पाँच अर्ब डलरको हतियार खरिद सम्झौता गर्दै भारत र रुस



हाम्रो इकोनोमि

 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि आज (बिहीबार) साँझ नयाँदिल्ली आउँदै छन् । रुससँग अर्बौं डलरको लडाकु विमान खरिद सम्झौता हुने क्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट नियालिरहेका छन् ।

 

दुईदिने भारत भ्रमणमा आउनुअघि रुसले जारी गरेको विज्ञप्तिमा रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा करिब ५ अर्ब डलरको अत्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद सम्झौतामा हस्ताक्षर हुनेछ ।

 

रुसी प्रतिरक्षा प्रणाली खरिद गर्ने मुलुकविरुद्ध अमेरिकाले प्रतिबन्ध लगाउने घोषणा गरे पनि यो हस्ताक्षर हुन लागेको हो ।

 

राष्ट्रपति पुटिन १९औँ भारत–रुस द्विपक्षीय वार्षिक सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि रहेको छ । उनले भारतमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गर्नेछन् ।

 

वासिङ्टन र नयाँदिल्लीले सन् २०१९ मा संयुक्त सैन्य अभ्यास गर्ने गत महिना मात्र घोषणा गरेका थिए । दुवै देशबीच संवेदनशील सैन्य सूचना आदानप्रदान गर्ने पनि सहमति भएको थियो ।

 

तर, रुस नै भारतको मुख्य सैनिक साझेदार रहिआएको छ, र पछिल्लो सम्झौता मस्कोका लागि निकै महत्वपूर्ण मानिएको छ ।

 

पुटिन र मोदीबीच अरू पनि सैन्य सामग्रीको आपूर्तिबारे छलफल हुने बताइएको छ । भारत र रुसबीच सैनिक हेलिकोप्टर उत्पादनबारे यसअघि नै सम्झौता भइसकेको छ, जसअन्तर्गत ६० वटा रुसमा निर्माण गरिने र बाँकी भारतमा उत्पादन गरिनेछ ।

 

विज्ञहरूले भारतलाई अत्याधुनिक एस–४०० प्रणालीजस्ता उपकरण सख्त जरुरत भइसकेको बताएका छन् । चीनले लगातार सैनिक क्षमता सुदृढ गरिरहेको र पाकिस्तानबाट नयाँनयाँ चुनौती आइरहेकाले पनि भारतले आफ्नो प्रतिरक्षा क्षमता बढाउन आवश्यक रहेको उनीहरूको भनाइ छ ।

 

भारतीय वायुसेना प्रमुख वीरेन्दर सिंह धनोआले एस–४०० र ३६ वटा फ्रान्सेली लडाकु विमान राफेलको खरिदबाट भारतको तत्कालीन आवश्यकता पूरा हुने बताए ।

 

भारत विश्वमै सबैभन्दा ठूलो सैनिक सामग्री आयातकर्ता मुलुक हो र भारतले १०० अर्ब डलरका आधुनिक हातहतियार खरिद गर्ने योजना सार्वजनिक गरिसकेको छ ।

 

रुस अझै पनि भारतको सबैभन्दा ठूलो सैन्य सामग्री आपूर्तिकर्ता मुलुक हो । सन् १९५३ यतादेखि दुवै मुलुकबीच प्रगाढ सम्बन्ध रहिआएको छ । दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाले भारतीय सेनाका लागि अत्याधुनिक अपाचे हेलिकप्टर र ड्रोनहरू बिक्री गर्दै छ ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकासँगको सम्बन्धमा जोड दिएसँगै भारतको रुससँगको व्यापारमा कमी आएको छ । सन् २०१४ यता दुवै मुलुकबीचको व्यापार १० अर्ब डलरभन्दा कम हुन थालेको छ । तर, पछिल्लो समय मोदी र पुटिनबीचको भेटमा तीव्रता आएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री मोदी र रवि लामिछानेबीच भेटवार्ता

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र...

कुनै हालतमा अध्यक्ष नछाड्ने ओलीको घोषणा

    एमाले अध्यक्ष केपी ओलीले पार्टी अफ्ठ्यारो अवस्थामा रहेको भन्दै नेतृत्व तत्काल...

प्रधानमन्त्रीले देशद्रोही कुरा गरे, खरानी उठाएर लैजा सरकार : ओली

        एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बालेन शाहले सदनको रोष्ट्रमबाट...

यसरी पार्टी चल्दैन, पुनर्गठन गर्नैपर्छ : विष्णु पौडेल

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै ढङ्गले पार्टी चल्न नसक्ने निष्कर्ष...