पुटिन भारतमा, अमेरिकाले दियो नाकाबन्दीको चेतावनी



हाम्रो इकोनोमि

 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत आउँदैछन् । बिहीबार दुई दिने भ्रमणका लागि भारत आउँदै गर्दा अमेरिकाले भने भारतलाई चेतावनी दिइसकेको छ ।

अमेरिकाले भारतलाई प्रतिवन्ध लगाउने चेतावनी दिएको हो । पुटिनले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग १९ औं भारत–रुस द्धिपक्षीय वार्तामा सहभागीता जनाउने छन् ।

भारत–रुसले भ्रमणका क्रममा एस–४०० एयर डिफेन्स सिस्टमसमेत २० सम्झौता हुन सक्ने बताइएको छ ।

रुसी संसद क्रेमलिनका एक अफिसरलाई उधृत गर्दै भारतीय संचारमाध्यमहरुले लेखेका छन् कि –५ बिलियन डलरको एस–४०० डिफेन्स सिस्टम डिलमा हस्ताक्षर हुन सक्नेछ ।

शुक्रबार मोदी र पुटिनले संयुक्त पत्रकार सम्मेलन गर्न सक्नेछन् ।

यदि भारत र रुसबीच यो सम्झौता भयो भने अमेरिकाको काउन्टरिङ अमेरिकाज एड्भर्सरिज थु्र सेक्सन एक्ट अन्तर्गत उल्लंघन भएको मानिने छ । यसबाटै अमेरिकी संसदले रुसबाट हतियार खरिद गर्न प्रतिबन्ध लगाएको थियो ।

तसर्थ भारत–रुस मिल्दा अमेरिका रुष्ट भएको हो । अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले आफ्ना सहयोगी र साझेदारीहरुलाई रुससंग ब्यापार नगर्न अनुरोध गरेका छन् ।

पोम्पियोको यो भनाइ तत्काल भारतलाई लागु हुन्छ । यदि त्यस्तो भए प्रतिवन्ध लगाइने उनले बताएका छन् ।

यो सिस्टम यसअघि चीनले किनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...