कतारमा डेढ सय नेपाली अलपत्र, बाग्मतीमा मोटरसाइलकाे नयाँ दर्ता रोकियो



हाम्रो इकोनोमि

 

कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् । सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेका छन् । कम्पनी डुबेपछि भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेका हुन् ।

 

उनी कम्पनीका मुख्य सञ्चालक हुन् । कम्पनीका अध्यक्ष कतारी नागरिक युसुफ मलालाका अल हरामी कामदारको सम्पर्कमा छैनन् । कतारको श्रम कानुनअनुसार कम्पनी टाट पल्टे कामदारको बक्यौता भुक्तानी गरी स्वदेश फर्काउनुपर्छ ।

 

सञ्चालक फरार भएकाले कामदारले खानासमेत पाएका थिएनन् । भारतीय दूतावास, कतार च्यारिटी संस्था, लुलु हाइपरमार्केट, गोरखा सेवा समाज, लमजुङ सेवा समाजलगायतले उनीहरूलाई खानाको प्रबन्ध मिलाएका छन् ।

 

‘९ सय जनाका लागि एउटै मेस छ । खाद्यान्न सहयोग मिलिरहेको छ । चामल कम भएका बेला खिचडी बनाएर खाने गरेका छौं,’ चन्द्रबहादुर सेजवालले भने । कामदारले गत मे महिनादेखि तलब पाएका छैनन् । कम्पनीमा १६ महिनादेखि ११ वर्षसम्म कार्यरत नेपाली छन् ।

 

हामीले तलब र उपदान माग्दै विवाद समाधान समितिमा मुद्दा हालेका छौं । मुद्दा जिते पनि पैसा पाइँदैन कि भन्ने चिन्ता छ,’ लमजुङका मोहन गुरुङले भने । हम्टानले एक वर्षदेखि कामदारलाई नियमित तलब दिन सकिरहेको थिएन । ‘पहिला ६ सयभन्दा बढी नेपाली थिए । कम्पनीले तलब दिन नसक्दा धेरैले छाडेर गए,’ उनले भने ।, कान्तिपुर दैनिकमा खबर छ ।

 

१० राजनीतिक समूहसँग वार्ता 
उच्चस्तरीय अधिकारसम्पन्न राजनीतिक वार्ता टोलीले विभिन्न माग राखेर भूमिगत भई हिंसात्मक गतिविधि गर्दै आएका  १०  राजनीतिक समूहसँग वार्ता गरेको छ । देशका विभिन्न स्थानमा सःशस्त्र र निःशस्त्र आन्दोलन गरिरहेका ती समूहलाई वार्ताका माध्यमबाट शान्तिपूर्ण राजनीतिमा ल्याउन प्रयत्न भइरहेको टोलीका संयोजक सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

 

उक्त समूहका अधिकांश नेता तथा कार्यकर्ता कारागारमा भएको र केही कार्यकर्ता मुद्दा लागेर फरार भएको टोलीले जनाएको छ । समूहले राजनीतिक माग राखेर आफ्ना नेता तथा कार्यकर्ता छुटाउने विषयलाई प्राथमिकतामा राखेको छ ।

 

वार्ता गरिरहेका ती समूहले आगामी दिनमा शान्तिपूर्ण राजनीति गरी सामाजिक विकासमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएमा टोलीले उनीहरुका राजनीतिक माग पूरा गर्न सरकारलाई सिफारिश गर्ने छ ।

 

वार्ताका प्रक्रियामा अवरोध पुग्न सक्ने तथा ती समूहको सुरक्षाका कारण नाम भने गोप्य राखिएको छ । मुलुकमा भएको दोस्रो जनआन्दोलनपछि क्षेत्रीय, जातीय, धार्मिक, वर्गीयलगायत विभिन्न माग राख्ने र दल खोल्ने क्रम बढेको थियो । सो अवधिमा साना ठूला गरी १०० भन्दा बढी दल अस्तित्वमा थिए ।

 

लेखापालले ६४ करोड भ्रष्टाचार गरेको खुलासा
यातायात व्यवस्था कार्यालयका एक लेखापालले रु ६४ करोडसम्म भ्रष्टाचार गरेको तथा एक महानिर्देशकले मातहतको कर्मचारीको कार्यमूल्याङ्कनमा बढी नम्बर हालेबापत रु १० हजारसम्म घुस लिएको खुलेको छ । प्रतिनिधिसभा राज्यव्यवस्था समितिको बुधारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो जनाकारी गराएको हो ।

