गौचन हत्याका अभियुक्त बस्नेतलाई ‘ईनकाउन्टर’ गर्न खोजिएको परिवारको आरोप



 

निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अभियुक्त समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएकोप्रति बस्नेतको परिवारले आपत्ति तथा शंका जनाउँदै जीवन रक्षाको माग गरेको छ ।

 

बुधबार बस्नेतका परिवारले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो आपत्ति जनाएको हो । बस्नेतकी श्रीमती माया शेरचन र दाईहरु सुधिरमानसिंह र सुविरमानसिंह बस्नेतले सरकारले जालझेल र षड्यन्त्र गरेर समिरलाई काठमाडौंबाट रातारात मुस्ताङ पुर्याएको भन्दै घोर आपत्ति जनाएका हुन्  ।

 

बस्नेतकी श्रीमती शेरचनले भनिन्,‘मलाई जानकारी नै नगराई रातारात उहाँलाई मुस्ताङ लगियो । त्यो दिन राति ६ बजे मुस्ताङ लगिँदैछ भनेर जानकारी दिईएको थियो । म चाहीँ मोटरसाईकलबाट पोखरा गएँ । पोखरामा श्रीमानलाई भेट्दा कहाँ लगिँदैछ भनेर उहाँलाई पनि थाहा नभएको कुरा मसँग भन्नुभयो ।’

 

त्यही दिन मुस्ताङको लागि लग्ने कुरा भएपनि माथिको आदेश नभएको भन्दै बेनीमै बस्नेतलाई राखिएको उनले जनाईन् । उनले भनिन्,‘भोलिपल्ट मुस्ताङको लागि उहाँलाई त्यहाँबाट जीपमा हालेर लगिएको थियो ।’

 

उनले आफूलाई प्रहरी प्रशासनले श्रीमानसँग भेट्नसमेत नदिएको गुनासो पोखिन् । उनले भनिन्,‘उहाँलाई काठमाडौंबाट किन लगियो भन्नेमा हामीलाई शंका छ । उहाँको केश त यहीँ काठमाडौंमै छ ।

 

किन काठमाडौंबाट उता लगियो यसमा हाम्रो घोर आपत्ति छ । सोमबार उहाँलाई मुस्ताङको लागि लगिएको भनिएपनि मंगलबार अपरान्हमात्रै उहाँलाई त्यहाँ पुर्याईयो । यतिवेला उहाँलाई जोमसोम कारागारभित्र राखिएको छ ।

 

आज विहानमात्रै मैले उहाँसँग जम्मा ४ मिनेट भेट्ने मौका पाएँ । भेट्दाखेरी उहाँको घाँटीमा दाग देखें र मैले यसबारेमा श्रीमान्सँग जिज्ञासा राखेको थिएँ । तर, उहाँले धागो निकाल्दाखेरी यस्तो भएको हो भन्नुभयो । त्यसमापनि मलाई शंका छ।’

 

उनले आफ्नो श्रीमानलाई प्रहरी प्रशासनले यसरी काठमाडौं बाहिर लैजानुमा शंका उत्पन्न भएर आज पत्रकार सम्मेलन गर्न आएको जानकारी दिईन् । जोमसोम कारागार सुरक्षित नभएको भन्दै उनले भनिन्,‘उहाँलाई बरु काठमाडौंको गोलघरमै राखिदिएको भए हुन्थ्यो ।

 

सुरक्षा संवेदनशीलताको कुरा उठ्यो भनिएको छ, त्यसो हो भने त उहाँलाई कडा सुरक्षा भएको कारागारमा राखिनुपर्दथ्यो ।’

उनले आफ्नो श्रीमानलाई प्रहरीले ईनकाउन्टर गर्ने षड्यन्त्रका साथ जेल सारेको आरोप लगाईन् ।

 

बस्नेतकी श्रीमती मायाले समिरलाई काठमाडौंबाट पोखरासम्म विमानमा लगिएको तर पोखराबाट मुस्ताङको खराब बाटोमा चाहीँ स्थलगत मार्ग हुँदै लगिएकोमा पनि आपत्ति जनाईन् । उनले भने,‘राम्रो बाटो चाहीँ उहाँलाई जहाजमा लगियो । तर, खराब बाटोमा चाहीँ गाडीमा लगियो । यसमा हामीलाई शंका छ।’

 

कार्यक्रममा समिरको तर्फबाट वकालत गरिरहेका अधिवक्ता कृष्ण प्रसाद शर्माले राज्यले हरेक नागरिकलाई सुरक्षा दिनुपर्ने बताउँदै नागरिकहरुको मानव अधिकारको प्रत्याभुति गर्नुपर्ने बताए । उनले भने,‘तर,समिरको केशमा राज्य मानवअधिकार दिने कुरामा चुक्न खोजेको हामीलाई आशंका छ ।’

 

बस्नेतका परिवारले राज्यले आफ्नो दायित्वबाट विमुख नहोस् भन्ने चाहेको सुनाउँदै शर्माले बस्नेतको जीवन रक्षाको माग गरे ।

 

कार्यक्रममा समिरका दाईहरु सुधिरमानसिंह र सुविरमानसिंहले पनि भाईको जीवन रक्षाको माग गरे । उनीहरुले भने,‘आरोप लागिसकेको छ । भाई जेलमा छ । यदि आरोप पुष्टि भयो भने कानुन अनुसारको सजाय भोग्नुपर्छ ।’

 

भाईलाई जो मान्छे मारिएको भनेर आरोप लगाईएको छ उसैको गृहजिल्लामा लगेकोप्रति बस्नेतको परिवारको आशंका छ ।

 

गत मंसिरदेखि नख्खु कारागारमा रहेका सिंहलाई यही असोज १५ गते सोमबार मुस्ताङ लगिएको हो । गत असोज २३ गते काठमाडौंको शान्तिनगरस्थित खरिबोटका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली हानी हत्या गरेको आरोपमा गत मंसिरमा बस्नेतलाई पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्