गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबार अगाडि प्रदर्शन



हाम्रो इकोनोमि

 

निर्मला पन्तको बलात्कार पछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन भएको छ । निषेधाज्ञा तोड्दै युवा युवतीहरुले प्रदर्शन गर्न थालेपछि सिंहदरबार दक्षिण गेट नै केहीबेर बन्द गरिएको थियो ।

ब्यानर र पप्लेटसहित उनीहरुले केहीबेर गेट अगाडि नै बसेर धर्नासमेत दिए । उनीहरुले नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा समेत मागेका छन्

 

प्रदर्शनकारीको समूह निषेधित क्षेत्रभित्र आएर धर्ना बसेर नाराबाजी गरेका छन ।

उनीहरूले १० मिनेट प्रदर्शन तथा नाराबाजी गरेका छन्। उनीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेन।

 

दुई लाखमा मिलाइयो बलात्कारको घटना

दुई महिनाअघि कालिकोटमा भएको बलात्कारको घटना दुई लाख रुपैयाँमा मिलाइएको छ । पीडित किशोरीले बयान फेरेपछि बलात्कारका आरोपी जिल्ला अदालतको आदेशमा छुटेका छन् ।

 

सान्नी त्रिवेणी गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २५ साउनमा सोही गाउँपालिका–५ रिस्कोटका २८ वर्षीय जनकबहादुर बम पक्राउ परेका थिए । पीडित किशोरीले आफूलाई सान्नी त्रिवेणी गाउँपालिका–३ स्थित एक घरमा बन्धक बनाएर बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

 

उनले २५ साउनमा जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले जनकलाई पक्राउ गरेको थियो । जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनी पुर्पक्षका लागि थुनामा रहेका थिए ।

 

पैसाको लोभमा पीडितले बयान फेरेपछि आरोपी छुटेको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले बताए । ‘सबै प्रमाण जुटाएर मुद्दा दर्ता गरियो । तर, पीडितले बयान फेरिपछि बलात्कार दोषीले उन्मुक्ति पाए,’ डिएसपी शर्माले भने ।

 

डिएसपी शर्माका अनुसार बलात्कारका आरोपी जनकको परिवारले पीडित परिवारलाई पैसा दिएपछि बयान फेरिएको हो ।

 

‘जनकको परिवारले पीडित किशोरीको परिवारलाई दुई लाख रुपैयाँ दिएको रहेछ । त्यसकै आधारमा अदालतमा बयान फेरिएको जानकारी पाएका छौँ,’ डिएसपी शर्माले भने । १२ असोजमा अदालतले रिहा गर्न आदेश दिएपछि जनक छुटेका छन् ।

 

अधिकारकर्मीले दबाब दिएर मिल्न लगाएको आरोप लगाएका छन् । पीडित दलित परिवारलाई गाउँमा अप्ठ्यारो हुने अवस्था सिर्जना गरेपछि मिल्न बाध्य भएको अधिकारकर्मीको भनाइ छ ।

 

डिएनए रिपोर्ट नआउँदै रिहा
कालिकोट प्रहरीले पीडित किशोरीको भेजिन स्वाब र जनकको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा नमुना पठाएको छ । त्यसको रिपोर्ट आउन बाँकी रहेको डिएसपी शर्माले बताए । त्यो रिपोर्ट नआउँदासम्म दोषीलाई रिहा गर्न नहुने सरकारी वकिलको जिकिर थियो । तर, पीडितको बयानका आधारमा अदालतले रिहा गर्न आदेश दिएको हो ।

 

उच्च अदालत जान सकिने
जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गुहार्न सकिने जिल्ला बार एसोसिएनका अध्यक्ष हिक्मतबहादुर विष्टले बताए । ‘उच्च अदालत जान सक्ने आधार छन्,’ विष्टले भने । पीडितले नै बयान फेरेका कारण जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत जाने–नजाने यकिन गर्न सकेको छैन ।

 

पैसा लिएको छैन : पीडितका बुबा

पीडित किशोरीका बुबाले जनक परिवारबाट पैसा नलिएको बताए । नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, ‘एकै गाउँमा बस्नु छ, मुद्दामामिला गरेर कसरी बस्नु ?’ पुरानो रिसका आधारमा बलात्कार आरोप लगाएको उनको भनाइ छ ।

 

‘पुरानो रिस थियो, त्यसैले बलात्कार गरेको भनेर उजुरी दिएको थिएँ । त्यस्तो केही भएको थिएन,’ उनले भने । किशोरीका बुबाले नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

 

क्यान्सर पीडित बालकलाई सहयोग

सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका–९ स्थायी ठेगाना भएका ब्लड क्यान्सर पीडित बालक साइरस श्रेष्ठलाई देश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

 

चौतारा साँगा चोकगढी–९ सुटुके निकासी नारायण श्रेष्ठ तथा सुशीला श्रेष्ठको पाँच वर्षीय छोरा साइरसलाई रु ८५ हजार ५०१ सहयोग प्राप्त भएको हो । उक्त रकम पीडित बालकका माइजु किशोरी श्रेष्ठलाई युवा समाजसेवी उमेश केसीले हस्तान्तरण गर्नुभयो ।

 

पीडित बालकको हाल कलकत्ताको टाटा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । साइरसलाई उपचार गर्न करीब रु ४० लाख लाग्ने अस्पताल स्रोतले जनाएको समाजसेवी केसीले जानकारी दिनुभयो । बालकको उपचारबापत हाल करीब रु आठ लाख प्राप्त भएको केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...