किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली भारतबाट पक्राउ



हाम्रो इकोनोमि

 

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्रेको हो

प्रहरी स्रोतले उनी भारतबाट पक्राउ गरेको पुष्टि गरे पनि विस्तृत जानकारी भने दिएको छैन ।

 

६ करोड सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा उनको समूहमाथि प्रहरीले अनुसन्धान थालेलगत्तै देखि ज्ञवाली फरार थिए ।

 

०७३ असाेज ४ गते पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) ले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई  बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएकाे थियाे ।

 

अदालतले फैसला सुनाए पनि फरार रहँदै आएका ज्ञवाली २ वर्षपछि भने प्रहरीको फन्दामा परेका छन् ।

 

बसमा पत्रकारलाई पनि आरक्षित सिट

नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ ।

 

साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा राखेको हो ।उपत्यकाभित्र लामो दूरीको सञ्चालन अनुमति पाएको उक्त कम्पनीका ४० सिट क्षमताका सबै बसमा सिट नं. १ र २ पत्रकार लागि छुट्याइएको छ ।

 

उक्त कम्पनीले अन्य बसहरूमा जस्तै महिला, ज्येष्ठ नागरिक, असक्त, बच्चा–आमा र अपाङ्गता भएका व्यक्तिका लागि पनि प्राथमिकताका साथ दुई–दुई सिट छुट्याएको बा५ख ६३९३ का चालक लीलाबहादुर कार्कीले जानकारी दिनुभयो ।

दक्षिणकाली र साँखुबाट एकैसाथ बिहान ४ः३० देखि साँझ ५ः३० सम्म प्रत्येक १५ मिनेटमा छुट्ने उक्त कम्पनीले तीनवटा रुटमा बस सञ्चालनको अनमुति पाएको छ । पहिलो रुटमा साँखु, जोरपाटी, चावहिल, कोटेश्वर बल्खु हुँदै दक्षिणकाली, दोस्रो रुट साँखु, जोरपाटी, चक्रपथ, कलङ्की, बल्खु हुँदै दक्षिणकाली र तेस्रो रुट साँखु, जोरपाटी, चावहिल, रातोपुल, ज्ञानेश्वर डिल्लीबजार, रत्नपार्क, त्रिपुरेश्वर, बल्खु हुँदै दक्षिणकालीसम्म कायम गरिएको छ । साँखुदेखि दक्षिणकालीसम्मको भाडा रु ९८ तोकिएकोे छ ।

पत्रकारलाई किन प्राथमिकता दिएर सिट आरक्षणको व्यवस्था गर्नुभयो भन्ने ज्ञिजासामा लगानीकर्तासमेत रहनुभएका चालक कार्की भन्नुहुन्छ, “क्यामेरा, डायरी, झोला बोकेर सधैँ हतार–हतारमा हिँडेर काम गर्नुपर्ने भएकाले बोकेका सामग्रीको सुरक्षा र राष्ट्रको चौँथो अङ्गका रुपमा रहेका पत्रकारलाई यात्रामा सुविधा होस् भनेर आरक्षणको व्यवस्था गरेका हौँ ।”

 

डिजिटल बोर्डबाट पढाइ

आठबीसकोट नगरपालिकाको तीन विद्यालयमा हाल डिजिटल बोर्डबाट विद्यार्थीलाई पढाउन थालिएको छ । उक्त नगरपालिकाको सहयोगमा वडा नं ३ स्यालाखदीको हिमालय मावि, वडा नं ५ गोतामकोटको सरस्वती मावि र वडा नं ९ राडीको शहीद स्मृति नमूना माविमा हाल डिजिटल बोर्डबाट पढाइ थालिएको हो ।

सञ्चार र आधुनिक प्रविधिको प्रयोग गरी शिक्षाको गुणस्तरमा गुणात्मक वृद्धि गर्ने उद्देश्यले हाललाई परीक्षणका रूपमा तीन विद्यालयमा अध्यापन गराउनुका साथै डिजिटल हाजिरीको पनि व्यवस्था गरिएको नगरपालिकाको शिक्षा एकाइ संयोजक थलबीर ओलीले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार तीन विद्यालयमा इन्टरनेटको व्यवस्थासहित पाठ्यपुस्तकअनुसार नै डिजिटल बोर्डबाट पढाइ भइरहेको छ । विद्यार्थीलाई आवश्यक पर्ने सामग्री इन्टरनेटबाट खोजेर डिजिटल बोर्डमार्फत जानकारी गराइन्छ

 

हाल प्रत्येक कक्षामा पालोपालो डिजिटल बोर्डमार्फत पठनपाठन भइरहेको यो प्रक्रिया प्रभावकारी भए सबै कक्षा तथा अन्य विद्यालयमा पनि यसलाई विस्तार गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रतिडिजिटल बोर्ड रु तीन लाख ६० हजारका दरले खरिद गरेको हो ।

 

डिजिटल बोर्ड जडान गरिएपछि पढाइमा विद्यार्थीको आकर्षण बढ्दै गएको पाइएको छ । रमाइरमाई पढ्न पाइने भएपछि डिजिटल बोर्ड प्रभावकारी हँुदै गएको सरस्वती मावि शिक्षक दलबहादुर बुढाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस असन्तुष्ट समूहले देउवासहितको राष्ट्रिय भेला गर्ने

    सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएसँगै पूर्वसभापति शेरबहादुर...

ओलीसहित वर्तमान कार्यसमितिको वैधानिकता सकिएको कार्यदलको निष्कर्ष

      नेकपा एमालेमा पार्टी संगठन सुदृढीकरण तथा निर्वाचन परिणामको समीक्षा गर्न...

नबिल बैंकको नाफा ३४ प्रतिशतले बृद्धि

     नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको दबाब बढिरहेका बेला...

खराब कर्जाले बैंकिङ क्षेत्रमा बढ्दो दबाब

    नेपालको बैंकिङ क्षेत्र यतिबेला बढ्दो खराब कर्जाको चपेटामा परेको छ ।...