कान्छीले समेत छाडेपछि भयो यस्तो कोलाहल !



हाम्रो इकोनोमि

 

साँस्कृतिक बिचलनमा परी कारबाहीसमेत भोगेका एक जना संगीतकर्मीलाई नेपाल संगीत तथा  नाट्य एकेडेमीको प्राज्ञ बनाउन चलखेल शुरु भएको छ । तीनवटै प्रज्ञा प्रतिष्ठानका सबै पद भदौ १९ गतेदेखि रिक्त छन् ।

 

नेपाल संगीत नाट्य एकेडेमीको प्राज्ञ बन्ने अभियानअन्तर्गत संगीतकार चेतन सापकोटाले अघिल्लो साता पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई भेटी आफ्नो बायोडाटा लगेर बुझाएका छन् ।

 

स्रोतका अनुसार निर्माता संघको काम सकिएलगत्तै आफ्नो  बायोडाटा दिनासाथ मन्त्रीले जवाफ फर्काए  ‘पार्टी अध्यक्ष प्रचण्डले तपाईंलाई संगीत नाट्य एकेडेमीमा लैजान मलाई पनि भन्नुभएको छ, सकेको गर्छु ।’

सापकोटासहित चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारीमाथि  वर्षदिन अघि मात्र आफ्नै सहकर्मीकी छोरीमाथि यौनजन्य दुव्र्यवहार गरेको आरोप छ । यो  उजुरी पार्टी हेडक्वार्टरमा परेसँगै आहुतीको संयोजकत्वमा एउटा समिति गठन गरी यी दुई भाइलाई ६ महिना निलम्बन गरिएको थियो ।

उता, साँस्कृतिक विचलनमा परेका अर्का कलाकारको रुवावासी छ । नयाँ शक्तिमा  बाबुराम भट्टराईका प्रिय प्रदीप देवानद्वारा झुक्याएर चार वर्षअघि सम्बन्धविच्छेद गरिएकी जेठी श्रीमतीसमक्ष केही दिनअघि दक्षिण गेटनजिकै रहेको होटलमा पुगी दुःख र पीडाको पहाड यसरी बिसाइएको थियो– ‘खान पाइनँ, ऋणको भारी अचाक्ली बढ्यो ।’

उनले श्रीमतीलाई अझै पगाल्न खोज्दै भने ‘यसरी तिमी एक्लै, म पनि एक्लै कति दिन चल्छ, जे भयो–भयो । स्वीकार गर बूढी, फेरि मिलापत्र गरौं ।

’ कोमल मनकी उनले देवानलाई आफूसँग भएको २४ हजार रुपैयाँ दिएर पठाइन् तर फेरि टुटेको सम्बन्ध जोड्न भने इन्कार गरिएको छ । प्रदीप र जेठी श्रीमतीको विवाह १५ वर्षअघि बाजा बजाएरै भएको हो । काठमाडौं भित्रिएपछि  प्रदीप माओवादी बने ।

 

बीचमा जेल परे पनि आत्मसमर्पण गरेर छुटे । साथमा केही थिएन । थियो त जेठी श्रीमतीको आत्मविश्वास, साहस र मिहिनेत ।

 

त्यसकै प्रतिफलस्वरुप माइतीबाटै ऋण–धन गरेर ल्याएको रकमले होस्टल खोलिन् । होस्टल राम्रो चल्यो । पछाडि बाबुरामनिकट माओवादी कार्यकर्ताको खाने–बस्ने ठाउँ नै बन्यो । त्यही होस्टलमा दर्जनौं पटक बाबुराम भट्टराई पुगेका छन् र गोप्य भेटवार्ता गरेका छन् ।

 

बीचमा बाबुराम प्रधानमन्त्री हुँदा स्वकीयको जिम्मेवारी पाए प्रदीपले । यही बीचमा आफू होस्टल एशोसिएसनको अध्यक्ष बन्छु भन्दै सोझी श्रीमतीलाई फसाएर झण्डै ८५ लाखभन्दा बढी मूल्यको होस्टल आफ्नो नाममा पारी त्यहीं काम गर्न राखिएकी केटी बोकेर हिँडे । झुक्याएर जेठी श्रीमतीसँग डिभोर्स मात्र गरेनन्, यसबापत  २० लाख दिने भने पनि दिएनन् ।

काठमाडौं छाडेर हिँडेका उनको भएभरको सम्पत्ति कान्छीले खोक्रो पारेपछि प्रदीप चौतर्फी ऋणमा डुबेका छन् । त्यस्तैमध्येकी हुन् लक्ष्मी गुरुङ, जसलाई ४ लाख रुपैयाँ तिर्नु छ । यस्ता साहुको संख्या दर्जनौं छ । कान्छीले छाडेपछि हनुमानस्थानको चितवन तासनजिकै रुफटप होटल खोले तर चलेन ।

 

बीचमा  हात्तीवनतिर डेरा लिएका उनी घट्टेकुलो आसपास बस्छन् । यसरी चौतर्फी ओरालो यात्रा सुरु भएपछि केही दिनअघि जेठी श्रीमती मनिताकहाँ पुगेर दुःख बिसाएका हुन् । उस्तै श्रीमती भए लाठाले हानेर लखेट्थे होलान् तर मनकारी जेठीले भने खान, लाउन पाइनँ भन्दै पुगेका धोकेवाज श्रीमान्लाई २४ हजार दिएर फिर्ता पठाइदिइन् ।

प्रतिक्रिया दिनुहोस
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...