 

बैठकमा सदस्यले भ्रष्टाचारको मुख्य जिम्मेवार राजनीतिक नेतृत्व भए पनि कर्मचारी तन्त्र र आयोग पनि दोषी छन् भन्दै विकासका आयोजनाको काम ढिलो हुनुमा आयोगको पनि दोष रहेको धारणा राखेका थिए ।

 

पत्रिका जलाइएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
नेपाल पत्रकार महासङ्घले प्रकाशित समाचारको विषयलाई लिएर कैलालीको अत्तरियामा वितरणका लागि ल्याइएका राष्ट्रिय दैनिकपत्रिका जलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

सुदूरपश्चिमको राजधानी सम्बन्धमा समाचार छापिएका ‘कान्तिपुर’, ‘दि काठमाडौँ पोष्ट’, नागरिक, ‘अन्नपूर्ण पोष्ट’ लगायतका पत्रिका बुधबार बिहान चार÷पाँच जनाको समूहले कब्जामा लिइ अत्तरियामा जलाएको महासङ्घले जनाएको छ ।

 

यसअघि यही असोज १६ गते आफू अनुकूल समाचार प्रवाह नगरेको भन्दै कञ्चनपुरमा सगरमाथा टेलिभिजनका संवाददाता चन्द्रकान्त जोशीमाथि एक समूहले आक्रमण गरेको थियो । कुनै पनि बहानामा जनतालाई सुसूचीत गराउने भरपर्दो माध्यमका रुपमा रहेका पत्रपत्रिका जलाइनु तथा पत्रकारमाथि आक्रमण गर्नु स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप भएको महासङ्घको ठहर छ ।

 

यस्ता कार्यले नेपालको संविधानको व्यवस्था उल्लङ्घन हुनुका साथै जनताको सुसूचीत हुन पाउने अधिकारलाई कुण्ठित पार्ने काम भएको महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । कांग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार दिँउसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरेको हो ।

 

काङग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

बस्नेतलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई  तीनदिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बुधबार बस्नेतलाई सूचना पाएको तीनदिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो ।
ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई गत सोमबार मुस्ताङ कारागार पठाइएको थियो । आदेशसँगै सूचना पाएको तीनदिनभित्र बस्नेतलाई सर्वोच्च अदालतमा उपस्थित गराउनुपर्ने भएको हो । बस्नेतलाई गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै सुधीरमानसिंह बस्नेतले बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकीकरणको रिट निवेदन दायर गरेका थिए ।

 

बागदरबार नभत्काउन अन्तरिम आदेश
सर्वोच्च अदातले ऐतिहासिक बागदरबार भत्काउने निर्णय  तत्काल कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले ऐतिहासिक बागदरबार भत्काउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

 

पुरातत्व विभागले काठमाडाैं महानगरपालिकालाई दरबारको मौलिकतामा परिर्वतन नहुने गरी  पुनः निर्माण गर्न भने तापनि महानगरपालिकाले भत्काउने तयारी गरको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सर्वोच्च अदालतमा सोमबार रिट निवेदन दायर गरेका थिए ।

 

सर्वोच्च अदाललते मौलिकता परिर्वतन नहुने गरी पुनः निर्माण गर्नुेपर्ने भएकाले हुँदा तत्काल सो दरबार नभत्काउन र मुद्दाको अन्तिम किनारका नलाग्दासम्म संरक्षण गर्न आदेशमा भनेको छ ।

 

दशैँमा चामलको समस्या
दशैँ नजिकिँदै गर्दा हुम्ला जिल्लामा चामल अभाव हुने सङ्केत देखिएको छ । सडक सञ्जालले नछोएको हुम्लामा समयमै नेपाल खाद्य संस्थानको चामल पुग्न नसकेपछि अभाव हुने देखिएको हो ।

 

चामल ढुवानीको प्रक्रियागत झञ्झटले सिमकोट डिपोमा भित्रिएको ५०० क्विन्टल चामलमध्ये ३०० क्विन्टल मात्र बाँकी रहेको खाद्य सुरक्षा समितिका अध्यक्षसमेत रहनुभएका प्रजिअ माधवप्रसाद ढुङ्गानाले जानकारी दिए ।

 

सिमकोट, खार्पुनाथ र  नाम्खा गाउँपालिकासहितका बासिन्दालाई यस वर्षको दशैँमा खाद्य सङ्कट हुने भएको छ । डिपोमा बाँकी रहेको चामल दशैँ विशेष भन्दै खाद्य संस्थानले बुधबारदेखि बजारवासी, कर्मचारी र सर्वसाधारणलाई पाँच केजीका दरले चामल वितरण शुरु गरेको संस्थान प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।

 

बाग्मतीमा नयाँ मोटरसाइल दर्ता रोकियो
सरकारको लापरवाहीका कारण दशैंको मुखमा बाग्मतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको छ । साविकको बाग्मती अञ्चलमा ९९ लटसम्म मोटरसाइकल दर्ता भइसकेको छ । अब १०० को लटमा प्रवेश गर्न कानुनी अड्चन परेको छ ।

 

यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायकाअनुसार यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्म मात्रै लट नम्बर राखेर मोटरसाइकल दर्ता गर्न पाइने व्यवस्था कानुनमा छ । यही व्यवस्थाका कारण ९९ लटको सबै नम्बर सकिएपछि २ दिनदेखि नयाँ दर्ता रोकिएको हो ।

 

टिपर सञ्चालन गर्ने समय परिवर्तन
जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र टिपर सञ्चालन गर्ने समय परिवर्तन गरेको छ । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न अनुमति दिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

 

यसअघि साँझ ८ देखि बिहान ५ बजेसम्ममात्र काठमाडौँ उपत्यकामा टिपर सञ्चालन हुँदै आएको थियो । जिल्ला प्रशासन कार्यालयले गत साउन १ गते उपत्यकामा टिपर दुर्घटनाका कारण मावनीय क्षति बढेको भन्दै रातको समयमा मात्र टिपर सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

 

साढे ३३ किलो सुनकाण्ड : दुई अधिकृतको निलम्बन फुकुवा 
गृह मन्त्रालयले साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यापछि निलम्बनमा परेका नेपाल प्रहरीका दुई अधिकृतको निलम्बन फुकुवा गरेको छ । २०७५ वैशाख १६ गतेदेखि लागू हुनेगरी निलम्बनमा परेका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा गरिएको गृह सचिव प्रेमकुमार राईले बताए ।

 

उच्च अदालत विराटनगरले गत साता पुर्पक्षका क्रममा कारागारमा रहेका एसएसपी लोहनी, एसपी खनाल र डीएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

 

नेपालद्वारा म्यान्मा आठ विकेटले पराजित
आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को पहिलो खेलमा नेपालले बुधबार म्यान्मालाई आठ विकेटले पराजित गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा भएको खेलमा म्यान्माले दिएको ३० रनको झिनो लक्ष्य नेपालले तीन ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्यो ।

 

टस जितेर पहिले ब्याटिङ गरेको म्यान्माले १० ओभरमा अलआउट हुँदै २९ रन मात्र जोडेको थियो । ३० रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको नेपालले किरण केसीको अविजित अनिलकुमार साहले ११ र  विनोद भण्डारी एक रनमा अविजित रहे ।

 

नेपालले मात्र तीन ओभरमै लक्ष्य पूरा गरेको थियो । असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

 

चितवन टाइसर्गलाई उपाधि 
सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ । नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेशनको संयुक्त आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कबर्ड हलमा बुधबार सम्पन्न फाइलनमा चितवनले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

 

चितवनले एपिएफलाई २५–२०, २५–१७ र २५–११ को सेटमा पराजित गर्यो । तीन विदेशी खेलाडीसहित प्रतिस्पर्धामा उत्रेको चितवनसामु सशस्त्र कमजोर देखियो । उपाधिसँगै चितवनले रु छ लाख, उपविजेता एपिएफले रु तीन लाख र तेस्रो भएको न्यू डायमण्डले रु एक लाख ५० हजार प्राप्त गर्यो ।

प्रतिक्रिया दिनुहोस
वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...