दिगम्बर झाको नियुक्तिबारे १५ दिनभित्र जवाफ दिन विकास समितिको निर्देशन



हाम्रो इकोनोमि

 

 

नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त दिगम्बर झाको नियुक्तिबारे जानकारी गराउन संसद्‌को विकास समितिले निर्देशन दिएको छ।

 

उक्त नियुक्तिबारे १५ दिनभित्र जानकारी गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समितिले निर्देशन दिएको हो।

 

बैठकमा नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामा र नेकपाका सांसद यज्ञराज सुनुवारले झाको नियुक्तिबारे प्रश्न उठाएका थिए।

 

सरकारले यसअघिको आफ्नै निर्णय उल्ट्याउँदै झालाई भदौ २१ गते पुन: प्राधिकरणको नेतृत्व दिएको थियो।

 

सरकारले गत २० असारमा अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्तिहरु एकमुष्ट खारेज गर्ने निर्णय अनुरुप झा पनि पदमुक्त भएका थिए। सरकारको निर्णयविरुद्ध झाले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट समेत हालेका थिए।

 

उक्त रिटमाथि सर्वोच्च अदालतले झाकै पक्षमा अन्तरिम आदेश नै जारी गरेको थियो। तर, पछि झा आफैंले सर्वोच्चमा दिएको निवेदन फिर्ता लिएका थिए।

 

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...