निर्मला हत्याप्रकरणमा अब नेपाली सेना पनि जोडिने, अनुसन्धान गर्न यस्तोे माग



हाम्रो इकोनोमि

 

 

नेपाल मानव अधिकारी संगठनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रहरी अधिकारी र बम दिदीबहिनीसँगै निर्मलाका मामा र नेपाली सेनालाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ ।

 

घटनाको स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्दै संगठनले पन्त हत्याबारे प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, रोशनी बम र दिदी बबितासँगै निर्मलाका मामा तीर्थराज र नजिकै रहेको सेनाको ब्यारेकलाई घटनाबारे जानकारी रहेको दाबी गरेको हो ।

 

गठनले भनेको छ, उनीहरु उपर ठोस र प्रभावकारी अनुसन्धान भएन । मानव अधिकार संगठनले घटनाको प्रमाणहरु नष्ट गरिएको निर्दोषलाई यातना दिइएको र घटनाको अनुसन्धान दबाउन प्रहरी प्रशासन नै लागिपरेको निष्कर्ष समेत सुनाएको छ ।

 

उसले सबै स्रोत साधन प्रयोग गरी हत्यारालाई पत्ता लगाउन र निर्दोषलाई यातना दिने तथा अत्यधिक बल प्रयोग गर्ने प्रहरी प्रशासनका अधिकारीमाथि पनि कारबाही गर्न माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...