नेकपा प्रवेश गर्न लागेका ठाकुर पुनः राजपा फर्किए, अध्यक्ष बन्ने महतोको कसरत



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभा सदस्यमा टिकट नपाएर राजपा छाडेका राजपाका ततकालीन सह-महासचिव जयप्रकाश ठाकुर एघार महिनापछि पुनः पुरानै घर फर्केका छन् ।

 

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको विशेष प्रयासमा ठाकुर पुनः राजपा फर्केका हुन् । राजविराजमा बुधवार बिहान पत्रकार सम्मेलनको आयोजना गरी महतोले ठाकुरलाई राजपामा प्रवेश गराएका छन् ।

 

ठाकुर राजपामा प्रवेश गरेको तस्बिरसहितको खबर सामाजिक सञ्जालमार्फत जानकारी मिलेपछि नेकपा सप्तरीका नेताहरु आश्चर्यचकित भएका छन् । किनकि, केही महिनाअघि मात्र नेकपा सप्तरीका नेताहरुले ठाकुरलाई आफनो पार्टीमा भित्रयाउन पार्टी अध्यक्ष प्रचण्डसँग भेट गराई सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरेका थिए ।

 

गत वर्ष मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सप्तरीको संसदीय क्षेत्र न.२ बाट टिकट नपाएपछि ठाकुरले राजपाबाट बिद्रोह गरी राजपाले सर्मथन गरेका फोरम अध्यक्ष उपेन्द्र यादवविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

 

ठाकुरको उम्मेदवारीपछि फोरम राजपाको गठबन्धन नै खतरामा परेको महसुस गरिएको थियो । त्यसपछि उपेन्द्र यादवको दबाबमा ठाकुरलाई राजपाले साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो ।

 

फोरम राजपा गठबन्धन र बाम गठबन्धनबाट यादव समुदायकै उम्मेदवार रहेको फाइदा उठाउन खोजेका ठाकुरले १० हजार मतसहित तेस्रो स्थानमा चित बुझाउनु परेको थियो । तर बाम गठबन्धनका उम्मेदवार तथा पूर्वमन्त्री उमेश यादवले जत्तिकै मत ल्याउन ठाकुर सफल भएका थिए ।

 

दुई जना यादव उम्मेदवार रहेकाले यादव मत बाँडिने र त्यसबाहेकका जातीको मत यादवविरुद्ध तानेर जित्ने दाउमा रहेका ठाकुरको सपना त्यतिखेर चकनाचुर हुन गयो जब उपेन्द यादव राष्ट्रिय अध्यक्ष रहेकाले जातीय आधारमा मतदान नगरी यादवलाई जिताउनैपर्ने माहोल बन्यो ।

 

यादवलाई जिताए ०५६ को आम निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका ततकालीन नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष गजेन्द्र नारायणसिंहको पराजयको प्रायश्चित समेत हुने सेन्टिमेन्ट निर्वाचनताका फैलिएको थियो । जुन सेन्टिमेन्ट यादवको सहज जितमा संजिवनी बुटी सावित भएको थियो ।

 

पत्रकार सम्मेलनमा सँगै उपस्थित रहेका ठाकुर भने मौन रहेका थिए । पत्रकार सम्मेलनपछि पनि सञ्चारकर्मीहरुले उनको मौनता तोड्न खोजेपछि उनले यति मात्र भने- ‘पछि कुरा गर्छु ।’

 

पत्रकार सम्मेलनमा बोल्दै महतोले तत्कालिन समयमा मधेशी जनताको भावनाअनुसार फोरमसँग चुनावी गठबन्धन गर्नु परेकोले आफ्नै पार्टीका धेरै साथीहरुलाई टिकट दिन नसकेको बताए ।

 

उनले विगतमा पार्टीबाट भएको त्रुटिका लागि दुःख मनाउ गर्नु नपर्ने भन्दै ठाकुरजीलाई घर फिर्ता गराइयो, अब उचित स्थानसमेत दिनेछौँ भने ।

 

चुनावका बेला पार्टीबाट बिद्रोह गरी गठबन्धनका विरुद्ध उम्मेदवारी दिने आफ्ना सबै नेता कार्यकर्तालाई घर फिर्ता हुन आह्वान पनि सो अवसरमा महतोले गरे ।

 

सरकारले संविधान संशोधन नगरेको आरोप लगाउँदै महतोले चाडबाड सकेपछि संविधान संशोधन गराउन सडक आन्दोलनमा जाने चेतावनी समेत दिए ।

 

यसैबीच महाधिवेशनको तयारीमा जुटिरहेको बेला राजपाका अध्यक्ष मण्डलका सदस्य महतो महाधिवेशनमा आफू अध्यक्ष बन्ने कसरतमा लागेको श्रोतले जनाएको छ । उनी यतिखेर अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नजिकका नेता कार्यकर्ता र पार्टीबाट कारबाहीमा परेकाहरुलाई पुनः पार्टीमा भित्रयाएर आफू अध्यक्ष बन्ने बाटो बनाउन लागेको श्रोतको दाबी छ ।

 

बिगतमा पनि महतोको यस्तो चरित्र देखा नपरेको होइन । जन आन्दोलन-२ पछि दरबार पसेका बद्री मण्डल नेतृत्वको नेपाल सद्भावना पार्टी र जनआन्दोलन-२ मा सक्रिय भूमिका निर्वाह गरेको तत्कालिन नेपाल सद्भावना पार्टी आनन्दीदेवीको नाटकीय रुपमा एकीकरण गराई उनी पार्टीमा हाबी भएका थिए । जसको परिणामस्वरुप सो पार्टी विभाजित हुदै अन्ततः समाप्त नै हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस
वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...