एम्बुलेन्स रातभर जाममा, बिरामीको बाटैमा मृत्यु



 

नागढुङ्गा सडकखण्ड पार गर्न घण्टौँ लागेपछि बिरामीको बुधबार बिहान १० बजे त्रिभुवन राजपथस्थित टायलघर भन्ने ठाउँमा पुगेपछि मृत्यु भएको हो।

 

चितवनको सौराहा निवासी अन्दाजी ५५ वर्षीया रजनी चौधरीलाई भरतपुरस्थित एक निजी अस्पतालले काठमाडौं रिफर गरेको थियो। तर नागढुङ्गा–नौबिसे सडकखण्डमा घण्टौ जाम हुँदा बिरामीको एम्बुलेन्समै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

 

चौधरीलाई बोकेको एम्बुलेन्स मुस्किलले पृथ्वी राजमार्ग पार गरेको भएपनि त्रिभुवन राजपथ सुरु हुने बित्तिकैको टायलघर पार गर्न नसक्दा उनको मृत्यु भएको हो। बाटोमै बिरामीको मृत्यु भएपछि जाम खुल्नासाथ एम्बुलेन्स शव लिएर चितवन फर्किएको छ।

 

नौबिसेदेखी नागढुङगासम्म सधैजसो हुने जाम हटाउन भन्दै काठमाडौँ जिल्लाको पिपलामोडदेखी नागढुङगासम्मको दुई किलोमिटर बाटो मर्मत थालिएसँगै जाम बढेको छ।

 

यो सडकखण्डमा जाम हुँदा यात्रुको बिचल्ली हुने गरेको छ। राजधानी भित्रने गाडीको लाइन नागढुङगादेखि ४५ किलोमिटरको दूरीमा रहेको सिम्ले बजारसम्म पुग्ने गरेको छ।

९ घण्टासम्म जाममा
नीलकण्ठ नगरपालिका–३ की सरिता श्रेष्ठ बुधबार बिहान काठमाडौंबाट धादिङवेसीको लागि बिहान ६ बजे गाडी चढिन् । कलङ्कीदेखि जाममा परेकी श्रेष्ठ ९ घण्टा लगाएर अपरान्ह ३ बजेमात्रै धादिङवेसी आइपुगिन् । जब कि धादिङ–काठमाडौं सामान्य अवस्थामा जम्मा ३ घण्टामै पार गर्न सकिन्छ ।

 

सरिता झैँ दैनिक हजारौँ यात्रु घण्टौँसम्म जाममा पर्दै आएका छन् । त्रिभुवन राजपथ अन्तरगत नौबिसे–पिपलामोड–नागढुंगा सडकखण्ड अत्याधिक भार बोकेका गाडीका कारण खाल्डा पर्नुको साथै भास्सिएर कुलो जस्तो बन्दै जान थालेपछि काठमाडौंस्थित सडक डिभिजन कार्यालय मर्मत थालेको थियो ।

 

सडक विभागले काम सहज बनाउन सोमबार राति ८ बजेदेखि बिहान ५ बजेसम्म एक सातासम्म दुवैतर्फ सवारी साधन रोकेर मर्मत थालनी गर्दा लामो दूरीका सवारी साधन ९ देखि १४ घण्टासम्म जाममा बस्न बाध्य छन् ।

औषधि अभाव

समयमा औषधि खरिद गर्ने प्रक्रिया अघि नबढाइँदा बैतडीमा औषधि अभाव भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएपछि औषधि अभाव हुँदै आएको हो । धेरैजसो स्वास्थ्य संस्थामा औषधि अभाव भएको सम्बन्धित स्वास्थ्य संस्थाले जनाएका छन् ।

तल्लोस्वराड क्षेत्रका शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संस्थामा पनि औषधि अभाव रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका स्वास्थ्य सहायक मुकेश दयालले जानकारी दिनुभयो । गाउँपालिकाभरिका स्वास्थ्य संस्थामा औषधि अभाव भएकाले खरिद प्रक्रिया अघि बढाइएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश भट्टले बताउनुभयो ।

त्रैमासिक रूपमा आउने औषधि पछिल्लो समयमा नआएकाले स्वास्थ्य संस्थामा औषधि अभाव चुलिएको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले बताउनुभयो । समयमा औषधि खरिद गर्ने प्रक्रिया अघि नबढाइँदा स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो उहाँले भन्नुभयो, “अहिले पनि धेरैजसो सकिएको छ, दशैँअघि औषधि खरिद गर्न नसकिए निःशुल्क औषधि अभाव हुने निश्चित छ ।”

यस्तै पुरचाँैडी नगरपालिकाका सबै स्वास्थ्य संस्थामा केही दिनमै औषधि सकिने अवस्थामा रहेका उक्त नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले जानकारी दिनुभयो । स्वास्थ्यका कार्यक्रम अझैसम्म स्वीकृत नगरिएकाले तत्काल औषधि खरिद गर्न नसकिने र केही दिनमै औषधि अभाव हुने उहाँले बताउनुभयो ।

जिल्ला अस्पतालमा पनि पार्याप्त मात्रामा औषधि नभएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा जगदीशचन्द्र विष्टले बताउनुभयो । औषधि खरिद प्रक्रिया समयमा शुरु नहुँदा औषधि अभाव हुने गरेको उहाँले बताउनुभयो ।

उता क्षेत्रीय मेडिकल स्टोरमा खरिद भएका औषधिका लागि ढुवानी रकम नहुँदा वितरण प्रक्रिया प्रभावित भएको बताइएको छ ।

सरकारले जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५६ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधि निःशुल्क वितरण गर्ने निर्णय गरे पनि सबै प्रकारका औषधि स्वास्थ्य संस्थामा नपाइनाका साथै अहिले अत्यावश्यक औषधि पनि अभाव हुन थालेको हो ।

बिरामी सङ्ख्या बढ्दो 

जिल्लामा मौसमी ज्वरोका बिरामीको बढ्दै गएको छ । वर्षात्को समयमा दूषित पानी सेवनले जिल्ला अस्पतालमा हाल दैनिक एक सय बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

उपचारका लागि आउनेमध्ये धेरैजसो ज्वरोका बिरामी भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा विष्टले जानकारी दिनुभयो । नब्बे प्रतिशत बिरामीमा सफा पानी सेवन नगर्नाले समस्या देखिएको छ उहाँले भन्नुभयो, “वर्षात्को समयमा पानीका नयाँ मूलको पानी शुद्धीकरण नगरी पिउँदा यो समस्या आएको हो ।”

 

मौसममा आएको परिवर्तनले रुघाखोकी, ज्वरो, झाडापखाला बिरामी बढेकाले खानपीनमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता

पूर्वप्रधानमन्त्रीहरूसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे परामर्श

    आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका

सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

    नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने