निर्मलाका हत्यारा पत्ता लगाए आइजीपीलाई ५० किलोको माला



 

 

अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले नेपाल प्रहरीले कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाए प्रहरी संगठनका प्रमुख आइजीपी सर्वेन्द्र खनाललाई ५० किलोको माला लगाइदिने घोषणा गरेका छन् ।

 

सत्तारुढ दलको भातृ संगठनका अध्यक्ष समेत रहेका तामाङले आइजीपी खनालको बर्खास्तीबारे आएका चर्चाको प्रसंग कोट्याउदै अपराधीलाई प्रहरीले पक्राउ गर्न नसकेकोमा विद्यार्थी संगठनहरुमात्रै नभई धेरै नेपाली जनता रुष्ट भएको बताए ।

 

काठमाडौंमा शुक्रबार भएको साक्षात्कारमा अध्यक्ष तामाङले न्याय दिने विषय सबैको चासोको विषय भएको भन्दै जनताको न्याय प्रतिको आस्था र विश्वास मरे त्यसको जवाफदेही को हुन्छ ? भनेर प्रश्न गरे । ‘हामीले नैतिक जिम्मेवारीको प्रश्न उठाएका हौ, आइजीपीलाई नैतिक जिम्मेवारी लिुनुस् भन्न खोजेका हौ’ उनले भने ।

 

अध्यक्ष तामाङले आइजीपीको बर्खास्तीका सवालमा हामीसँग डुलेका र हिँडेका भरमा कसैलाई छुटाउन गएको भए आफुहरु सार्वजनिक जीवन त्याग्न तयार रहेको बताए ।

 

‘प्रहरीको मनोबल गिराउने हाम्रो उदेश्य होइन, निर्मलाका हत्यारा पत्ता लगाए हामी आइजीपीलाई ५० किलोको माला लगाउँछौ । पन्तको परिवारले न्याय पाओस्, हामी पुलिस अफिसरलाई रिङरोडमा रथयात्रा गराउँछौ । तर, न्यायको भीखलाई कमजोरी ठाने राम्रो हुँदैन’ उनको चेतावनी थियो ।

 

कार्यक्रममा अनेरास्ववियुका कार्यबहाक उपाध्यक्ष महेश बर्तोलाले  निर्मला हत्या प्रकरणमा प्रहरी अनुसन्धान चुकेको मात्रै नभइ उक्त काण्डको पेरिफेरिमा प्रहरीकै संलग्नता भएको दावी समेत गरे ।

 

उनले सरकार भयरहित समाज निमार्णमा अघि बढेको बेला प्रहरीको नेतृत्वले नै निर्मला हत्या प्रकरणमा असहयोग गरेको समेत आरोप लगाए । ‘आइजीपीकै उदासिनताका कारण अपराध बढेको बढ्यै छन् । त्यसकारण आइजीपी खनाललाई तत्काल बर्खास्त गर्नुपर्छ’ बर्तौलाले भने ।

 

उनले सुन तस्कर खुलमखुला हिँडिरहेको भन्दै तस्करीको सेटिङ चलिरहेको तर,आइजीपी भने उदासिन रहेको आरोप लगाए ।  कार्यक्रममा नेविसंघका अध्यक्ष नैनसिंह महरले अपराधी संरक्षण गर्न सरकारनै लागिपरेको भन्दै सरकारकै कारण पीडितले न्याय नपाएकमो बताए ।

 

उनले ४५ भन्दा बढी घटनामा सरकारनै संलग्न भएको फेहरिस्त आफुसँग रहेको दाबी गर्दै आइजीपीलाई बर्खास्त गर्ने नभई प्रधानमन्त्री ओली नेतृत्वको सरकारनै असफल भएकाले ओलीलाई हटाउनुपर्ने बताए ।

 

बिहिबार अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामासहितको विद्याथीहरुको टोलीले गृहमन्त्री रामबहादुर थापालाई भेटेर निर्मला  पन्तका हत्यारा पत्ता नलगाएको भन्दै आइजीपी खनालको बर्खास्ती गर्न माग गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिँदै

    नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न तथा स्मार्ट बनाउने

बीमा रकम हत्याउने योजनामा श्रीमानको हत्या

    दुई महिना अघि घरभित्रै मृत भेटिएका कञ्चनपुरको बेलौरी नगरपालिका–६ भूराकोटका ४९

नबिल बैंकद्धारा राउटे समुदायलाई निःशुल्क स्वास्थ्य परीक्षण

     नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय