सेल्फी खिच्दा गरौ ख्याल, नत्र अकालमै जाला ज्यान !



हाम्रो इकोनोमि

 

 

फेसबुक, ट्विटरलगायत अन्य सामाजिक सञ्जालमा धेरै लाइक्स र कमेन्टस पाउने भोकमा खतरा ठाउँमा सेल्फी खिच्ने धाउन्नमा हुनुहुन्छ भने एक पटक फेरि सोच्नुस् है। किनकी तपाईंको सेल्फी पोस्ट हुन नपाउँदै तपाईंको ज्यान जान सक्छ।

 

 

२ सय ५० जना भन्दा बढीको जिन्दगी त्यही सेल्फीको चक्करले सकिएको छ।

 

 

पोहोर जेठमा नवलपरासीका दुई किशोर नारायणीमा डुबे। गैंडाकोटका उनीहरू नारायणी किनारमा सेल्फी खिच्दाखिच्दै नदीमा खसेका थिए।

 

 

२०७३ पुसमा मेची राजमार्गअन्तर्गत कोल्बुङ–२ मा सेल्फी खिच्दै गरेका फिदिम नगरपालिका–१ का विशाल सम्वाहाम्फेलाई बसले ठक्कर दियो। ठक्करबाट घाइते विशालको घटनास्थलमै ज्यान गयो।

 

 

राम्रो सेल्फी लिन खोज्दा विश्वभर पछिल्ला ६ वर्षमा २ सय २९ जनाले ज्यान गुमाएका छन्।

 

नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सले गरेको अध्ययनले सन् २०११ देखि २०१७ सम्ममा विश्वभर राम्रो सेल्फी लिने चक्करमा मानिसहरूको ज्यान गुमाएको देखाएको हो।

 

 

अग्ला हिमाल, ठूला भवन र तालमा सेल्फी खिच्न खोज्दा धेरैजसो दुर्घटना हुने गरेको छ। सेल्फी लिँदा पानीमा डुब्ने, माथिबाट खस्ने र सवारी दुर्घटनाका कारण धेरैको ज्यान गएको अध्ययनमा देखिएको छ। त्यस्तै जनावर, बिजुली, आगो र बन्दुकका कारणले पनि सेल्फी खिच्दाखिच्दै ज्यान सक्छ।

 

 

सेल्फी खिच्दा ज्यान गुमाउनेमध्ये ७२.५ प्रतिशत परूष छन्। भारत, पाकिस्तान, अमेरिका र रूसमा सेल्फी खिच्दा ज्यान गएका धेरै घटना भएका छन्। मृत्यु हुनेमा ८५ प्रतिशत १० देखि ३० वर्षका छन्।

 

 

उक्त अध्ययनले सेल्फी लिँदा ज्यान जानेको संख्या वर्षेनी बढिरहेको देखाएको छ। सन् २०११ मा सेल्फी लिँदा ३ जनाले ज्यान गुमाएका थिए भने २०१६ मा यो संख्या ९८ र २०१७मा ९३ पुगेको छ।

 

अनुसन्धानकर्ताले धेरै घटनामा सेल्फीलाई मृत्युको कारण नमानिने भएकाले वास्तवमा यो संख्या अझै बढी भएको दाबी गरेका छन्।

 

‘सेल्फीका कारण हुने धेरै मृत्यु बाहिर आउँदैन तर खास समस्यालाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ,’ अध्ययनमा भनिएको छ, ‘सेल्फी लिँदा हुने मृत्युको संख्यालाई कम ठानिएको छ। त्यसैले सेल्फीबाट हुने मृत्यु घटाउन उचित हस्तक्षेप गर्नका लागि त्यसबाट हुने वास्तविक क्षति र कारणको मूल्यांकन गर्नु आवश्यक छ।’

 

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...