आजबाट दशैँको नयाँ नोट साट्न मिल्ने, नोट साट्न यी ठाउँमा जानुस्



नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा आजबाट उपलब्ध गराउँदैछ । आज (भदौ २१) देखि २९ गतेसम्म  दशैका लागि नयाँ नोट सटहीको सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभाग, उपत्यका बाहिरको जनकपुर, बिरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज, धनगढी कार्यालयहरु, नोटकोष रहेका बाणिज्य बैंकहरु, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकका शाखाबाट नोट सटही गर्न सकिने राष्ट्र बैंकले भनेको छ ।

५, १०, २०, ५० दरका दुई— दुई पाकेट र १०० दरका एक पाकेट गरी एकजनाले अधिकतम २७ हजार रुपैयाँसम्म सटही गर्न सक्नेछ ।

नेपाल बैंकको शाखा कार्यालय न्युरोड, किर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन, औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपूरमा नयाँ नोट सटहीको सुविधा छ ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकका कार्यालयहरु  सिहंदरबारप्लाजा, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, बिशालबजार, नक्साल, कलंकी , बालाजुमा पनि नोट सटहीको सुविधा छ ।

यता, कृषि विकास बैंकको शाखा कार्यालयहरु  गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क। स्वयम्भु र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्