को हुन् कमल ज्ञवाली जसले किष्ट बैंकबाट करोडौं ठगी गरे ?



हाम्रो इकोनोमि

 

किष्ट बैंकका तत्कालीन प्रमुख कमल ज्ञवाली पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा फरार रहेका उनी महेन्द्रनगर क्षेत्रबाट बिहीबार साँझ पक्राउ परेका हुन् ।

 

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनी पक्राउ परेको पुष्टि गरे । ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो ।

 

उनका अनुसार अदालतले ज्ञवालीलाई चार वर्ष कैद र साढे चार करोड जरिवाना सुनाएको थियो । त्यस लगतै ज्ञवाली फरार रहेका थिए ।

 

को हुन् ज्ञवाली ?

ज्ञवाली गुल्मीको थोर्गामा मध्यमवर्गीय परिवारमा जन्मिएका हुन् । ०५२ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका ज्ञवाली पढाइसँगै काम गर्न थाले । सुरुमा पढाउँथे । पछि वित्तीय क्षेत्रमा हात हाले ।

 

ज्ञवालीकै अवधारणा र नेतृत्वमा ०५९ सालमा ‘पावर टु सक्सिड’ नारा राखेर किष्ट मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स स्थापना भयो । त्यसलाई स्तरोन्नति गरी ०६६ मा किष्ट बैंक बनाइएको थियो ।

 

के थियो उनीमाथिको मुद्दा ?

०५२ सालमा काठमाडौं आएका ज्ञवालीले करिब ३ अर्व रुपैयाँको हाराहारीमा सम्पत्ति कमाइसकेका थिए । त्यो सबै कमाइको स्रोत सेयर र घरजग्गा थियो ।

 

काठमाडौंको अनामनगरस्थित जम्को प्रकाशन प्रा.लि.की सञ्चालिका रहेकी देवकी वस्ताकोटीलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) ले २०७४ भदौ ८ गते पक्राउ गर्यो । तत्कालीन किष्ट बैंकको सवा ४ करोड रुपैयाँ ठगी गरेर फरार भएकी ४२ वर्षीया बस्ताकोटीलाई सीआइबीले बिराटनगरको टंकी सुनवरीबाट पक्राउ गरेको हो ।

 

वस्ताकोटीले व्यवसायिक कारोबार बिस्तार गर्ने प्रयोजनको लागि भन्दै बैंकका तत्कालिन प्रमुख कमल ज्ञवालीको सहयोगमा किष्ट बैैंकबाट कर्जा लिएकी थिइन् । सोही काण्डमा ज्ञवाली पनि मुछिएका थिए ।

 

ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै पुनरावेदन अदालत पाटनले ०७३ असोज ५ गते कमललाई ४ वर्ष जेल र ६ करोड ६५ लाख रुपैयाँ जरिवाना र गौरीलाई ३ वर्ष जेल र ६ करोड २५ लाख रुपैयाँ जरिवानाको फैसला गरिसकेको छ ।

 

जम्को प्रकाशन प्रालिलाई कमसल धितो मूल्यांकन गरी कर्जा लगानी नीति विपरीत ऋण स्वीकृत गरेको प्रकरणमा अदालतले ज्ञवालीलाई दोषी ठहर गरेको थियो ।

 

प्रहरीको खोजीमा रहेका उनी अन्ततः बिहीबार पक्राउ परेका छन् । प्रहरीले उनलाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...