्टिलाइज गर्दा बाबुको शुक्रकिट र आमाको डिम्ब भने मेल हुन जरुरी हुन्छ । जसबाट बच्चा जन्मिछ ।

यसरी जन्माइन्छ बच्चा
सबैभन्दा पहिले आमा र बाबुलाई इन्जेक्सन दिएर डिम्ब र शुक्रकिट निकालिन्छ । यसो गर्नुको कारण भनेको आमा र बाबुबाट बढीभन्दा बढी डिम्ब र शुक्रकिट निस्कियोस् भन्ने हो । त्यतिबेला बाबु र आमालाई अलिकति लठ्याइन्छ पनि । त्यसपछि नलीबाट डिम्ब र शुक्रकिट टेस्टट्युबमा निकालिन्छ । डिम्ब र शुक्रकिटलाई टेस्टट्युबमा दुई मिनेटभन्दा बढी समय राखिँदैन । यसमा प्रयोग गर्ने टेस्टट्युब खासमा बजारमा पाइने आकारकै हुन्छ तर प्रकृति भने अलि फरक हुन्छ । त्यसपछि डिम्ब र शुक्रकिटलाई इक्रिपेट पेट्रिडिस (सिसाको विशेष भाँडो)मा राखिन्छ । पेट्रिडिसमा ३६ घन्टासम्म राख्दा डिम्ब र शुक्रकिट फर्टायल आर्थात् सेचन हुन्छ । पेट्रिडिसमा भ्रुण बन्नका लागि योग्य वातावरण हुन्छ अर्थात् बच्चाको भु्रण बन्छ । त्यसरी सेचन भइसकेको भु्रणलाई पुनः आमाको गर्भाशयमा राखिन्छ, जसलाई एमरिओ ट्रान्सफर भनिन्छ । त्यसपछि अरू बच्चा जसरी जन्मिन्छन् त्यसरी नै टेस्टट्युब बेबी पनि जन्मन्छ । यसलाई अन्य महिलाको जस्तै डेलिभरीको प्रक्रियामा जान्छ ।

 

यी कारणले बच्चा नहुन सक्छन् ?   

सबै उपचार पद्धति अवलम्बन गर्दा पनि बच्चा बसेन भने मात्र टेस्टट्युब बेबीको आवश्यकता पर्छ । पाठेघरको सङ्क्रमण, यौनजन्य रोग, थाइराइड आदिका कारण बच्चा नबस्न सक्छ । डिम्बाशयमा अण्डा  नबन्नु, पुरुषको स्पर्म कम हुनु वा हुँदै नहुनु, यौनजन्य रोग लाग्नु आदिले पनि बच्चा नबस्न सक्छ । ढिलो विवाह वा उमेर बढी भएमा पनि बच्चा नहुन सक्छ । यो अवस्थाका निःसन्तान दम्पतीका लागि विकल्पका रुपमा टेस्टट्युब बेबीले सन्तान सुखलाई पूरा गर्छ ।

 

टेस्टट्युब बेबी कति सफल ? 

अन्तर्राष्ट्रिय अभ्यास हेर्दा ५० प्रतिशत मात्र टेस्टट्युब बेबी सफल भएका छन् । नेपालमा ३० देखि ४० प्रतिशत सफल भएको दाबी चिकित्सक श्रीवास्तवको छ । बुटवलको हक पनि ४० देखि ५०  प्रतिशत हो ।  यसो हुनुमा विभिन्न कारण रहेका छन् । हामीलाई हाम्रो वातावरण, उपकरण  आदिले साथ दिएकाले अलि सफल हुन सकेका हौँ । टेस्टट्युब बेबी राख्दा पनि नेचुरल फर्टिलाइजेसनकै विधि अपनाउने हो । यो असफल पनि हुनसक्छ ।  टेस्टट्युब बेबी राखेका बिरामीले चिकित्सकको परामर्शमा रहिरहनुपर्छ । खानपानलगायत हरेक वातावरण  अनुकुल हुनुपर्छ । श्रीमानलगायत परिवारको साथ, सहयोग, हौसला पनि उत्ति नै आवश्यक हुन्छ ।

कति खर्च लाग्छ  ?

नेपालको सन्दर्भमा टेस्टट्युब बेबी सबैको सहज पहुँचमा छैन । तर त्यति धेरै महँगो पनि छैन । निजी अस्पतालमा दुई साढे दुई लाख रूपैयाँदेखि सुरु हुन्छ भने सरकारी अस्पतालमा त्योभन्दा कममा हुन्छ । हामीले बुटवलमा यस्तै मूल्यको हाराहारीमा काम  गरेका छौँ ।  भारतमा भन्दा यहाँ सस्तो छ । काठमाडौँका केही अस्पतालभन्दा बुटवलमा हामीले सस्तो गरेका छौँ ।

यस्तो छ टेस्टट्युब बेबीको इतिहास 

विश्वमा टेस्टट्युब बेबी सुरुवात भएको २५ वर्षपछि नेपालमा सुरु भएको हो । अहिले अधिकांश ठूला सहरमा यो सेवा उपलब्ध  छ ।  नेपालमा डा. भोला रिजालले यो सेवा सुरुवात गरेका हुन् । २०६० सालदेखि नेपालमा टेस्टट्युब बेबीको प्रचलन सुरु भएको हो । पहिलो पटक ओम हस्पिटलमा ओममणि तामाङ यो प्रविधिबाट जन्मिएका हुन् । अहिले नेपाल सरकारले समेत प्रसूति गृहमा यस्तो प्रविधिको सुरुवात गरिसकेको छ । जसले यसको व्यापकता वृद्धि गरेको छ । अरू कुनै पनि तरिकाबाट बच्चा भइरहेको छैन भने उनीहरूका लागि यो सेवा बरदान सावित हुन भएको छ । त्यसैले अब कोही पनि बच्चा भएन भनेर निराश हुनुपर्ने अवस्था छैन । नेपालमा जुलाई १० लाई निःसन्तान दिवसका रूपमा मनाउँछौँ । विश्वमा पहिलो पल्ट यस प्रक्रियाको प्रयोग बेलायतमा पैट्रिक स्टेपो र रबर्ट एडवर्डसले गरेका थिए । उनीहरूको यस प्रक्रियाले जन्मेको बच्चाको नाम लुइस ब्राउन थियो, जसको जन्म २५ जुलाई, १९७८ मा मेनचेस्टरमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका