‘सुश्रीमा फिल्ममा असफल आशिका ‘खसिनी’ भिडियो एकाएक भाइरल



हाम्रो इकोनोमि

 

 

दशैं नजिकिदै गरेको बेला ‘खसिनी’ शब्द सामाजिक सञ्जालमा चर्चित बनेको छ । यो शब्दकी जन्मदाता हुन् आशिका तामाङ । जर्मनीमा बस्ने आशिकाले हालै ‘टिकटक’ मा एउटा भिडियो पोष्ट गरिन् । उक्त भिडियो उनी मासुका लागि जनावरको हत्या नगर्न आग्रह गर्दै क्वा क्वा रोएकी छन् ।

 

‘मासु खानुहोस, तर खसी-खसिनी नमार्नुहोला,’ भिडियोमा उनी आशु झार्दै भन्छिन्, ‘मारे पनि घरवारबिहिनलाई मात्र मार्नुहोला ।’
करिब ४ मिनेटको यो भिडियोमा उनी अस्वभाविकरुपमा भावुक बनेकी छन् ।

 

कतिपयले यसलाई भाइरल हुनका लागि गरेको नौटङ्कीसमेत ठानेका छन् भने धेरैले चाहि उनको ‘निर्दोषिता’ प्रति आश्चर्य व्यक्त गरेका छन् । साथै यति अञ्जान युवती को हुन् भन्ने खुल्दुली पनि धेरैलाई पैदा भएको छ ।

 

को हुन् आशिका ?
आशिकाको फेसबुक प्रोफाइल हेर्दा थाहा हुन्छ कि उनी स्टाफ नर्स हुन् । उनले आफू आशिका फिल्म्स प्रालीमा काम गर्ने पनि उल्लेख गरेकी छन् ।

 

खासमा उनले एउटा नेपाली चलचित्रमा नायिका बनेर अभिनय गरिसकेकी छन् । केही वर्ष अगाडि आएको फिल्म ‘सुश्री’ मा उनी आर्यन सिग्देलको अपोजिटमा थिइन् । यो चलचित्र राम्रै भए पनि व्यवसायिकरुपमा सफल भएन ।

 

यो चलचित्र ‘आशिका फिल्म्स प्राली’ कै ब्यानरमा बनेको थियो । पहिलो फिल्ममै लगानी डुबाएकी आशिकाले दोस्रो फिल्म खेलेकी छैनन् ।

 

व्यापारमा असफल भए पनि ‘सुश्री’ लाई यूट्यूवमा राम्रै रुचाइएको छ । अहिलेसम्म यो फिल्म ३८ लाख पटक हेरिएको छ । धेरै सकारात्मक कमेन्टहरु आशिकाले पाएकी छन् । शिवम अधिकारीले निर्देशन गरेको फिल्ममा उनले शहरीया युवतीको भूमिकामा स्वभाविक अभिनय गरेकी थिइन् ।

 

आशिका हाल जर्मनीको मुन्चिङ्गेनमा बस्छिन् । उनी विवाहित हुन् र एउटा छोरा पनि छन् । पशुवध नगर्न आग्रह गरे पनि उनी सम्भवतः भेजिटेरियन भने होइनन् । उनले ममका डल्ला मुखमा हालेको फोटो पनि फेसबुकमा आएका छन् ।

 

भाइरल भिडियोभन्दा अगाडि उनले फेसबुमा पनि यही आशयको स्टाटस लेखेकी थिइन् । उनले लेखेकी थिइन्, ‘दशैं आउन लाको छ ।

 

जसले जसले मासु खानु हुन्छ म उहाहरुलाई के भन्न चाहन्छु भने यदि हत्या नै गर्नु छ भने घरबारबिहिन जनावरको हत्या गर्नुहोला । कसैको आमा र छोराछोरीलाई बिचल्ली परोर हत्या नगर्नु होला प्लीज ।’

 

यस्तो छ उनको भिडियो

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...