म्यानमारविरुद्ध नेपालको जीत, ३ ओभरमा पूरा गर्‍यो लक्ष्य



हाम्रो इकोनोमि

 

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया रिजनल क्वालिफायर बी’मा नेपालले शानदार विजयी शुरूवात गरेको छ ।

मलेसियामा बुधवार भएको पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गर्‍यो । ३० रनको झिनो लक्ष्य नेपालले ३ ओभरमा भेट्टाएको हो ।

नेपाललाई विजयी लक्ष्यसम्म डोहोर्‍याउने क्रममा करण केसीले अविजित १४, अनिल साहले ११ तथा विनोद भण्डारीले १ रन जोडे । प्रदीप ऐरी गोल्डेन डक आउट भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा २९ रन जोड्दा अलआउट भएको थियो ।

ललितसिंह भण्डारी र करण केसीको पहिलो दुई ओभरमा १/१ विकेट गुमाएर पनि सम्हालिएको म्यानमारको पारी स्पिनरले मोर्चा सम्हालेपछि तहसनहस भयो ।

२३ बाट थप ६ रन जोड्ने क्रममा म्यानमारले बाँकी ८ विकेट गुमायो । यसक्रममा सन्दीप लामिछानेले ४ तथा ललित राजवंशीले ३ विकेट लिए । एक ब्याट्सम्यान रन आउट भए ।

२ ओभर बलिङ गरेका लामिछाने र ३ ओभर बलिङ गरेका राजवंशीले समान ३ रन खर्चिए । म्यानमारका लागि हेट लिन औङले सर्वाधिक १६ रन जोडे ।

म्यानमार नेपालभन्दा निकै तल्लो श्रेणीको टोली हो । यस खेलमा नेपालको प्रभावशाली जीत अपपेक्षित नै थियो ।

दोस्रो खेलमा नेपालले आगामी शनिवार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपाल, म्यानमार र मलेसियाका अलावा थाइल्याण्ड, चीन र भुटान सहभागी छन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...