दुई-चार दिनभित्रै नेकपाका जनसंगठनसहित सवै तहको एकता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जनसंगठनसहित सवै तहको साँगठानिक एकता टुंगो लाग्ने भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली फर्कनु भएलगत्तै नेकपाले साँगठानिक एकताको टुंंगो लगाउने गृहकार्य अघि बढाएको हो ।
अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, प्रचण्डले एकताकोखाका बनाउनेजिम्मेवारी महासचिव बिष्णु पौडेललाई दिइसक्नु भएको छ । सोहीअनुसार महासचिव पौडेलले आज-भोलि नै दुवै अध्यक्षलाई खाका बुझाउने बताइएको छ ।
स्वदेश फर्कने क्रममा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुई चार दिनभित्रै एकताको टुंगो लगाउने बताउनु भयो । तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचचुनावी तालमेल गर्ने बेलादेखि नै हुन्न हुँदैन,मिल्दैन भन्ने भनाई आइरहेको भन्दै ओलीले अवका दुई चारदिनभित्रै बाँकी रहेका एकता टुंगो लगाएर ब्यवहारबाटै जवाफ दिइने बताउनु भयो ।
‘चुनाव अगाडि तालमेलको करागर्दा तालमेन नै हुँदैन, तालमेल नै हुन्न, टिक्दैन तलतल मान्दैनन भन्ने कुरा आयो, तालमेल भयो, चुनावमा मिलेरगइयो, पार्टीकता हुन्छ भनियो, कसरी हुन्छ, हुँदैन भने, हामीले एकता गर्यौं अव साँगठानिक एकता हुँदैन भनिरहेका छन, त्यो पनि दुई-चारदिन पर्खनोस, त्योपनि टुंगिन्छ, त्यस्को पनि जवाफ ब्यवहारबाटै सिद्धिहाल्छ,’ ओलीले भन्नुभयो ।
नेकपाले गत असोज ५ गते सात ओटै प्रदेशमा इञ्चार्ज, अध्यक्ष, सहइञ्चार्ज र सचिव टुंगो लगाएको थियो । प्रदेश पदाधिकारीले स्थानीय तहसम्मका एकताप्रक्रियालाई अघि बढाइरहेको छ ।
असोज ५ गतेकै सचिवालय बैठकले जिल्ला र स्थानीय कमिटीको एकीकरणको जिम्मा प्रदेश कमिटीलाई दिनुका साथै एकताका लागि गठित कार्यदल बिघटन गरेको थियो ।
नेकपाका बिद्यार्थी, युवा, महिलासहित थुप्रै कार्यदलले बिवादका कारण आफ्नो प्रतिवेदन बझाउन सकेका थिएनन ।
नेकपाको सचिवालय बैठकले पतिवेदन बुझाउने कार्यदललाई धन्यवाद र नबुझाउनेको आलोचनासहित बिघटन गरेको हो । प्रधानमन्त्री ओलीले स्वदेश फर्कने क्रममा सरकारले अहिलेसम्म एउटा पनि नराम्रो काम नगरेको समेतप्रष्ट पार्नुभयो ।
‘यसबीचमा सरकारले देशभित्र र देश बाहिर नराम्रो काम एउटा पनि गरेको छैन, राम्रो गर्ने कोशिष गरेको छ,राम्रो गर्ने कोशिष गरेको छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।
राजमार्गदेखि भित्री सडकसम्म सुरक्षा
जिल्ला प्रहरी कार्यालय चितवनले दशैँ, तिहार र छठलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वको समयमा हुनसक्ने आपराधिक क्रियायाकलाप बढ्न सक्ने भन्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो । यो योजना बिहीबारबाट लागू भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।
योजनाका लागि कूल ४५६ प्रहरी परिचालन गरिएको छ । जिल्लामा राजमार्ग क्षेत्रमा पर्ने मौवाखोलादेखि लोथरसम्म र भित्री सडकमा समेत गरी १४ प्रहरी कार्यालयबाट ५६ जना परिचालन हुनेछन् ।
बैंक तथा वित्तीय संस्था र सुन चाँदी पसलमा लुटपाट हुन नदिन ५५ जना, अवैध मदिरा उत्पादन बिक्री वितरण नियन्त्रणका लागि २३ जना, आगलागी तथा विपदका घटना नियन्त्रणका लागि ५५ जना, विभिन्न स्थानमा चेकजाँचका लागि ६१ जना तथा पैदल गस्ती, चोरी, झैझगडा र समाजमा हुने विकृति नियन्त्रणका लागि २५ जना प्रहरी परिचालन गरिने प्रवक्ता ढकालले जानकारी दिनुभयो ।