‘छक्का पञ्जा ३’को रमाइलो र्याप गीत (भिडियो) घटस्थापनादेखि देशभर



हाम्रो इकोनोमि

 

घटस्थापनाको दिन प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा ३’को फरक शैलीको गीत सार्वजनिक भएको छ ।

चलचित्रको प्रचार प्रसारलाई तीव्र बनाउनको लागी निर्माण टिमले नयाँ गीत रिलिज गरेका हो ।

गीतमा चलचित्रका कलाकारहरू  दीपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपालले र्याप हानेका छन् ।

गीतमा र्यापको मार्फत चलचित्रको बारेमा जानकारी दिन खोजिएको छ । गीतमा डविड शंकरको स्वर रहेको छ ।

दीपाश्री निरौला निर्देशित चलचित्र छक्का पञ्जा ३ मा दीपकराज, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, संजोग कोइराला, लक्ष्मी गिरी लगायत कलाकारहरूको अभिनय छ ।

छक्का पञ्जा ३ असोज २४ गते घटस्थापनादेखि देशभर लाग्दैछ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...