पोर्न भिडियो हेर्दा यौनकुण्ठा हराउँछ : नायिका प्रियंका कार्की



 

सरकारले देशमा बलात्कारका घटना बढ्नुमा पोर्न भिडियोहरुमाथिको सहज पहुँच कारक रहेको बताइरहेका बेला अहिलेकी चर्चित नायिका प्रियंका कार्की भने यसको विपक्षमा देखिएकी छन् ।

 

मोवाइल–मोवाइलमा पहुँच हुने पोर्न भिडियोहरुकै कारण बलात्कारका घटना बढिरहेको र यस्तो कार्यप्रति मानिसलाई उकासीरहेको ठहर गर्दै पोर्न साइटहरु बन्द गर्ने तयारीमा रहेको सरकारको कदमप्रति फरक विचार राख्दै नायिका कार्कीले यसो गरेर बलात्कारका घटना नरोकिने बताएकी छन् ।

 

उनले पोर्न साइट बन्द गर्नु बलात्कार र यौनजन्य हिंसा नियन्त्रणको सही समाधान नहुने बताएकी छन् । आफ्ना विचार खुला रुपमा राख्ने प्रियंकाले यस्ता साइट बन्द गरिए यौनजन्य हिंसाका घटना कम हुनुको साटो थप बढ्न सक्ने बताएकी छन् ।

 

उनले पोर्न साइटले ‘यौन कुण्ठा’ लाई कम गर्न सहयोग पुर्‍याइरहेको दावी गर्दै भनेकी छन्, ‘मान्छेले चाह्यो भने पोर्न मुभी हेर्न धेरै उपाय छन्, सिडी किनेर पनि हेर्न सक्छ । यसैले यो सही होइन कि भन्ने लाग्छ मलाई त ।’

 

कथा काठमाडौं’ चलचित्रको एक हट दृष्यका कारण चर्चा र आलोचना दुबै पाइरहेकी प्रियंकाले भनिन्, ‘अश्लिल साइट बन्द गरे मानिसमा थप यौनकुण्ठा बढ्छ, यसले अपराधतिर अघि बढाउँछ ।’ प्रियंकाको कथा काठमाडौंको हट दृष्य केहि समयअघि एक चर्चित विदेशी पोर्न साइटले समेत राखेको थियो ।

 

यस विषयमा लामो समय मौन रहेकी उनले सरकारको कदमप्रति भने मुख खोलेकी छन् । उनले पोर्न साइटलाई यौनजन्य हिंसाको कारक मान्नु भन्दा पनि नैतिक शिक्षा र शान्ति सुव्यवस्थामा सरकारले विशेष ध्यान पुर्‍याउनु पर्ने सुल्झाएकी छन् ।

 

१६ हजारभन्दा बढी पोर्न साइटमाथि प्रतिवन्ध
सरकारले समाजमा यौन हिंसा र बलात्कार बढ्नुमा पोर्न साइटहरुको प्रयोग रहेको विश्लेषण गर्दै हालसम्म १६ हजारभन्दा बढी यस्ता साइटमाथि बन्द गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइसकेको छ ।

 

सूचना तथा प्रविधि मन्त्रालयले यही असोज ५ गते देशमा बढ्दो बलात्कार र महिलाा हिंसाका घटना न्युनीकरण गर्ने उद्देश्यले यस्ता साइट पूर्णरुपमा बन्देज लगाउने निर्णय गरेको थियो ।

 

मुलुकी अपराध संहिता ऐन २०७२ को दफा १२१ लार्य टेकेर अश्लिल साइट बन्देज गर्न निर्देशन दिइएको हो । उक्त दफामा यौनजन्य अश्लिल सामग्री अदान–प्रदान प्रकाशन र प्रशारणमा बन्देज लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका