प्रचण्ड र ओलीको कुरा नमिलेपछि २१ गते सचिवालय बैठक



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी आइतबार (२१ असोज २०७५) बस्ने भएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको २ घन्टा छलफलपछि नेकपाले सचिवालय बैठक बोलाउने निर्णय गरेको हो ।

असोज २१ गते आइतबारलाई सचिवालय बैठक बोलाएको महासचिव विष्णु पौडेलले बताए । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

१२ दिने अमेरिका भ्रमणपछि बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री र पत्नी सीताको उपचार गरेर बुधबार सिंगापुरबाट फर्किएका अध्यक्षद्धयबीच पार्टीभित्र बढेको असन्तुष्टिको बिषयमा छलफल भएको थियो ।

पछिल्लो समयमा वरिष्ठ नेता सचिवालयको निर्णयप्रति असन्तुष्ट छन् । नेपाल अफ्रिका सम्मेलनमा सहभागी हुन घाना गएका बेला असोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष चयन गरेको थियो । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले विदेश भ्रमणमा गएका बेला कुनै निर्णय नगर्ने वचन दिएर तोडेको भन्दै नेपाल असन्तुष्ट भएका हुन् ।

यो सँगै नेकपा भित्र खासगरी पूर्व एमाले समुहभित्र तिव्र विवाद देखिएको छ । प्रधानमन्त्री ओली र नेता नेपालको पक्ष विपक्षमा सार्वजनिक रुपमा नै बिरोध र समर्थन जारी छ ।

जेठ ३ गते पार्टी एकता भएपछि असार २१ गते एकपटक मात्र नेकपाको स्थायी समिति बैठक बसेको छ । तर, त्यसयता स्थायी कमिटि बस्न सकेको छैन । गत १२ असोजमा दुबै अध्यक्ष देशबाहिर रहेको बेला स्थायी कमिटिको अनौपचारिक भेला बोलाएका थिए । चियापान नाम दिइएको भेलामा शिर्ष नेताहरु पनि उपस्थीत थिए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...