प्रचण्ड र ओलीको कुरा नमिलेपछि २१ गते सचिवालय बैठक



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी आइतबार (२१ असोज २०७५) बस्ने भएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको २ घन्टा छलफलपछि नेकपाले सचिवालय बैठक बोलाउने निर्णय गरेको हो ।

असोज २१ गते आइतबारलाई सचिवालय बैठक बोलाएको महासचिव विष्णु पौडेलले बताए । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

१२ दिने अमेरिका भ्रमणपछि बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री र पत्नी सीताको उपचार गरेर बुधबार सिंगापुरबाट फर्किएका अध्यक्षद्धयबीच पार्टीभित्र बढेको असन्तुष्टिको बिषयमा छलफल भएको थियो ।

पछिल्लो समयमा वरिष्ठ नेता सचिवालयको निर्णयप्रति असन्तुष्ट छन् । नेपाल अफ्रिका सम्मेलनमा सहभागी हुन घाना गएका बेला असोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष चयन गरेको थियो । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले विदेश भ्रमणमा गएका बेला कुनै निर्णय नगर्ने वचन दिएर तोडेको भन्दै नेपाल असन्तुष्ट भएका हुन् ।

यो सँगै नेकपा भित्र खासगरी पूर्व एमाले समुहभित्र तिव्र विवाद देखिएको छ । प्रधानमन्त्री ओली र नेता नेपालको पक्ष विपक्षमा सार्वजनिक रुपमा नै बिरोध र समर्थन जारी छ ।

जेठ ३ गते पार्टी एकता भएपछि असार २१ गते एकपटक मात्र नेकपाको स्थायी समिति बैठक बसेको छ । तर, त्यसयता स्थायी कमिटि बस्न सकेको छैन । गत १२ असोजमा दुबै अध्यक्ष देशबाहिर रहेको बेला स्थायी कमिटिको अनौपचारिक भेला बोलाएका थिए । चियापान नाम दिइएको भेलामा शिर्ष नेताहरु पनि उपस्थीत थिए ।

प्रतिक्रिया दिनुहोस
रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...