बलात्कारविरोधी अभियन्तालाई नोबल शान्ति पुरस्कार



हाम्रो इकोनोमि

 

यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोका डेनिस मुकवेगे र इराककी याजिदी समुदायकी नादिया मुरादले संयुक्त रूपमा पाउने घोषणा शुक्रवार भएको छ ।

मुकवेगेले आफ्नो पूरै जिन्दगी युद्धका बेलामा यौन हिंसामा परेका महिलाको प्रतिरक्षामा बिताएका छन् ।

त्यस्तै मुरादले आफूविरुद्ध तथा अन्यविरुद्ध भएका यौन दुर्व्यवहारका कथाहरू बताउने गरेकी छन् । याजिदी समुदायकी मुरादलाई उत्तरी इराकमा रहेको उनको गाउँमा आईएसका आतंकवादीहरूले अपहरण गरेर यौनदासी बनाएर राखेका थिए ।

मुरादले यसअघि युरोपेली संघको साखारोभ मानवअधिकार पुरस्कार सन् २०१६ मा पाएकी थिइन् । युरोपेली परिषद्को भाक्लाभ हाभेल मानवअधिकार पुरस्कार पनि उनले पाएकी थिइन् ।

नोबेल शान्ति पुरस्कार जित्ने दुवैजनाले आफ्नो व्यक्तिगत सुरक्षालाई जोखिममा राखेर युद्धअपराधविरुद्ध लडाईं गरिरहेको तथा पीडितलाई न्याय दिलाउन लागिपरेको नोबेल समितिले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...