बलात्कारविरोधी अभियन्तालाई नोबल शान्ति पुरस्कार



हाम्रो इकोनोमि

 

यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोका डेनिस मुकवेगे र इराककी याजिदी समुदायकी नादिया मुरादले संयुक्त रूपमा पाउने घोषणा शुक्रवार भएको छ ।

मुकवेगेले आफ्नो पूरै जिन्दगी युद्धका बेलामा यौन हिंसामा परेका महिलाको प्रतिरक्षामा बिताएका छन् ।

त्यस्तै मुरादले आफूविरुद्ध तथा अन्यविरुद्ध भएका यौन दुर्व्यवहारका कथाहरू बताउने गरेकी छन् । याजिदी समुदायकी मुरादलाई उत्तरी इराकमा रहेको उनको गाउँमा आईएसका आतंकवादीहरूले अपहरण गरेर यौनदासी बनाएर राखेका थिए ।

मुरादले यसअघि युरोपेली संघको साखारोभ मानवअधिकार पुरस्कार सन् २०१६ मा पाएकी थिइन् । युरोपेली परिषद्को भाक्लाभ हाभेल मानवअधिकार पुरस्कार पनि उनले पाएकी थिइन् ।

नोबेल शान्ति पुरस्कार जित्ने दुवैजनाले आफ्नो व्यक्तिगत सुरक्षालाई जोखिममा राखेर युद्धअपराधविरुद्ध लडाईं गरिरहेको तथा पीडितलाई न्याय दिलाउन लागिपरेको नोबेल समितिले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...