सांसद रौनियार पदबाट स्वतः निलम्बित



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै सत्तारुढ संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार स्वतः निलम्बनमा परेका छन् ।

 

पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रौनियार, पप्पु कन्स्ट्रक्सनका अध्यक्ष तथा सांसद रौनियारका छोरा सुमित, सडक डिभिजिन प्रमुखसहित १२ जनाविरुद्ध अख्तियारले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन २०४८ अनुसार भ्रष्टाचारको मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका व्यक्तिको पद स्वतः निलम्बनमा पर्ने अधिवक्ता नवराज थपलियाले बताए ।

 

रौनियार प्रतिनिधिसभाको निर्वाचनअघिसम्म पप्पु कन्स्ट्रक्सनका अध्यक्ष थिए । सांसद निर्वाचित भएसँगै उनले अध्यक्ष पद छाडी छोरालाई जिम्मा लगाएका हुन् ।

पम्पुका मालिक बाबु–छोरासहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको खुलेपछि पप्पु कन्ट्रक्सनका अध्यक्षसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियार र प्रोपराइटर हरिनारायण प्रसाद साह रौनियारसहित १२ जना विरुद्ध शुक्रबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रोपराइटर रौनियार राष्ट्रिय जनता पार्टी (राजपा) सांसद हुन्।

कन्ट्रक्सले अर्बौको विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको थियो।

छानबिनका क्रममा भ्रष्टाचार गरेको पाइएपछि शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।

आन्दोलनले स्थानीय तह ठप्प

महोत्तरीका सबै स्थानीय तहका कार्यालय कर्मचारीले आज ठप्प पारेका छन् ।

भङ्गाहा नगरपालिकाका लेखा अधिकृत पवनकुमार अधिकारीलाई नगरप्रमुखले हातपात गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले आज जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाको कामकाज ठप्प पारेका छन् ।

 

यही असोज १० गते लेखा अधिकृत अधिकारीलाई नगरप्रमुख सञ्जीवकुमार साहले आफ्नै कार्यकक्षमा हातपात गरेपछि आपूmहरु आन्दोलनमा उत्रेको ट्रेड युनियनका अध्यक्ष राजीशरण यादवले बताउनुभयो ।

“जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपनि कुनै कारवाही नभएपछि आन्दोलनमा उत्रिएका हौँ,” उहाँले भन्नुभयो ।

 

कर्मचारीको आन्दोलनका कारण सर्वसाधारण मारमा परेका छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले कानून र प्रक्रियाअनुसार आफ्नो तहबाट कारवाही प्रक्रिया बढाएको जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस
३० अंकले घट्यो सेयर बजार

    मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार ३० अंक घटेको...

व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन : प्रधानमन्त्री

    प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको...

ओलीलाई पक्राउ गर्नु नै सरकारले १०० दिनको उपलब्धि ठान्यो : एमाले

    नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सुशासनका नाममा सरकारले गैरकानुनी...

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

    २५ जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो...