बन्ने भयो ‘प्रेमलिला’, यस्तो छ फस्ट लुक



हाम्रो इकोनोमि

 

 

अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गर्ने ‘प्रेमलिला’को फस्ट लुक सार्वजनिक भएको छ ।

बुधवार अनामनगरमा आयोजक कार्यक्रममा फिल्मको पहिलो झलक सार्वजनिक गरिएको हो ।

योसँगै फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार फिल्म माघ २५ मा देशभर रिलिज हुनेछ ।

फस्टलुकमा दीपशिखाको कपाल खौरिएको फोटो मात्र सार्वजनिक गरिएको छ ।

फिल्ममा दीप शिखा खड्का, अलि खान र मौसम खड्काको अभिनय रहेको छ ।

दुबईमा मोडलिङ गर्दै आएका अलि खानले फिल्ममा भारतबाट नेपाल घुम्न आउने पर्यटकको भूमिका निर्वाह गरेका छन् ।

उनले दीपशिखासँग दुबईमा भेट भएको र उनले फिल्म खेल्न एप्रोच गरेका कारण फिल्म खेलेको बताए ।

उनले भने, ‘दुबईमा दीपशिखासँग भेट भएको थियो ।

उनले फिल्मको बारेमा बताएकी थिइन् ।

पछि कथा चित्त बुझ्दो भएपछि खेल्न राजी भएको हुँ ।

आगामी दिनमा पनि नेपाली फिल्म खेल्न तयार छु ।

’दीप शिखा खड्काकै कथा तथा लेखन रहेको फिल्मलाई पवन गौतमले खिचेका हुन् ।

जनक पाण्डेले निर्देशन गरेकोमा फिल्ममा नानीमैया कार्की र फैजिल फिल्मसङको लगानी रहेको छ ।

फिल्मलाई सुनिल मानन्धरले वितरण गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...