बन्ने भयो ‘प्रेमलिला’, यस्तो छ फस्ट लुक



हाम्रो इकोनोमि

 

 

अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गर्ने ‘प्रेमलिला’को फस्ट लुक सार्वजनिक भएको छ ।

बुधवार अनामनगरमा आयोजक कार्यक्रममा फिल्मको पहिलो झलक सार्वजनिक गरिएको हो ।

योसँगै फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार फिल्म माघ २५ मा देशभर रिलिज हुनेछ ।

फस्टलुकमा दीपशिखाको कपाल खौरिएको फोटो मात्र सार्वजनिक गरिएको छ ।

फिल्ममा दीप शिखा खड्का, अलि खान र मौसम खड्काको अभिनय रहेको छ ।

दुबईमा मोडलिङ गर्दै आएका अलि खानले फिल्ममा भारतबाट नेपाल घुम्न आउने पर्यटकको भूमिका निर्वाह गरेका छन् ।

उनले दीपशिखासँग दुबईमा भेट भएको र उनले फिल्म खेल्न एप्रोच गरेका कारण फिल्म खेलेको बताए ।

उनले भने, ‘दुबईमा दीपशिखासँग भेट भएको थियो ।

उनले फिल्मको बारेमा बताएकी थिइन् ।

पछि कथा चित्त बुझ्दो भएपछि खेल्न राजी भएको हुँ ।

आगामी दिनमा पनि नेपाली फिल्म खेल्न तयार छु ।

’दीप शिखा खड्काकै कथा तथा लेखन रहेको फिल्मलाई पवन गौतमले खिचेका हुन् ।

जनक पाण्डेले निर्देशन गरेकोमा फिल्ममा नानीमैया कार्की र फैजिल फिल्मसङको लगानी रहेको छ ।

फिल्मलाई सुनिल मानन्धरले वितरण गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...