‘सुश्रीमा फिल्ममा असफल आशिका ‘खसिनी’ भिडियो एकाएक भाइरल



हाम्रो इकोनोमि

 

 

दशैं नजिकिदै गरेको बेला ‘खसिनी’ शब्द सामाजिक सञ्जालमा चर्चित बनेको छ । यो शब्दकी जन्मदाता हुन् आशिका तामाङ । जर्मनीमा बस्ने आशिकाले हालै ‘टिकटक’ मा एउटा भिडियो पोष्ट गरिन् । उक्त भिडियो उनी मासुका लागि जनावरको हत्या नगर्न आग्रह गर्दै क्वा क्वा रोएकी छन् ।

 

‘मासु खानुहोस, तर खसी-खसिनी नमार्नुहोला,’ भिडियोमा उनी आशु झार्दै भन्छिन्, ‘मारे पनि घरवारबिहिनलाई मात्र मार्नुहोला ।’
करिब ४ मिनेटको यो भिडियोमा उनी अस्वभाविकरुपमा भावुक बनेकी छन् ।

 

कतिपयले यसलाई भाइरल हुनका लागि गरेको नौटङ्कीसमेत ठानेका छन् भने धेरैले चाहि उनको ‘निर्दोषिता’ प्रति आश्चर्य व्यक्त गरेका छन् । साथै यति अञ्जान युवती को हुन् भन्ने खुल्दुली पनि धेरैलाई पैदा भएको छ ।

 

को हुन् आशिका ?
आशिकाको फेसबुक प्रोफाइल हेर्दा थाहा हुन्छ कि उनी स्टाफ नर्स हुन् । उनले आफू आशिका फिल्म्स प्रालीमा काम गर्ने पनि उल्लेख गरेकी छन् ।

 

खासमा उनले एउटा नेपाली चलचित्रमा नायिका बनेर अभिनय गरिसकेकी छन् । केही वर्ष अगाडि आएको फिल्म ‘सुश्री’ मा उनी आर्यन सिग्देलको अपोजिटमा थिइन् । यो चलचित्र राम्रै भए पनि व्यवसायिकरुपमा सफल भएन ।

 

यो चलचित्र ‘आशिका फिल्म्स प्राली’ कै ब्यानरमा बनेको थियो । पहिलो फिल्ममै लगानी डुबाएकी आशिकाले दोस्रो फिल्म खेलेकी छैनन् ।

 

व्यापारमा असफल भए पनि ‘सुश्री’ लाई यूट्यूवमा राम्रै रुचाइएको छ । अहिलेसम्म यो फिल्म ३८ लाख पटक हेरिएको छ । धेरै सकारात्मक कमेन्टहरु आशिकाले पाएकी छन् । शिवम अधिकारीले निर्देशन गरेको फिल्ममा उनले शहरीया युवतीको भूमिकामा स्वभाविक अभिनय गरेकी थिइन् ।

 

आशिका हाल जर्मनीको मुन्चिङ्गेनमा बस्छिन् । उनी विवाहित हुन् र एउटा छोरा पनि छन् । पशुवध नगर्न आग्रह गरे पनि उनी सम्भवतः भेजिटेरियन भने होइनन् । उनले ममका डल्ला मुखमा हालेको फोटो पनि फेसबुकमा आएका छन् ।

 

भाइरल भिडियोभन्दा अगाडि उनले फेसबुमा पनि यही आशयको स्टाटस लेखेकी थिइन् । उनले लेखेकी थिइन्, ‘दशैं आउन लाको छ ।

 

जसले जसले मासु खानु हुन्छ म उहाहरुलाई के भन्न चाहन्छु भने यदि हत्या नै गर्नु छ भने घरबारबिहिन जनावरको हत्या गर्नुहोला । कसैको आमा र छोराछोरीलाई बिचल्ली परोर हत्या नगर्नु होला प्लीज ।’

 

यस्तो छ उनको भिडियो

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...