भ्रष्टाचार आरोपमा पूर्व राष्ट्रपतिलाई १५ वर्ष जेल सजाय



हाम्रो इकोनोमि

 

 

दक्षिण कोरियाका पूर्व राष्ट्रपति लि म्युङवाकलाई भ्रष्टाचारको अभियोगमा १५वर्ष जेल सजाय सुनाइएको छ।

 

शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा लि लाइ सिओल अदालतले आज १ करोड १५ लाख डलर जरिमाना तिर्ने सजाय पनि सुनाएको छ।

 

लि ले भने अफू विरुद्धका आरोप राजनीति प्रेरित भएको टिप्पणी गरेका छन्। कोरियामा जेल सजाय पाउने उच्च पदस्थ पूर्व अधिकारीमा उनी चौथो रहेका छन्।

 

 सिओल स्थित जिल्ला अदालतका न्ययधिशले दोषीलाई कडा कारवाही अपरिहार्य रहेको टिप्पणी गरेका छन्।

लि माथि सामसुङ कम्पनीका अध्यक्ष लि कुन हीलाई अर्बौ रकम लिएर माफी दिएको अभियोमा कारवाही प्रकृया अघि बढाइएको थियो। तर सामसुङले भने यो अभियोगलाई अस्वीकार गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...