निर्मला हत्या प्रकरण : प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पूर्वमन्त्रीको धर्ना



हाम्रो इकोनोमि

 

 

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कांग्रेस नेता तथा पूर्वमन्त्री रमेश लेखक धर्ना बसेका छन् ।

 

पूर्वमन्त्री रमेश लेखक गृह जिल्ला कञ्चनपुर पुगेर निर्मला पन्तको न्यायका लागि जारी आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । उनी गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जारी निर्मला पन्तको न्यायका लागि जारी आन्दोलन अन्तर्गत धर्नामा बसेका हुन् ।

बलात्कारपछि गरिएको हत्या घटनाका बारेमा सरकारद्वारा गठित उच्चस्तरीय छानविन समितिको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग गर्दै महेन्द्रनगरमा जारी आन्दोलनमा पुगेर नेता लेखकले आइतबार बिहान ऐक्यवद्धता जनाएका हुन् ।

उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग राख्दै कञ्चनपुरमा नागरिक संघर्ष समितिले चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी निर्मला पन्तका हत्यारा अझैसम्म पक्राउ पर्न सकेका छैनन् । निर्मलालाई न्याय दिनुपर्ने माग गर्दै कञ्चनपुरसँगै काठमाडौं लगायतका जिल्लाहरुमा लामो समयदेखि आन्दोलन हुँदै आएको छ ।

केही दिनअघि निर्मला पन्तको हत्या घटनामा प्रहरीले लापरवाही गरेको भन्दै सत्तारुढ दल ने क पाका भ्रातृसंगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गर्दै गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस
सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...