दशैं-तिहारमा यी दिन बैंक बन्द



हाम्रो इकोनोमि

 

 

बैंकमा जम्मा गरेको रकम दशैंका लागि झिक्न कहिले जाँदै हुनुहुन्छ ? अवश्य पनि समयमै जानु होला ।

 

तर, दशैं–तिहारमा कुन दिनदेखि कुन दिनसम्म बैंकहरु खुल्ला हुन्छन् तपाईले जानकारी पाउनु भएको छ ? यदि छैन भने तपाईलाई हामी यो जानकारी दिंदैछौ ।

 

यस पटक दशैंमा बैंकहरु पाँच दिन बन्द रहने जनाइएको छ । राष्ट्र बैंकका अनुसार असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म अर्थात फूलपातिदेखि एकादशीका दिनसम्म बैंकहरु बन्द रहने भएका छन् ।

 

अघिल्लो वर्षभन्दा यस पटक तीन दिनको विदा घटेको हो । अघिल्लो दशैंमा घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाका दिन समेत बैंकहरु बन्द रहने गरेका थिए ।

 

त्यस्तै तिहारमा कात्तिक २१ गते (लक्ष्मीपूजा) २२ गते (गोवद्र्धन पूजा) र २३ गते (भाइटीका) का दिन बन्द हुने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...