को हुन् कमल ज्ञवाली जसले किष्ट बैंकबाट करोडौं ठगी गरे ?



हाम्रो इकोनोमि

 

किष्ट बैंकका तत्कालीन प्रमुख कमल ज्ञवाली पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा फरार रहेका उनी महेन्द्रनगर क्षेत्रबाट बिहीबार साँझ पक्राउ परेका हुन् ।

 

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनी पक्राउ परेको पुष्टि गरे । ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो ।

 

उनका अनुसार अदालतले ज्ञवालीलाई चार वर्ष कैद र साढे चार करोड जरिवाना सुनाएको थियो । त्यस लगतै ज्ञवाली फरार रहेका थिए ।

 

को हुन् ज्ञवाली ?

ज्ञवाली गुल्मीको थोर्गामा मध्यमवर्गीय परिवारमा जन्मिएका हुन् । ०५२ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका ज्ञवाली पढाइसँगै काम गर्न थाले । सुरुमा पढाउँथे । पछि वित्तीय क्षेत्रमा हात हाले ।

 

ज्ञवालीकै अवधारणा र नेतृत्वमा ०५९ सालमा ‘पावर टु सक्सिड’ नारा राखेर किष्ट मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स स्थापना भयो । त्यसलाई स्तरोन्नति गरी ०६६ मा किष्ट बैंक बनाइएको थियो ।

 

के थियो उनीमाथिको मुद्दा ?

०५२ सालमा काठमाडौं आएका ज्ञवालीले करिब ३ अर्व रुपैयाँको हाराहारीमा सम्पत्ति कमाइसकेका थिए । त्यो सबै कमाइको स्रोत सेयर र घरजग्गा थियो ।

 

काठमाडौंको अनामनगरस्थित जम्को प्रकाशन प्रा.लि.की सञ्चालिका रहेकी देवकी वस्ताकोटीलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) ले २०७४ भदौ ८ गते पक्राउ गर्यो । तत्कालीन किष्ट बैंकको सवा ४ करोड रुपैयाँ ठगी गरेर फरार भएकी ४२ वर्षीया बस्ताकोटीलाई सीआइबीले बिराटनगरको टंकी सुनवरीबाट पक्राउ गरेको हो ।

 

वस्ताकोटीले व्यवसायिक कारोबार बिस्तार गर्ने प्रयोजनको लागि भन्दै बैंकका तत्कालिन प्रमुख कमल ज्ञवालीको सहयोगमा किष्ट बैैंकबाट कर्जा लिएकी थिइन् । सोही काण्डमा ज्ञवाली पनि मुछिएका थिए ।

 

ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै पुनरावेदन अदालत पाटनले ०७३ असोज ५ गते कमललाई ४ वर्ष जेल र ६ करोड ६५ लाख रुपैयाँ जरिवाना र गौरीलाई ३ वर्ष जेल र ६ करोड २५ लाख रुपैयाँ जरिवानाको फैसला गरिसकेको छ ।

 

जम्को प्रकाशन प्रालिलाई कमसल धितो मूल्यांकन गरी कर्जा लगानी नीति विपरीत ऋण स्वीकृत गरेको प्रकरणमा अदालतले ज्ञवालीलाई दोषी ठहर गरेको थियो ।

 

प्रहरीको खोजीमा रहेका उनी अन्ततः बिहीबार पक्राउ परेका छन् । प्रहरीले उनलाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...