नेपालमा आयोजना हुने १३औँ साग धरापमा, दशरथ रंगशाला नबनेपछि हुने भयो लाजमर्दो



 

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा नुवाकोटको ककनीमा बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकमा नेपालमा आयोजना हुन गइरहेको १३औँ एसियाली खेलकुदबारे विशेष छलफल भएको छ ।

 

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र १३औँ सागलाई मध्यनजर गर्दै बसेको राखेपको बोर्ड बैठकले यी दुवै प्रतियोगिताबारे कुनै ठोस निर्णय गर्न सकेन ।

 

भारतको गुहावटी र सिलोङमा सम्पन्न १२औँ सागको समापनसँगैै १३औँ सागको आयोजना गर्ने नेपाल दाबी गरेको थियो ।

 

नेपालको दाबीसँगै सागको झन्डा नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसपछि नेपालले उक्त प्रतियोगिता तोकिएको समय अर्थात् सन् २०१९ को मार्च ९ देखि १८ तारिखसम्म नेपालमा आयोजना गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।

 

तर, १३औँ सागको उत्तराद्र्धसम्म पनि नेपालले सो प्रतियोगिताको लागि सन्तोषजनक रूपमा कुनै तयारी गर्न सकेको छैन । भएको एउटा अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालाको पनि पुनर्निर्माण गर्न सकेको छैन ।

 

पहिले दशरथ रंगशाला तयार होस् र १३औँ सागबारे निर्णय गरौँला भनेर भन्दै आएका खेलकुदमन्त्री सुनारले राखेपको बोर्ड बैठकमा पनि तोकिएको समयमा नेपालले १३औँ साग गर्न नसक्ने भन्दै मिति सार्न सम्बन्धित निकायसमक्ष प्रस्ताव राख्ने निर्णय गरेपछि नेपालमा १३औँ सागको आयोजनाबारे थप अन्योल थपिएको छ ।

 

स्मरण छ, ०७२ मा नेपालमा आएको विनाशकारी भूकम्पले दशरथ रंगशालालाई नराम्रोसँग प्रभावित पारेको थियो । त्यसपछि दशरथ रंगशालामा कुनै पनि खेलको आयोजना भएको छैन ।

 

पछिल्लो समयमा दशरथ रंगशालाको पुनर्निर्माणमा केही तीव्रता ल्याएइ पनि १३औँ सागका लागि दशरथ रंगशाला तयार भइनसक्ने इन्जिनियरहरूले बताएका छन् ।

 

दशरथ रंगशाला पूर्ण रूपमा तयार हुन अझै नौ–दश महिना लाग्ने इन्जिनियरहरूले बताएपछि मन्त्री सुनारले पनि निर्धारित मितिभन्दा एक वर्षपछि १३औँ साग नेपालमा गर्ने गरी मिति सार्ने प्रस्ताव सम्बन्धित निकायलाई पठाउने निर्णय गरेको स्रोतले जनाएको छ ।

 

 

१३औँ सागको आयोजनामा नेपालले गरेको ढिलासुस्तीलाई मध्यनजर राख्दै गत महिना इन्डोनेसियाको जकार्तामा सम्पन्न १८औँ एसियाली खेलकुद प्रतियोगिताको दुई दिनअघि बसेको ओलम्पिक कमिटी अफ एसियाको बैठकमा १३औँ सागबारे चर्चा चलेको थियो । उक्त बैठकमा नेपालले तोकिएको समयमा १३औँ साग गर्न नसकेको अवस्थामा श्रीलंकाका पदाधिकारीले आफूले गर्ने दाबी गर्ने प्रस्तुत गरेका थिए ।

 

तर, उक्त बैठकमा सहभागिता जनाएका अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले १३औँ को कार्य तीव्र रूपमा अगाडि बढिरहेको र तोकिएकै समयमा नेपालले आयोजना गर्ने दाबी प्रस्तुत गरेका थिए । उनले के आधारमा यस्तो दाबी प्रस्तुत गरे त्यसबेला इन्डोनेसियामा यो कुराको ज्यादै चर्चा भएको थियो ।

 

यसर्थमा कि त्यसबेला युवा तथा खेलकुदमन्त्री सुनार पनि इन्डोनेसियामै थिए । त्यतिबेला सरकारको मन्त्रीसँग बिनासल्लाहसुझाव श्रेष्ठले आफ्नो व्यक्तिगत धारणालाई सरकारको धारणा बनाएका थिए । यो घटनापश्चात् अहिलेसम्म श्रेष्ठ र सुनारबीच पानीबाराबारको स्थिति छ ।

 

मन्त्री सुनारले १३औँ साग नेपालमा निर्धारित समयमा नहुने र त्यसको मिति सार्न सम्बन्धित निकायसमक्ष प्रस्ताव राख्ने निर्णय गरेपछि १३औँ साग धरापमा परेको छ । १३औँ सागको नयाँ मिति तोक्ने सम्पूर्ण अधिकार दक्षिण एसियाली ओलम्पिक काउन्सिलसँग भएकाले अब काउन्सिलले कस्तो निर्णय गर्छ त्यो प्रतीक्षाको विषय बनेको छ । तसर्थ अब नेपालमा १३औँ साग हुन्छ या हुँदैन त्यसको टुङ्गो पनि काउन्सिलको हातमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको